Skip to main content

Sacho Khabar

सिरानबजार–पौवा–रिजाल्थोक–भैरबी सडक पिच गर्न ३ करोड प्रारम्भिक कार्य सुरु

धादिङ — ९ साउन
भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक वर्ष २०८२/८३ को बजेट अन्तर्गत नीलकण्ठ नगरपालिका–४ मा पर्ने सिरानबजार–पौवा–रिजाल्थोक–भैरबी सडक स्तरोन्नति सहित कालोपत्रे (पिच) गर्ने कार्यको लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

सो कार्यको प्रारम्भका लागि डिभिजन सडक कार्यालय नुवाकोटले फिल्ड सर्वेक्षण कार्य आजदेखि औपचारिक रूपमा सुरु गरेको हो। मन्त्रालयका प्रतिनिधि, प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि तथा समाजसेवी व्यक्तिहरूको उपस्थितिमा प्रारम्भिक फिल्ड सर्वेक्षण सम्पन्न गरिएको छ।

डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख सुबोध कुमार देवकोटाका अनुसार, फिल्ड सर्वेक्षणको आधारमा लागत इस्टिमेट तयार गरी छिट्टै ठेक्का (टेन्डर) आह्वान गरिनेछ। उनले जानकारी दिँदै आगामी दशैँअघि नै सडक स्तरोन्नति कार्य प्रारम्भ गर्ने लक्ष्य रहेको बताए।

सडक सुधार कार्य सुरु भएकोमा स्थानीयवासी खुसी देखिएका छन् साथै उनीहरूले कामको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने माग गरेका छन्।
“हामी धेरै पटक सडक बनाउने कुरा सुन्यौं, तर गुणस्तर नहुँदा केही समयमै बिग्रिन्छ,” एक स्थानीय सामाज सेवी एवं ब्यवसायी राजकुमार श्रेष्ठले भने, “यसपालि पिच गर्ने काम दीर्घकालीन र मापदण्डअनुसार हुनुपर्छ।”

स्थानीयहरूका अनुसार, सडक निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तर, ढल निकास, पानीको बहाव व्यवस्थापन, र सडकको चौडाइ सबै कुरामा प्राविधिक टोलीले निगरानी गर्न जरुरी रहेको ब्यवसायी एवं समाजसेवी राजाराम श्रेष्ठले बताउनु भएको छ ।

नीलकण्ठ–४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठले गुणस्तरका विषयमा कडा प्रतिबद्धता जनाउँदै भन्नु भयो
“यो बाटोको काममा गुणस्तरमा कुनै सम्झौता हुने छैन। म आफैं पनि निगरानी गर्ने छु र अन्य प्रतिनिधिहरुलाइ समेत निरिक्षण गर्न परिचालन गर्ने छु। राम्रोसँग पिच गर्ने गरि काम गराइन् छ त्यस्तो केहि समस्या आएमा प्राबिधिक संग सल्लाह गरेर काम गराउने छु। यसै गरि आगामी वर्ष क्रमश यो सडकलाई रिजालथोक हुँदै मैदानसम्म पुर्‍याउने हाम्रो लक्ष्य रहेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...