अशोक श्रेष्ठ रुबीभ्याली धादिङ :-धादिङको विकास निर्माणका काममा सामूहिक श्रमदान गर्ने परम्परा अधिकांश गाउँबाट हटिसकेको बेला पनि रुवीभ्यालीका महिलाहरूले यसलाई निरन्तरता दिइरहेका छन्। [ उनीहरूले स्थानीय विकास निर्माणका कामका लागि निरन्तर श्रमदान गरिरहेका छन्। गाउँका सडक, कुलो, नहर, बाटो मर्मत लगायतका विकासका कार्यमा उनीहरूको उल्लेखनीय सहभागिता रहेको छ। यसरी सहभागी हुनेमा अधिकांश महिला नै हुन्छन्। आफ्नै गाउँमा भएका विकास निर्माणका काम आफैंले गर्न पाउँदा निकै खुसी लागेको र कुनै-कुनै कामबाट पैसा पनि पाइने भए पनि, पैसाको लागि नभएर विकास निर्माणको काममा सहयोग गरेको एक सहभागीले बताउनुभयो। "घरमा बस्नुभन्दा आफूले जानेको काम गर्दा आफ्नै गाउँको बाटो बन्छ भने किन नगर्ने?" भन्दै…
धादिङको मलेखु, जुन एक समय “माछाको राजधानी” भनेर चिनिन्थ्यो, अहिले गम्भीर संकटमा छ। त्रिशूली नदीमा विद्युतीय करेन्ट प्रयोग गरेर माछा मार्ने कार्य बढेसँगै यहाँको माछा बजार र माझी समुदाय दुबै संकटमा परेका छन्। धादिङ - धादिङको पृथ्वी राजमार्ग संगै रहेका त्रिशूली नदीमा केही वर्षदेखि करेन्ट लगाएर माछा मार्ने क्रम तिव्र बनेको छ । स्थानीय प्रशासनको लापरवाही र सरोकारवालाहरूको गैरजिम्मेवारीपनका कारण खोला र नदीमा करेन्ट लगाएर माछाका प्रजाति नै सखाप पार्ने काम हुने गरेको छ । खुलेआम दिउँसै नदीमा करेन्ट लगाएर माछा मार्ने गरिएपनि प्रहरी र अन्य निकायले केही पनि नगरेको स्थानीयहरूको गुनासो छ । धेरै जसो खोला नदीहरूमा सोलार…
धादिङ :- धादिङको गजुरी गाउँपालिका–२ डुडेठाँटीका ६० वर्षीय चुडामणि कँडेल र उनकी श्रीमती सुस्मिता सिलुवालबीच एक आपसमा बोलचाल समेत नभएको लामो समय भयो । श्रीमान श्रीमतीबीच असमझदारी बढेपछि श्रीमान चुडामणिले श्रीमती सुस्मिताको हत्या गर्ने योजना भए । उनले सोही स्थानमा बस्दै आइरहेका मकवानपुरको राक्सिराङ–९ का ३६ वर्षीय अक्कल बहादुर प्रजालाई श्रीमतीलाई मार्न ४ लाखको सुपारी दिए । अक्कले राक्सिराङकै २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तानको साहारा लिएर सुस्मिताको हत्या खटिए । तर पटक–पटकको प्रयासपछि सुस्मिताको हत्या गर्न असफल भएपछि चुडामणिले छिटो काम गर्न नभए रकम फिर्ता गर्न अक्कललाई दवाब दिइ रहे । अन्ततः दवाब सहज नसकेर सुपारी…
धादिङ -त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा-पिपलामाेड सडक खण्ड १० दिन बन्द हुने भएको छ । बैशाख २२ गते सोमबारदेखि बैशाख ३१ गते बुधबारसम्म उक्त सडक खण्ड आंशिक रुपमा बन्द गरेर काम गर्न लागिएको हो । सो सडक खण्डको नागस्थान लगायतका स्थानमा असाेज दाेश्राे साता पहिराे झर्दा घण्टाै सडक अवरुद्ध बनेको थियाे । सडक निर्माण सुधार गर्नुपर्ने भएकोले राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहने नागढुंगा–मुग्लिन सडक पूर्वी खण्ड योजनाले जनाएको छ । उक्त अवधिभर वैकल्पिक मार्गहरु प्रयोग गर्न सार्वजनिक सूचना गरेर योजनाले सबैमा जानकारी गराएछ । हाल सो सडकको १.८ किलोमिटरमा सडक सुधार गर्न लागिएको हो ।
धादिङ, तिप्लिङ सशस्त्र प्रहरी बल नेपालकाे (बि ओ पि)बोडर आउट पोष्टको उद्घाटन समारोहमा गृह मन्त्री मा. रमेश लेखक र कृषि तथा पशुपन्छी विकास मन्त्री मा.रामनाथ अधिकारी सहितको उच्चस्तरीय सरकारी टोली रुबी भ्याली पुगेको छ। रुबी भ्याली गाउँपालिका–१, लब्दुङमा आयोजित कार्यक्रममा पुर्व मन्त्री टेकबहादुर गुरुङ, गृह सचिव गोकर्ण मणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी उपरीक्षक दीपेन्द्र शाही, राष्ट्रिय अनुसन्धान विभाग धादिङका उपनिर्देशक नरेन्द्र गिरि, सशस्त्र प्रहरी नायव उपरिक्षक लक्ष्मी थपलिया लगायत सुरक्षानिकाय प्रमुखहरुको सहभागिता गाउँपालिका अध्यक्ष रामसिंह तामाङले स्वागत मन्तव्य दिंदै बीओपी स्थापना सँगै सीमा इलाका सुरक्षाको मजबूती, स्थानीय बासिन्दाको शान्ति सुरक्षामा…
धादिङ- धादिङको नीलकण्ठ नगरपालिकाले आफ्नो विविध कार्यक्रम गरि स्थापना दिवस मनाउने भएको छ । विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरि नगरपालिकाले स्थापना दिवस मनाउन लागेको हो । नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७१ साल वैशाख २५ गतेको निर्णयवाट नीलकण्ठ नगरपालिका गठन भएको र उक्त गठन भएको दिन बैशाख २५ गतेको दिनलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ । यो वर्ष पनि नगरपालिकाले विविध कार्यक्रम गरि मनाउन लागेको हो । नगरपालिकाले गत वर्ष जस्तै यस बर्ष पनि मैत्रिपूर्ण खेलकुद प्रतियोगिताहरु गरी वार्षिक उत्सव मनाउने तयारी गरेको छ।बैशाख २३ गते नीलकण्ठ नगरपालिका र नेपाल पत्रकार महासंघबिच फुटसल खेल, नीलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधि र…
धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–१ तिप्लिङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (BOP) को उद्घाटन आज हुँदैछ। उद्घाटन कार्यक्रममा गृहमन्त्री माननीय रमेश लेखक तथा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रम रहेको छ। सीमावर्ती सुरक्षा मजबुत पार्न र स्थानीय सुरक्षालाई सुदृढ बनाउन स्थापना गरिएको उक्त BOP ले सीमानाका गतिविधि अनुगमनका साथै विपद् व्यवस्थापन र अन्य सुरक्षासम्बन्धी काम गर्नेछ। कार्यक्रममा संघीय सांसद, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको उपस्थिति रहने छ।
काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रमबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्याएका हुन् । चौधरीलाई किन नियन्त्रण लिएको भन्ने कारण खुलेको छैन । टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।
काठमाडौं– धनकुटाको चौबिसे गाउँपालिका–१ राजापोखरीका ७४ वर्षीय वृद्ध पदमबहादुर श्रेष्ठको लडेर मृत्यु भएको छ । बैशाख १६ गते दिउँसो घरबाट हिडेका श्रेष्ठ वेपत्ता रहेका थिए । खोजी गर्ने क्रममा बुधबार बिहान घर भन्दा सात सय मिटर टाढा सडक छेउमा लडेर मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतक श्रेष्ठको शव पोष्टमार्टमको लागि धनकुटा जिल्ला अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धादिङ — धादिङ जिल्लाको उत्तरी क्षेत्र सिङ्लामा पहिलो पटक ‘प्रथम सिङ्ला पर्यटन मेला २०८२’ आयोजना हुँदैछ। सिङ्ला पर्यटन क्षेत्र विकास समाजको आयोजना र विभिन्न स्थानीय निकाय, संघ-संस्थाहरूको सहकार्यमा बैशाख २७ देखि २९ गतेसम्म मेलाको आयोजना हुने भएको हो। नीलकण्ठ नगरपालिका–३, धादिङस्थित समाजको नेतृत्वमा आयोजना गरिने यस मेलामा खनियावास गाउँपालिका, रुवीभ्याली गाउँपालिका, गंगाजमना गाउँपालिका (धादिङ), म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिका (नुवाँकोट) तथा आमाछेदिङमो गाउँपालिका (रसुवा) सह-आयोजकका रूपमा रहेका छन्। नेपाल पर्यटन बोर्ड (NTB) प्रवर्द्धकका रूपमा र बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति धादिङ, धादिङ उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय धादिङ, तथा ज्यामपल दोर्जे दुवखाङ गुम्बा, सेमजोङ, धादिङले सहयोगी भूमिका रहने…