Skip to main content

Sacho Khabar

नीलकण्ठ नगरपालिका वडा नं ४ मा सामाजिक सुरक्षा भत्ता टोलटोलमै वितरण

धादिङ, साउन ८ –
नीलकण्ठ नगरपालिका–४ मा सामाजिक सुरक्षा भत्ता  टोलटोलमै पुगी वितरण गरिएको छ। जनताको सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले वडा कार्यालयले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो।

वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरू लगायत भत्ता पाउने लक्षित वर्गलाई बैंकमा लामो लाइन बस्नु नपर्ने गरी टोलमै वितरण गरिँदा सेवाग्राहीहरू अत्यन्तै खुसी देखिएका छन्।

वडा अध्यक्ष हरि बहादुर श्रेष्ठका अनुसार, “नागरिकलाई सेवा खोज्न वडा कार्यालय आउनु पर्ने होइन, सेवा नागरिकसम्म पुर्‍याउने हाम्रो अभियान हो।” उनले अझै सहज , पारदर्शिता र जिम्मेवारीपूर्ण ढंगले वितरण प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

बिहान नौ बजे रिजालथोक बाट सुरु गरेको भत्ता बितरण क्रमस बेसारे , वडा कार्यलय एक्ले पिपल ,अधिकारी डाडा ,अल्छीडाडा हुँदै जयन्ति डाडा आएर सकेको हो ।

यस किसिमको भत्ता वितरणले वडावासीको समय, खर्च र झन्झट कम हुनुका साथै नागरिक–मैत्री शासनतर्फको उदाहरणीय कदमको रुपमा लिइएको छ।

स्थानीय रिजालथोककी ८२ वर्षीया आमा कृष्णमाया भन्छिन्, “पहिले त बैंकमा गई धक्काधक्का हुन्थ्यो, हिड्न सक्दिन थिए अब त घर नजिकै आएर दिँदा धेरै सजिलो भयो।”

स्थानीय जनप्रतिनिधिहरू, सामाजिक परिचालक , सानिमा बैंकका कर्मचारी तथा स्वयंसेवकहरूको सक्रियतामा यो कार्यक्रम सञ्चालन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...