Skip to main content

Sacho Khabar

एमाले धादिङ–काठमाडौं सम्पर्क कमिटीले गर्‍यो निर्वाचन लक्षित बृहत् कार्यक्रम

धादिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङ–काठमाडौं सम्पर्क कमिटीले निर्वाचनलाई लक्षित गर्दै बृहत् कार्यक्रम आयोजना गरेको छ । निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प, समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य भन्ने मूल मर्मका साथ उम्मेदवार तथा नेकपा एमालेका नेताहरुसँग निर्वाचन विशेष बृहत कार्यक्रम गरेको हो ।
कार्यक्रममा धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले नागरिकको चाहना र आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘लोकतन्त्र, संविधान र राष्ट्रको रक्षाका लागि यो निर्वाचन निर्णायक हो । हामीलाई हार्ने छुट छैन । हामी हार्दा नेपाल हार्छ, लोकतन्त्र र संविधान हार्छ” उनले भने– ‘एमाले एजेण्डासहित चुनावी मैदानमा उत्रिएको र ती एजेण्डाले सम्पूर्ण नेपालीलाई सम्बोधन गर्नेछ । कोमामा पुगेको लोकतन्त्र र संविधानलाई पुनर्जीवित गर्न एमालेको जित आवश्यक छ ।’

त्रिपाठीले नेकपा एमाले नै खेती गर्ने पार्टी भएको दाबी गर्दै एमालेले विकासका फल फलाएको बताए । त्यसलाई सुरक्षित राख्न वडा, बुथ र टोल केन्द्रित अभियान सञ्चालन गरिएको भन्दै आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।

त्यस्तै, धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण र उत्तरी धादिङमा रहेको जस्ता तथा रुवी खानी उत्खननका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । देशकै गौरवको आयोजना बुढीगण्डकीको निर्माण कार्य तत्काल सुरु गर्न आफूले पहल गर्ने बताउँदै घलेले नीति, नियम र कानुनको अभावका कारण रोकिएको खानी उत्खननलाई अगाडि बढाउन आवश्यक पहल गरिने बताए । धादिङको विकास तथा नागरिकको चाहना र आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाल जस्ता क्षेत्रमा काम गर्ने उनको भनाई ।

कार्यक्रममा एमाले धादिङका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) ले देशको विकास र वर्तमान अप्ठ्यारो परिस्थितिबाट निकास दिने पार्टी नेकपा एमाले मात्र भएको बताए । ‘निर्वाचन अभियानका क्रममा मतदाताहरू एमालेको पक्षमा मतदान गर्न फागुन २१ को प्रतीक्षामा छन्’ उनले भने– ‘एमाले विकास र समृद्धिको एजेण्डासहित चुनावी मैदानमा आएको छ । भाषण र आश्वासनभन्दा काम गरेर देखाउनेछौं । नेकपा एमालेलाई मतदान गरी विकासको सहयात्रामा सहभागी हुन सबै मतदातालाई आग्रह छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...