Skip to main content

Sacho Khabar

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु

 

सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु भएको छ। उक्त सडकखण्डको ८ किलोनजिकै मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको जलेर ज्यान गएको प्रहरीले जनाएको छ।

दोलखाबाट काठमाडौं जाँदै गरेको ०३-००२ ख ०५३४ नम्बरको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करपछि मोटरसाइकलमा लागेको आगो सल्किँदा सिन्धुपाल्चोककै लिसंखुपाखर-७ डाँडापाखर निवासी युवक दावाछिरिङ तामाङको जलेर निधन भएको हो ।

ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको थियो । मोटरसाइकलको पेट्रोलबाट आगोले एकै पटक विशाल रुप लिँदा तामाङ घटनास्थलमै जल्न पुगे ।

स्थानीयले पानी खन्याएर आगो निभाउन कोसिस गरे पनि सफल हुन सकेनन् । पानी खन्याएर आगो ननिभ्दा मोटरसाइकल चालक तामाङको जलेर घटनास्थलमै ज्यान गएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...