Sacho Khabar

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

धादिङ २५ माघ

धादिङ निर्वाचन क्षेत्र नं. २ का नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारीले जनयुद्धका क्रममा आफूलाई गोली लागेको स्थान नीलकण्ठ नगरपालिका–१० गोलाभञ्ज्याङबाट मतदाता भेटघाट अभियानको शुभारम्भ गर्नुभएको छ ।

जिल्ला इञ्चार्ज पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले गोलाभञ्ज्याङका स्थानीयले दिएको जीवनदान आफूले कहिल्यै नबिर्सने बताउनुभयो । “मलाई पुनर्जन्म दिने यही ठाउँ हो, यहीँका जनताले मेरो जीवन बचाउनुभयो,” भावुक हुँदै भण्डारीले भन्नुभयो ।

शुभारम्भ कार्यक्रममा केन्द्रीय सदस्य दिपा सिंखडा, केन्द्रीय सदस्य तथा उम्मेदवार रामबहादुर भण्डारी, केन्द्रीय सदस्य जगत सिंखडा, केन्द्रीय सदस्य मनराज भण्डारी (शैलश) लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीयले पनि पालैपालो माइक समात्दै भण्डारीलाई उद्धार गरेको त्यो रातको स्मरण सुनाएका थिए । “उहाँ बेहोस अवस्थामा हुनुहुन्थ्यो, सास फेर्न पनि गाह्रो भइरहेको थियो। गोली देब्रे छातीमा लागेको थियो । आश कम भए पनि हामीले प्रयास ग¥यौँ र सफल भयौँ,” एक स्थानीयले भावुक हुँदै बताए । “हामीले बचाएको मान्छेलाई भोट नदिने कुरा आउँदैन,” उनीहरूको भनाइ थियो ।

२०५५ जेठ १९ गते जनयुद्ध दमनका लागि सञ्चालन गरिएको ‘किलो शेरा–टु’ अपरेसनका क्रममा तत्कालीन सशस्त्र र जनपथ प्रहरीले भण्डारीको घरमा घेरा हाली पक्राउ गरी निर्ममतापूर्वक कुटपिट तथा यातना दिएको थियो । पार्टीको गोपनीयता नखोलेपछि साबिक ज्यामरुङ–८ गोलाभञ्ज्याङमा छाती, हात र निधारमा गोली हानी मृत ठानेर मकैबारीमा फालिएको थियो ।

स्थानीयको सहयोग, विशेषगरी हाल बेपत्ता छोरा शुभासचन्द्र भण्डारी र भतिजी भगवती भण्डारीको सक्रियतामा तथा धादिङ र काठमाडौंका पर्यटन व्यवसायीहरूको सहयोगमा भण्डारीलाई जिल्ला अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएर उपचार गरिएको थियो ।

तत्कालीन अवस्थामा माओवादीलाई सहयोग गर्नु जोखिमपूर्ण हुँदाहुँदै पनि ज्योति अधिकारी, गणेश सिम्खडा, हरि धरेल, विष्णु पुकार श्रेष्ठलगायतले घाइते भण्डारीलाई उपचारका लागि महत्वपूर्ण सहयोग गरेका थिए ।

उपचारकै क्रममा भण्डारीलाई प्रहरीले पुनः गिरफ्तार गरी ३ वर्ष २ महिना ७ दिन जेल राखेपछि रिहा गरिएको थियो ।

भण्डारीका अनुसार जनयुद्धका क्रममा उहाँका दुई भाइ छोरा बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...