Sacho Khabar

Day: २०८२ बैशाख ६, शनिबार

पिण्डेश्वरी माध्यामिक विद्यालयमा प्लस टु सञ्चालन  गर्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ  सुरु

पिण्डेश्वरी माध्यामिक विद्यालयमा प्लस टु सञ्चालन गर्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धादिङ-धादिङको गजुरी गाउँपालिका–४ गैरीगाउँमा रहेको पिण्डेश्वरी माध्यामिक विद्यालयमा प्लस टु सञ्चालन गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ । ‘श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी बनौं, विद्यालय सुधार तथा शैक्षिक उन्नयनका लागि दान गरी पुन्य कमाऔं’ भन्ने मुल मर्म साथमा महायज्ञको सुरुवात गरिएको छ । विद्यालयको कक्षा ११ र १२ सञ्चालनार्थ आर्थिक सहयोग संकलन गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको हो । महायज्ञको उद्घाटन समारोहको सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कटेलले विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा सुधारका लागि महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिसुराल र वडा नम्बर ४ का…
Read More
भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको मृत्यु

भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको मृत्यु

धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको ज्यान गएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो ग्एघद्दत्ल्द्धज्ञढड नम्बरको ईण्डियन आईचर गाडीमा ठोक्किदा बोलेरोमा सवार ललितपुरको बागमती गाउँपालिका–१ का ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक हमालका अनुसार दुर्घटनामा परि घाइते भएका थिङको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा उनको ज्यान गएको हो । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको थियो । उनको उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो ।…
Read More