Skip to main content

Sacho Khabar

नीलकण्ठ बालमन्दिरमा मा वि मा नमुना निर्वाचन सम्पन्न

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी कप्तान तथा उपकप्तान चयनका लागि नमुना निर्वाचन कार्यक्रम सम्पन्न भएको छ।

निर्वाचनको नतिजा अनुसार कक्षा ११ बाट कप्तानमा सुमिना तामाङ र कक्षा १२ बाट राहुल लामिछाने बिजयी भएका छन्। त्यस्तै, उपकप्तानमा कक्षा ११ बाट पुजा थापा र कक्षा १२ बाट सुन्दर तामाङ विजयी भएका छन्।

विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य–मान्यता, निर्वाचन प्रक्रिया र नागरिक दायित्वबारे व्यवहारिक ज्ञान दिन कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरूले उम्मेदवार छनोट, मतदाता दर्ता, प्रचार–प्रसार, मतदान तथा मतगणना जस्ता सम्पूर्ण निर्वाचन प्रक्रिया प्रत्यक्ष अभ्यास गरेका थिए।

नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका शिक्षिका तथा निर्वाचन संयोजक प्रमिला ढकालका अनुसार, यस प्रकारको नमुना निर्वाचनले विद्यार्थीहरूलाई सानै उमेरदेखि लोकतान्त्रिक अभ्यासमा सहभागी गराउँदै जिम्मेवार नागरिक बन्न प्रेरित गर्छ।

आजका बालबालिका भोलिका योग्य र सक्षम नेतृत्व बन्न सक्छन् भन्ने उद्देश्यले विद्यार्थीहरूलाई व्यावहारिक शिक्षाका लागि नमुना निर्वाचन गराइएको विद्यालयकी शिक्षिका ज्ञानु सिंखडाले जानकारी दिनुभयो । विशेषतः कार्यक्रममा अशक्त, जेष्ठ नागरिक, गर्भवती महिला र सानो बच्चा बोकेका आमालाई समेत अभिनय मार्फत मतदान गर्ने प्रक्रिया सिकाइएको र यसै क्रममा कक्षा १० का विद्यार्थीहरूलाई पनि यस निर्वाचनको अवलोकन (UBE) गराईएको उहाले बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। विद्यालय प्रशासनले यस्ता शैक्षिक तथा व्यवहारिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...