धादिङ, ९ साउन । धादिङमा ८३ वर्षीय वरिष्ठ कवि नन्दप्रसाद अधिकारीद्वारा रचित “नन्दानुभूति” कविता संग्रहको बिमोचन गरिएको छ। धादिङका साहित्यप्रेमी तथा स्रष्टाहरूको उपस्थितिमा उहाकै निजि निवास नीलकण्ठ नगरपालिका -७ तल्लो बेसीमा आयोजित कार्यक्रममा यस कृति सार्वजनिक गरियो। कार्यक्रममा विभिन्न स्थानीय साहित्यिक व्यक्तित्वहरूले अधिकारीको कवितामा व्यक्त भावना, अनुभूति र समाजप्रति गरिएको प्रहारको सराहना गरेका थिए। “नन्दानुभूति” मा जीवनका गहिरा अनुभूति, सामाजिक सन्देश, गाउॅले परिवेस र राष्ट्रप्रेम झल्कने कविता समावेश गरिएको छ। कवि अधिकारीले लामो समयदेखि साहित्य साधनामा सक्रिय रही थुप्रै सृजनाहरूमार्फत पाठकको मन जित्दै आएका छन्। बिषेश गरेर उहॅाके सिलोक भाका चर्चामा छ । विमोचन कार्यक्रममा उनले केहि सृजनाहरु वाचन गर्दै…
धादिङ, साउन ८ – नीलकण्ठ नगरपालिका–४ मा सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगी वितरण गरिएको छ। जनताको सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले वडा कार्यालयले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो। वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरू लगायत भत्ता पाउने लक्षित वर्गलाई बैंकमा लामो लाइन बस्नु नपर्ने गरी टोलमै वितरण गरिँदा सेवाग्राहीहरू अत्यन्तै खुसी देखिएका छन्। वडा अध्यक्ष हरि बहादुर श्रेष्ठका अनुसार, “नागरिकलाई सेवा खोज्न वडा कार्यालय आउनु पर्ने होइन, सेवा नागरिकसम्म पुर्याउने हाम्रो अभियान हो।” उनले अझै सहज , पारदर्शिता र जिम्मेवारीपूर्ण ढंगले वितरण प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। बिहान नौ बजे रिजालथोक बाट…
५ साउन, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जानकारी दिनुभयो । तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिनुभयो ।
धादिङ, रुवी भ्याली । रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ हालै इजरायलको भ्रमण सकेर स्वदेश फर्किएका छन् । स्थानीय सरकारको तर्फबाट ‘मुनिएक्सपो २०२५’ मा सहभागिता जनाउन पुगेका अध्यक्ष तामाङले इजरायलको विदेश मन्त्रालयमा उच्चस्तरीय भेटवार्ता पनि गरेका थिए । उनको भ्रमणका क्रममा कृषि प्रविधि, जल व्यवस्थापन, पूर्वाधार विकास र स्थानीय शासन सुदृढीकरण जस्ता विषयहरूमा इजरायली पक्षसँग गहन छलफल भएको जनाइएको छ । अध्यक्ष तामाङले भ्रमणले रुवी भ्याली गाउँपालिकाको समुन्नत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । भ्रमणबाट फर्किएपछि अध्यक्ष तामाङले संक्षिप्त प्रतिक्रिया दिंदै भने, “इजरायलको प्रविधि र व्यवस्थापन शैलीबाट धेरै कुरा सिक्ने अवसर मिल्यो । अब ती ज्ञान र अनुभवलाई…
धादिङ : धादिङ जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाबाट धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन भएका छन् । आज भएको भेलाबाट उपाध्यक्षमा जयन्ती रेग्मी र सन्दिपप्रसाद घिमिरे, सचिवमा राजकुमार श्रेष्ठ, सह-सचिवमा यमबहादुर श्रेष्ठ र कोषाध्यक्षमा चित्रबहादुर श्रेष्ठ, सदस्यहरुमा कुमार बहादुर बुढाथोकी, पदमबहादुर तामाङ, हरिशंकर गिदेल,चमेली बगाले काप्री, बुद्धिबहादुर थापा, शंकर प्रसाद थपलिया र कमलादेवी श्रेष्ठ चयन भएका छन् । भेलामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि तामाङले धादिङमा अब योग खेलकुदाको विकास हुनेमा ढुक्क रहेको बताएका थिए । जिल्ला खेलकुद विकास समितिले सहयोग गर्छ तपाईहरुले योग खेलकुदलाई जिल्लामा अन्य विधाका खेलकुदहरुलाई जस्तै…
धादिङ, – धादिङको फुर्के खोलानजिक रहेको पृथ्वी राजमार्गको सूचना बोर्ड करिब चार वर्षदेखि जीर्ण अवस्थामा थियो। यात्रुहरूलाई जानकारी प्राप्त गर्न कठिन हुने अवस्थामा रहेको सो सूचना बोर्ड अब नयाँ स्वरूपमा पुनःस्थापना गरिएको छ – त्यो पनि सरकारी सहयोग वा कुनै संघसंस्थाको पहल बिना, दुई व्यक्तिको व्यक्तिगत खर्चमा। बेनिघाटस्थित त्रिशूली रिभर साइड रिसोर्टमा कार्यरत सौगात थपलिया र सन्दीप खड्काले समाजप्रतिको उत्तरदायित्व बुझेका छन्। उनीहरूले आफ्नो खर्चमा सूचना बोर्ड पूर्ण रूपमा परिवर्तन गरी यात्रुहरूका लागि जानकारीमूलक र सजिलो बनाएका छन्। स्थानीय बासिन्दा र यात्रुहरूले उनीहरूको यो पहललाई निकै सकारात्मक रूपमा लिएका छन्। धेरैले सामाजिक सञ्जालमार्फत पनि प्रशंसा व्यक्त गरेका छन्। स्थानीय तह…
धादिङ, असार १९ – सिद्धलेक गाउँपालिका–१, नलाङस्थित श्री नलाङ माध्यमिक विद्यालयले असार १९ गते विद्यालयका पूर्वविद्यार्थी श्री सौगात थापलियालाई विशेष सम्मानस्वरूप कदरपत्र प्रदान गरेको छ। धादिङ जिल्ला सिद्धलेक गाउँपालिका वडा नं. १ पीपल नलाङ निवासी थापलियाले आफूले अध्ययन गरेको सोही विद्यालयका कक्षा १ देखि ५ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि ६५ थान पोशाक (ट्र्याक–सुट) तथा कार्यक्रम सञ्चालनका लागि १ थान पोडियम सहयोग गरेका हुन्। विद्यालयमा आयोजित विशेष समारोहमा प्रधानाध्यापक अर्जुन प्रसाद सिलवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सबिता अर्याल लगायतको उपस्थितिमा उक्त कदरपत्र प्रदान गरिएको हो। विद्यालयले सौगात थापलियाको योगदानलाई उच्च मूल्याङ्कन गर्दै…
धादिङ– नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी नियुक्त भएका छन् । धादिङ जिल्लाको जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको आगामी ४ बर्षे कार्यकालको लागि अधिकारी क्याम्पस प्रमुखमा नियुक्त भएका हुन् । वि.स. २०५७ सालमा १२ जना विद्यार्थीबाट सुरु भएको नीलकण्ठ क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन (QAA) प्राप्त गर्ने जिल्लाको पहिलो र एकमात्र क्याम्पस हो । स्नातक तथा स्नाकोत्तरसम्मको अध्यापन गराइने नीलकण्ठ क्याम्पसमा करिव एक हजार विद्याथीहरु अध्ययनरत छन् । नीलकण्ठ क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख नवराज शर्माको दुइ कार्यकालको ८ वर्ष सकिय लगत्तै क्याम्पस प्रमुख कसलाई बनाउने भन्ने विषयमा चर्चा चलेको थियो । क्याम्पस सञ्चालन…
धदिङ : नेपाल रेड्क्रस सोसाईटी जिल्ला शाखा धादिङको अगुवाईमा बिभिन्न संघ सस्थाको आयोजनामा आर्थीक बर्ष २०८१/८२ मा रक्त्तदान कार्यक्रमबाट संकलन भएको रगताको पाउन्ड संख्या सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार सबैभन्दा धेरै लायन्स क्लव अफ काठमाडौं सूर्यमुखीले जम्मा गरेको छ ।जसमा महिला ३४ र पुरुष ८५ जना गरि ११९ जनाबाट रगत जम्मा गरेको छ। आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने र अझै धेरै संख्यामा रग संकलन गर्ने अपेक्षा रहेको धादिङ रेड्क्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनु भएको छ ।
धादिङ– गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यामिक विद्यालयमा भएको निशुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय १ जनाले सेवा लिएका छन् । विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय १९ जना महिला र ८२ जना पुरुषले सेवा लिएका हुन् । ती मध्ये ८७ जनाले भिडियो एक्स रे सेवा, ६३ जनाले स्त्री तथा प्रसुति सेवा, ५८ जनाले हाडजोर्नी तथा जेनरल सेवा,५१ जनाले जर्नरल सर्जरी, २३ जनाले बालरोग, ४० जनाले डेन्टल र ६ जनाले ईसिजी सेवा लिएको कार्यक्रम संयोजक डाक्टर दिनेश रेग्मीले जानकारी दिए । शिविरमा दम, सुगर,…