Skip to main content

Sacho Khabar

भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको मृत्यु

धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको ज्यान गएको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो ग्एघद्दत्ल्द्धज्ञढड नम्बरको ईण्डियन आईचर गाडीमा ठोक्किदा बोलेरोमा सवार ललितपुरको बागमती गाउँपालिका–१ का ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक हमालका अनुसार दुर्घटनामा परि घाइते भएका थिङको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा उनको ज्यान गएको हो । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको थियो । उनको उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो । बोलेरोमा सवार ५ जना मध्ये अन्य ४ जना सकुसल रहेका छन् ।

बोलेरोलाई ओभरट्याक गर्ने क्रममा खाल्टो देखेर आइचरले ब्रेक लगाउदा ठोक्किएको देखिन्छ । रातको समय र ठोक्किदा सिसा फुटेका कारण क्षति भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक हमालले बताए । ईण्डियन आईचर चालक भारत उत्तर प्रदेश मोहमदपुर खलाका ४० वर्षीय कमलेश कुमार यादवलाईे नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...