Sacho Khabar

धादिङको रुबीभ्यालीमा बाटो बनाउन श्रमदान गर्दै महिलाहरु ।

अशोक श्रेष्ठ  रुबीभ्याली धादिङ :-धादिङको विकास निर्माणका काममा सामूहिक श्रमदान गर्ने परम्परा अधिकांश गाउँबाट हटिसकेको बेला पनि रुवीभ्यालीका महिलाहरूले यसलाई निरन्तरता दिइरहेका छन्।

[

उनीहरूले स्थानीय विकास निर्माणका कामका लागि निरन्तर श्रमदान गरिरहेका छन्। गाउँका सडक, कुलो, नहर, बाटो मर्मत लगायतका विकासका कार्यमा उनीहरूको उल्लेखनीय सहभागिता रहेको छ। यसरी सहभागी हुनेमा अधिकांश महिला नै हुन्छन्।

आफ्नै गाउँमा भएका विकास निर्माणका काम आफैंले गर्न पाउँदा निकै खुसी लागेको र कुनै-कुनै कामबाट पैसा पनि पाइने भए पनि, पैसाको लागि नभएर विकास निर्माणको काममा सहयोग गरेको एक सहभागीले बताउनुभयो। “घरमा बस्नुभन्दा आफूले जानेको काम गर्दा आफ्नै गाउँको बाटो बन्छ भने किन नगर्ने?” भन्दै बच्चा च्यापेर आराम गर्दै गरेकी एक सहभागीले बताउनुभयो।

गाउँलेहरूले श्रमदान गरेपछि पालिकालाई पनि सजिलो भएको छ। “कसैको व्यक्तिगत फाइदाका लागि नभएर, गाउँको सामूहिक फाइदाका लागि सबैले काम गर्नुपर्छ,” काम गर्दै गरेकी एक स्थानीय दिदीले भनिन्, “बिग्रिएको बाटोमा हिँड्नुभन्दा आफैंले मर्मत गर्नु राम्रो हो।”

यहाँका महिलाहरूले गरेको कामको सकारात्मक पक्षलाई अन्य पालिकाका स्थानीयले सिक्ने हो भने, सानातिना कामका लागि अरूको मुख ताक्ने प्रवृत्ति घट्दै जाने रुवीभ्यालीका गाउँवासीहरूको विश्वास छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...