Sacho Khabar

दुर्घटना

कास्कीमा धादिङको इभी हाइस दुर्घटना, तीनजनाको मृत्यु !

कास्कीमा धादिङको इभी हाइस दुर्घटना, तीनजनाको मृत्यु !

धादिङ:-पोखराको लामेआहालमा ईभी हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरका ईभी हाईस पृथ्वी राजमार्ग अन्तर्गत लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । मृत्यु हुनेमा पोखरामा बस्दै आएकी धादिङकी झाँङमाया गुरुङ रहेको छ । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुुर्घटनामा परि घाइते भएकाहरु मध्ये पाँच जनाको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइ रहेको छ । उपचारपछि तीन जना डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक जाँचमा तीव्र गतिका कारण दुर्घटना भएको…
Read More
भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको मृत्यु

भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको मृत्यु

धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको ज्यान गएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो ग्एघद्दत्ल्द्धज्ञढड नम्बरको ईण्डियन आईचर गाडीमा ठोक्किदा बोलेरोमा सवार ललितपुरको बागमती गाउँपालिका–१ का ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक हमालका अनुसार दुर्घटनामा परि घाइते भएका थिङको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा उनको ज्यान गएको हो । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको थियो । उनको उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो ।…
Read More
पृथ्वी राजमार्ग अन्तर्गत थाक्रेमा कार र ट्रक ठोक्किदा ५ जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत थाक्रेमा कार र ट्रक ठोक्किदा ५ जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका– १ खैरघारीमा कार र ट्रक एक आपसमा ठक्कर खादा पाँच जना घाइते भएका छन् । काठमाडौबाट चितवनतर्फ जाँदै गरेको द्य ब्म् १३७७ नम्बरबो कार र विपरित दिशाबाट आउदै गरेको म.प्र.०३–००२ ख १७३३ नम्बरको ट्रक एक आपसमा ठोक्किदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए । दुर्घटनामा परि घाइते भएका नवलपरासी देबचुली गाउँपालिका– ३ का ३६ वर्षिय प्रदिप न्यौपाने, १० वर्षिय प्रक्षेप न्यौपाने र पाल्पा गनासकाली गाउँपालिका–२ का २९ वर्षिय रामहरी गैरेलाई काठमाडौं रेफर गरिएको छ । काभ्रेपलाञ्चोक पनौति नगरपालिका– ८ का २७ वर्षिय सुवोद बञ्जारा र…
Read More
सिन्धुलीमा जीपको ठक्करबाट एकको मृत्यु

सिन्धुलीमा जीपको ठक्करबाट एकको मृत्यु

काठमाडौं- जीपको ठक्करबाट सिन्धुलीको कमलामाइ नगरपालिका वातावरण शाखामा काम गर्ने एक जना कर्मचारीको मृत्यु भएको छ । झापाबाट काठमाडौं आउदै गरेको प्रदेश १–००१ च ८८२१ नम्बरको जीपको ठक्करबाट कमलामाइ नगरपालिका–१२ का सरसफाइ कर्मचारी ३५ वर्षीय शेरबहादुर खपांगीको मृत्यु भएको प्रहरीले जनाएको छ । सरसफाइका लागि साइकलमा कार्यालयतर्फ जाँदै बीपी राजमार्ग अन्तर्गत कमलामाइ नगरपालिका–६ को रातमाटा घुम्ती नजिक जीपले ठक्कर दिएको थियो । ठक्कर दिने चालकलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।
Read More
नवलपरासीमा स्कुल बस र यात्रुवाहक बस ठोक्किदा २० जना घाइते

नवलपरासीमा स्कुल बस र यात्रुवाहक बस ठोक्किदा २० जना घाइते

धादिङ- नवलपरासीको बर्दघाटमा स्कुल बस र यात्रुवाहक बस एकआपसमा ठोक्किदा २० जना  घाईते भएका छन् । पश्चिम नवलपरासीको चिसापानीमा दुर्घटना हुदाँ १४ विद्यार्थी र ६ जना अन्य यात्रु घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनमा परि घैते भएकाहरुलाऐ उप्चारका लागि अस्पताल लगिएको छ । प्रहरीका अनुसार मोटरसाईकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरा तर्फ जादै गरेको ग२ख १५७४ नम्बरको बसले उक्त मोटर साईकललाई ठक्कर दिन पुग्यो । मोटरसाईकललाई ठक्कर दिएको उक्त यात्रुबाहक बस अनियन्त्रीत भई सडकमा रोकेर विद्यार्थी चढाउदै गरेको बर्दघाट नगरपालिका-१२ भुताहको ग्लोवल एकेडेमीको लु१ख ८७० नम्वरको बसलाई ठक्कर दिन पुगेको थियो ।
Read More
मोरङमा भीषण आगलागी एक बालिकाको मृत्यु १२ घर जलेर नष्ट

मोरङमा भीषण आगलागी एक बालिकाको मृत्यु १२ घर जलेर नष्ट

  झापा चैत्र ०५ ।। मोरङको धनपालथाल गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा परेर एक  बालिकाको मृत्यु भएको छ। आगलागीमा परी १२  घर जलेर नष्ट भएका छन। धनपालथान गाउँपालिका उपाध्यक्ष नसिमा बानुले दिएको जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ६ र ७ को सिमावर्ती  क्षेत्र कदमाहामा मंगलबार दिउँसो आगलागी भएको हो। त्यसक्रममा ३ वर्सिया बालिकाको जलेर मृत्यु भएको हो। स्थानीय मोहम्मद  हनिफकी छोरी ३ वर्षीया रेश्मा खातुनको मृत्यु भएको हो। दुई जना बालबालिका हराएका थिए, त्यसमध्ये एक जना बालक फेला परेका छन्। एकजना बालिकाको मृत्यु भएको छ,’ उनले भनिन्। आगलागीमा १२ वटा घर जलेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी…
Read More
टिपर अनियन्त्रित भएर टहरामा पस्दा तीन जनाको मृत्यु

टिपर अनियन्त्रित भएर टहरामा पस्दा तीन जनाको मृत्यु

काठमाडौं ।। आज बिहान ३ बजेर ४० मिनेटको समयमा काठमाडौंको एक सामाजिक संस्थाले बनाएको टहरामा १० जना सुतिरहेका समय टिपर अनियन्त्रित भएर पस्दा तीन जनाको मृत्यु भएको छ। बा २ क ६५८० नम्बरको  टिपर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुग्दा तीन जनाको मृत्यु भएको हो । सबै विवरण खुल्न नसकेका २१ र २१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजनले सुतेकै ठाउँमा ज्यान गुमाएका हुन् । उनिहरुकोे तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो ।…
Read More
टिपरले किच्दा जेसीबी चालकको मृत्यु

टिपरले किच्दा जेसीबी चालकको मृत्यु

  अर्जुनधारा । झापाको अर्जुनधारा ७ मा रहेको  क्रसरमा टिपरले किचेर आइतबार साँझ  जेसीबी अपरेटरको मृत्यु भएको छ । कम्पनीबाट बिदा भएर घर जान लागेका जेसीबी अपरेटरको टिपरले किचेर मृत्यु भएको हो । कम्पनीबाट बिदा लिएर हल्दीबारी २ मा रहेको घर जान लागेका २४ वर्षीय मोहन किस्कुको मृत्यु भएको प्रहरीले जनाएको छ। मे २ प २१११ नम्बरको मोटरसाइकलमा घर जान लागेका किस्कुलाई को १ ख ७०१४ नम्बरको टिपरले किचेको थियो । अर्जुनधारा ७ को मधुजिता क्रसरमा टिपरले किचेर किस्कुको मृत्यु भएको हो । किस्कुको घरमा सोमबार पूजा आयोजना गरिएको बताइएको छ। पूजामा जानका लागि साथीको मोटरसाइकल लिएर घर जान लागेका…
Read More
आफैले बोकेको  गोलियाले किचेर धनकुटामा एकजनाको मृत्यु

आफैले बोकेको  गोलियाले किचेर धनकुटामा एकजनाको मृत्यु

  झापा माघ ।।  आफैले बोकेको  गोलियाले किचेर धनकुटामा एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो २.५० बजे धनकुटा चौबीसे –७ लोफादिन बस्ने २७ वर्षीय मौसम चेम्जोङको आफैले बोकेको काठको गोलियाले किचेर मृत्यु भएको हो । वडा नं .८ को बसन्तटारमा काठको गोलिया माथिबाट तल सडकमा झार्ने क्रममा चेम्जोङले बोकेको गोलियाले किचेर उनको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका चेम्जोङलाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।
Read More
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु

  सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु भएको छ। उक्त सडकखण्डको ८ किलोनजिकै मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको जलेर ज्यान गएको प्रहरीले जनाएको छ। दोलखाबाट काठमाडौं जाँदै गरेको ०३-००२ ख ०५३४ नम्बरको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करपछि मोटरसाइकलमा लागेको आगो सल्किँदा सिन्धुपाल्चोककै लिसंखुपाखर-७ डाँडापाखर निवासी युवक दावाछिरिङ तामाङको जलेर निधन भएको हो । ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको थियो । मोटरसाइकलको पेट्रोलबाट आगोले एकै पटक विशाल रुप लिँदा तामाङ घटनास्थलमै जल्न पुगे । स्थानीयले पानी खन्याएर…
Read More