Skip to main content

Sacho Khabar

पिण्डेश्वरी माध्यामिक विद्यालयमा प्लस टु सञ्चालन गर्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धादिङ-धादिङको गजुरी गाउँपालिका–४ गैरीगाउँमा रहेको पिण्डेश्वरी माध्यामिक विद्यालयमा प्लस टु सञ्चालन गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ ।

‘श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी बनौं, विद्यालय सुधार तथा शैक्षिक उन्नयनका लागि दान गरी पुन्य कमाऔं’ भन्ने मुल मर्म साथमा महायज्ञको सुरुवात गरिएको छ । विद्यालयको कक्षा ११ र १२ सञ्चालनार्थ आर्थिक सहयोग संकलन गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको हो ।

महायज्ञको उद्घाटन समारोहको सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कटेलले विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा सुधारका लागि महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यस्तै, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिसुराल र वडा नम्बर ४ का वडा अध्यक्ष सुरेंद्र प्रजा लगायतले पिण्डेश्वरी माध्यामिक विद्यालयको चौतर्फी विकास एवं प्लस टु सञ्चालनको उदेश्यले आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी भएर सकेको दान गर्न सबैमा अनुरोध समेत गरेका छन् ।

बैशाख ६ गतेदेखि सुरु भएको महायज्ञ बैशाख १३ गतेसम्म सञ्चालन हुने महायज्ञमा कथावाचक तपस्वी गुरु उत्तम भट्टले प्रवचन दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...