Sacho Khabar

राजमार्ग सुरक्षा र उद्धार कार्यमा सक्रिय राजु ठकुरीलाई नेपाल प्रहरी कार्यालय धादिङबाट सम्मान

धादिङ – साउन १२, २०८२

धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिकाका समाजसेवी राजु ठकुरीलाई नेपाल प्रहरी कार्यालय, धादिङले राजमार्ग सुरक्षा, उद्धार तथा समाजसेवामा पु-याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको छ।

राजु ठकुरीले धादिङ जिल्लामा विशेषगरी पृथ्वी राजमार्ग क्षेत्रको दुर्घटना, विपद्, उद्धार कार्य, अपराध अनुसन्धान तथा नियन्त्रणमा नेपाल प्रहरीसँग गहिरो सहकार्य गर्दै उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ।

 

उहाँको समर्पणका कारण हजारौं दुर्घटनाबाट पिडित व्यक्तिहरूले नयाँ जीवन पाएका छन्, जुन यथार्थ अहिले सम्पूर्ण समाजका सामु घामजस्तै छर्लङ्ग छ। प्रहरी प्रशासनसँगको विश्वास, पारदर्शिता र सहकार्यको भावनाका साथ उहाँले निभाउँदै आएको जिम्मेवारी समाजको लागि प्रेरणाको स्रोत बनेको छ।

नेपाल प्रहरी कार्यालय, धादिङले यसै योगदानको उच्च प्रशंसा गर्दै समाजसेवामा समर्पित यो समर्पणभावप्रति विशेष कदर गर्दै सम्मान प्रदान गरेको  हो ।  उहाले गरेको कामको एक उदारणिय भिडियो यो लिङकमा हेर्न सकिन्छ 👉https://youtu.be/ksUoZZvWaCk?si=lE4CQD_K0JXCqjYy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...