धादिङ । लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीले जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुलमा अध्ययनरत ज्वालामुखी गाउँपालिका–४ की छात्रा रेशु विश्वकर्मालाई एकमुष्ट २७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको हो । आर्थिक अवस्था कमजोर रहेका एचए दोस्रो वर्षमा अध्ययनरत उनीलाई सहयोग पुग्ने अपेक्षाले छात्रवृत्ति प्रदान गरिएको क्लवका अध्यक्ष विक्रम विश्वकर्माले बताए । ‘हामीले विभिन्न खालका सामाजिक कार्य गर्दै आएका छौं । कहिले स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु गर्यौं’ उनले भने– ‘एचए अध्ययन गरिरहनु भएकी उहाँलाई उत्साह र थोरै भएपनि सहयोग पुगोस् भनेर सहयोग गरेका हौं । आशा छ, स्वास्थ्यकर्मी भएर देश र…
धादिङबेसी, साउन १८ – २०८२ साउन महिनाको तेस्रो शुक्रबार “( Book free day) अन्तर्गत विविध क्रियाकलापहरू सफलता पूर्वक सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरूमाझ मेहेन्दी प्रतियोगिता र छात्रहरूमाझ भलिबल प्रतियोगिता आयोजित गरियो। साथै, कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूको लागि व्यक्तिगत क्षमता अभिवृद्धि क्रियाकलापहरू सञ्चालन गरिएका थिए। सबै तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा उनीहरूको कलात्मकता, खेलकुद रुचि, अनुशासन र सहकार्य प्रवर्धन गर्ने उद्देश्य राखिएको थियो। प्रतियोगिताको नतिजा यस प्रकार रहेको छः 🔸 मेहेन्दी प्रतियोगिता (कक्षा अनुसार) • कक्षा ६: सदिक्षा शाक्य • कक्षा ७: प्रश्ना थापा मगर • कक्षा ८: स्मृति गुरुङ •…
धादिङ, नीलकण्ठ– । पतञ्जलि योग समिति अन्तर्गत रहेको बगैंचा योग साधना केन्द्र, नीलकण्ठ नगरपालिका–८ को पाँचौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष सोही साधना केन्द्रका प्रभारी बद्री सुबेदी थिए। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सदस्य तथा योग गुरु केशब थपलिया, विशेष अतिथि जिल्ला प्रभारी गोबिन्द कुमार श्रेष्ठ, महिला पूर्व प्रभारी सरस्वती पाण्डे, हालकी महिला प्रभारी कमला देवी श्रेष्ठ, जिल्ला महामन्त्री राजकुमार श्रेष्ठ, मिडिया सूचना प्रभारी अम्बिका सुबेदी, जिल्ला सदस्य तथा राधाकृष्ण योग साधना केन्द्रकी सञ्चालिका राममाया बुढाथोकी लगायत दर्जनौँ अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा योग गीत, कृतन, योग व्यायाम प्रदर्शन लगायतका विविध प्रस्तुतीहरू गरिएको थियो। साथै, २०८२ सालको…
धादिङ - १३ साउन शिक्षा क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्दै आइरहेको लायन्स क्लब अफ धादिङ नीलकण्ठको आयोजनामा तथा पशुपति माध्यमिक विद्यालय, नीलकण्ठ–१२, धादिङको व्यवस्थापनमा तीन दिनसम्म सञ्चालन गरिएको हस्तलेखन तालिम सम्पन्न भएको छ । साउन ११ गते देखि पशुपति माध्यमीक विद्यालयमा सञ्चालित प्रशिक्षण आज एक कार्यक्रमका विच सम्पन्न भएको हो । क्लवका अध्यक्ष नाराणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नंवर १२ का अध्यक्ष धर्मराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि भण्डारीले यस्ता कार्यक्रमहरूले स्थानीय तहमा शिक्षा सुधारमा सकारात्मक असर पार्ने बताउँदै लायन्स क्लबको क्रियाशीलता र प्रतिबद्धतालाई धन्यवाद दिनुभयो । “स्थानीय विद्यालयमा यति महत्त्वपूर्ण तालिम सञ्चालन गर्नु क्लबको सामाजिक…
धादिङ — नीलकण्ठ नगरपालिका–४, पुरानो पावरहाउस पारिपट्टिको पचभैयामा निर्माण गरिएको निजी संरचनाका कारण करिब ४० रोपनी खेतीयोग्य जमिनमा गम्भीर असर परेको भन्दै किसानहरूले गुनासो गरेका छन्। स्थानीय किसानहरूको अनुसार, बागमती प्रदेशका मान्यज्यूको सिफारिसमा गत आर्थिक वर्षको सरकारी बजेट प्रयोग गरेर उक्त संरचना निर्माण गरिएको हो। तर, यसरी निजि संरचना मा सरकारी लगानिले सार्वजनिक हितको सट्टा केही निश्चित समूहलाई मात्र फाइदा पुर्याएको र अन्य किसानहरूको जीवनयापनमै धक्का पुगेको आरोप उनीहरूको छ। स्थानीय किसान रामकुमा श्रेष्ठ भन्छन्, “यो संरचना बनेपछि खेतमा पानी लाउन सकेको छैन गत चैते बालि बाझै राखियो यसपालि पनि , बाली सड्छ, खेती गर्न सकिंदैन कुलो पुरै बिगारेको…
धादिङ – साउन १२, २०८२ धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिकाका समाजसेवी राजु ठकुरीलाई नेपाल प्रहरी कार्यालय, धादिङले राजमार्ग सुरक्षा, उद्धार तथा समाजसेवामा पु-याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको छ। राजु ठकुरीले धादिङ जिल्लामा विशेषगरी पृथ्वी राजमार्ग क्षेत्रको दुर्घटना, विपद्, उद्धार कार्य, अपराध अनुसन्धान तथा नियन्त्रणमा नेपाल प्रहरीसँग गहिरो सहकार्य गर्दै उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँको समर्पणका कारण हजारौं दुर्घटनाबाट पिडित व्यक्तिहरूले नयाँ जीवन पाएका छन्, जुन यथार्थ अहिले सम्पूर्ण समाजका सामु घामजस्तै छर्लङ्ग छ। प्रहरी प्रशासनसँगको विश्वास, पारदर्शिता र सहकार्यको भावनाका साथ उहाँले निभाउँदै आएको जिम्मेवारी समाजको लागि प्रेरणाको स्रोत बनेको छ। नेपाल प्रहरी कार्यालय,…
दोहा, कतार – साउन १२, / जुलाई २८, राज श्रेष्ठ, नेवारी संस्कृति, भाषा, भेषभूषा र पहिचानको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको नेवा: पुच: कतारले आफ्नो १४औं स्थापना दिवस तथा शुभकामना आदान–प्रदान कार्यक्रम सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न गरेको छ। “आफ्नोपन, आफ्नो पहिचानको लागि नेवारी एकता, भाषा, भेषभूषा तथा संस्कृतिको संरक्षण आजको आवश्यकता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम नेपाल संवत ११४५ गुंलाथ्व पारुका दिन दोहा स्थित ग्रेन्ड मलको वेयलफेयर रेस्टुरेन्टमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष श्री राकेश श्रेष्ठ, प्रमुख सल्लाहकार श्री डि.एन. मगर, समाजसेवी तथा सफल व्यवसायी डा. देवकाजी डंगोल, पत्रकार महासंघ…
धादिङ, नेपाल — भारतको पंजाब राज्य, कपुरथलामा सम्पन्न १९औं राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा धादिङको एड्भान्स एकेडेमीका कक्षा ७ का विद्यार्थी युनिक तामाङले दुबै विधामा स्वर्ण पदक जितेर नेपाललाई गौरव दिलाएका छन्। ३० केजी तौल समूह अन्तर्गत काटा र कुमुते दुवै विधामा उनले अव्वल स्थान हासिल गर्दै २ वटा स्वर्ण पदक आफ्नो नाममा लेखाएका हुन्। प्रतियोगिता जुलाई २६ र २७ मा भारतको कपुरथलास्थित धर्मसभामा सम्पन्न भएको थियो। नेपालबाट युनिकसँगै उनका प्रशिक्षक शक्ति तामाङले सहभागीता जनाएका थिए। उक्त च्याम्पियनसिपमा भारतका विभिन्न राज्यहरूका साथै अन्तर्राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहेको थियो, जसले युनिकको जितलाई झन् उल्लेखनीय बनाएको छ। उनको यो सफलतापछि स्थानीय समुदायदेखि…
धादिङ — ९ साउन भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक वर्ष २०८२/८३ को बजेट अन्तर्गत नीलकण्ठ नगरपालिका–४ मा पर्ने सिरानबजार–पौवा–रिजाल्थोक–भैरबी सडक स्तरोन्नति सहित कालोपत्रे (पिच) गर्ने कार्यको लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। सो कार्यको प्रारम्भका लागि डिभिजन सडक कार्यालय नुवाकोटले फिल्ड सर्वेक्षण कार्य आजदेखि औपचारिक रूपमा सुरु गरेको हो। मन्त्रालयका प्रतिनिधि, प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि तथा समाजसेवी व्यक्तिहरूको उपस्थितिमा प्रारम्भिक फिल्ड सर्वेक्षण सम्पन्न गरिएको छ। डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख सुबोध कुमार देवकोटाका अनुसार, फिल्ड सर्वेक्षणको आधारमा लागत इस्टिमेट तयार गरी छिट्टै ठेक्का (टेन्डर) आह्वान गरिनेछ। उनले जानकारी दिँदै आगामी दशैँअघि नै सडक स्तरोन्नति कार्य प्रारम्भ गर्ने लक्ष्य…
धादिङ, ९ साउन । धादिङमा ८३ वर्षीय वरिष्ठ कवि नन्दप्रसाद अधिकारीद्वारा रचित “नन्दानुभूति” कविता संग्रहको बिमोचन गरिएको छ। धादिङका साहित्यप्रेमी तथा स्रष्टाहरूको उपस्थितिमा उहाकै निजि निवास नीलकण्ठ नगरपालिका -७ तल्लो बेसीमा आयोजित कार्यक्रममा यस कृति सार्वजनिक गरियो। कार्यक्रममा विभिन्न स्थानीय साहित्यिक व्यक्तित्वहरूले अधिकारीको कवितामा व्यक्त भावना, अनुभूति र समाजप्रति गरिएको प्रहारको सराहना गरेका थिए। “नन्दानुभूति” मा जीवनका गहिरा अनुभूति, सामाजिक सन्देश, गाउॅले परिवेस र राष्ट्रप्रेम झल्कने कविता समावेश गरिएको छ। कवि अधिकारीले लामो समयदेखि साहित्य साधनामा सक्रिय रही थुप्रै सृजनाहरूमार्फत पाठकको मन जित्दै आएका छन्। बिषेश गरेर उहॅाके सिलोक भाका चर्चामा छ । विमोचन कार्यक्रममा उनले केहि सृजनाहरु वाचन गर्दै…