Skip to main content

Sacho Khabar

नेवा: पुच: कतारको १४औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

दोहा, कतार – साउन १२, / जुलाई २८,
राज श्रेष्ठ,

नेवारी संस्कृति, भाषा, भेषभूषा र पहिचानको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको नेवा: पुच: कतारले आफ्नो १४औं स्थापना दिवस तथा शुभकामना आदान–प्रदान कार्यक्रम सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न गरेको छ।

“आफ्नोपन, आफ्नो पहिचानको लागि नेवारी एकता, भाषा, भेषभूषा तथा संस्कृतिको संरक्षण आजको आवश्यकता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम नेपाल संवत ११४५ गुंलाथ्व पारुका दिन दोहा स्थित ग्रेन्ड मलको वेयलफेयर रेस्टुरेन्टमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष श्री राकेश श्रेष्ठ, प्रमुख सल्लाहकार श्री डि.एन. मगर, समाजसेवी तथा सफल व्यवसायी डा. देवकाजी डंगोल, पत्रकार महासंघ कतारका अध्यक्ष श्री दिलकुमार श्रेष्ठ लगायत अन्य विशिष्ट अतिथि, मातृ संस्थाका अध्यक्ष, सातवटै प्रदेश समन्वय परिषद्का प्रतिनिधिहरू, महिला समाज, साहित्यिक संस्था, कलाकार तथा विभिन्न समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थापना दिवसको कार्यक्रम यो वर्ष पहिलो पटक १४ साल (संवतः) मा आयोजना गरिएको हो। कार्यक्रममा नेपाली राष्ट्रिय गानसहित नेवारी बाजागाजामा सजिएर आएका सहभागीहरूले साउन–भदौको काठमाडौं उपत्यकाका जात्राहरूको सम्झना दिलाउने वातावरण बनाएका थिए।

स्थानिय कलाकारहरूले नाचगान, गायन, मुक्तक वाचनजस्ता बेजोड प्रस्तुति दिएका थिए। साथै, भाग्यशाली उपहार चिठाको पनि समावेश गरिएको थियो।

कार्यक्रम सञ्चालन महासचिव बिकास श्रेष्ठ र सचिव रामहरि श्रेष्ठले गरेका थिए भने अध्यक्ष जमुना श्रेष्ठले कार्यक्रमको समापन गर्दै आर्थिक, भौतिक र नैतिक सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...