Skip to main content

Sacho Khabar

अध्यक्ष रामसिंह तामाङ इजरायल भ्रमण सकेर स्वदेश फिर्ता

धादिङ, रुवी भ्याली । रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ हालै इजरायलको भ्रमण सकेर स्वदेश फर्किएका छन् । स्थानीय सरकारको तर्फबाट ‘मुनिएक्सपो २०२५’ मा सहभागिता जनाउन पुगेका अध्यक्ष तामाङले इजरायलको विदेश मन्त्रालयमा उच्चस्तरीय भेटवार्ता पनि गरेका थिए ।
उनको भ्रमणका क्रममा कृषि प्रविधि, जल व्यवस्थापन, पूर्वाधार विकास र स्थानीय शासन सुदृढीकरण जस्ता विषयहरूमा इजरायली पक्षसँग गहन छलफल भएको जनाइएको छ । अध्यक्ष तामाङले भ्रमणले रुवी भ्याली गाउँपालिकाको समुन्नत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
भ्रमणबाट फर्किएपछि अध्यक्ष तामाङले संक्षिप्त प्रतिक्रिया दिंदै भने, “इजरायलको प्रविधि र व्यवस्थापन शैलीबाट धेरै कुरा सिक्ने अवसर मिल्यो । अब ती ज्ञान र अनुभवलाई गाउँपालिकामा उपयोग गर्नेछौं ।”
इजरायलको यस भ्रमणले गाउँपालिका र अन्तर्राष्ट्रिय निकायबीच सहकार्यको ढोका खोल्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...