Skip to main content

Sacho Khabar

धादिङको रूवी भ्यालीमा सशस्त्र प्रहरी बलको बि. ओ .पी .स्थापना

धादिङ, तिप्लिङ

सशस्त्र प्रहरी बल नेपालकाे (बि ओ पि)बोडर आउट पोष्टको उद्घाटन समारोहमा गृह मन्त्री मा. रमेश लेखक र कृषि तथा पशुपन्छी विकास मन्त्री मा.रामनाथ अधिकारी सहितको उच्चस्तरीय सरकारी टोली रुबी भ्याली पुगेको छ

 

रुबी भ्याली गाउँपालिका–१, लब्दुङमा आयोजित कार्यक्रममा पुर्व मन्त्री टेकबहादुर गुरुङ, गृह सचिव गोकर्ण मणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी उपरीक्षक दीपेन्द्र शाही, राष्ट्रिय अनुसन्धान विभाग धादिङका उपनिर्देशक नरेन्द्र गिरि, सशस्त्र प्रहरी नायव उपरिक्षक लक्ष्मी थपलिया लगायत सुरक्षानिकाय प्रमुखहरुको सहभागिता

गाउँपालिका अध्यक्ष रामसिंह तामाङले स्वागत मन्तव्य दिंदै बीओपी स्थापना सँगै सीमा इलाका सुरक्षाको मजबूती, स्थानीय बासिन्दाको शान्ति सुरक्षामा सुधार, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापको रोकथाम र विपद् व्यवस्थापनमा राहत तथा उद्धारको व्यवस्था सहज हुने बताए।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङ, प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोले, स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बीओपी स्थापना सँगै जिल्लाको दुर्गम सीमा क्षेत्रमा सुरक्षा प्रत्याभूति र नागरिक सेवामा थप सहजता हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...