धादिङ, साउन ८ – नीलकण्ठ नगरपालिका–४ मा सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगी वितरण गरिएको छ। जनताको सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले वडा कार्यालयले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो। वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरू लगायत भत्ता पाउने लक्षित वर्गलाई बैंकमा लामो लाइन बस्नु नपर्ने गरी टोलमै वितरण गरिँदा सेवाग्राहीहरू अत्यन्तै खुसी देखिएका छन्। वडा अध्यक्ष हरि बहादुर श्रेष्ठका अनुसार, “नागरिकलाई सेवा खोज्न वडा कार्यालय आउनु पर्ने होइन, सेवा नागरिकसम्म पुर्याउने हाम्रो अभियान हो।” उनले अझै सहज , पारदर्शिता र जिम्मेवारीपूर्ण ढंगले वितरण प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। बिहान नौ बजे रिजालथोक बाट…