Skip to main content

Sacho Khabar

पृथ्वी राजमार्ग अन्तर्गत थाक्रेमा कार र ट्रक ठोक्किदा ५ जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका– १ खैरघारीमा कार र ट्रक एक आपसमा ठक्कर खादा पाँच जना घाइते भएका छन् ।
काठमाडौबाट चितवनतर्फ जाँदै गरेको द्य ब्म् १३७७ नम्बरबो कार र विपरित दिशाबाट आउदै गरेको म.प्र.०३–००२ ख १७३३ नम्बरको ट्रक एक आपसमा ठोक्किदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।

दुर्घटनामा परि घाइते भएका नवलपरासी देबचुली गाउँपालिका– ३ का ३६ वर्षिय प्रदिप न्यौपाने, १० वर्षिय प्रक्षेप न्यौपाने र पाल्पा गनासकाली गाउँपालिका–२ का २९ वर्षिय रामहरी गैरेलाई काठमाडौं रेफर गरिएको छ ।

काभ्रेपलाञ्चोक पनौति नगरपालिका– ८ का २७ वर्षिय सुवोद बञ्जारा र कञ्चनपुर पुनर्वास नगरपालिका– ८ का ३३ वर्षिय मुनि राज उपाध्यायको सिम्ले स्थित राजु मेडिकलमा उपचार भइरहेको छ ।

ओभार स्पिडका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको प्रहरी नायव उपरिक्षक हमालले बताए । अनुसन्धानकै क्रममा रहेको छ । दुवै सवारी र चालकहरु प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...