धादिङ : जेठ ७ । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा-पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उहाँले जानकारी दिए । “निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक…
धादिङ- जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालमा जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा सुरु गरिएको छ । विशेषज्ञसहितको सेवा विस्तार गर्ने क्रममा इन्डोस्कोपी सेवा सुरु गरिएको हो । काठमाडौं मेडिकल कलेज तथा टिचिङ हस्पिटलका विशेषज्ञ चिकित्सक रोमी दाहालद्धारा सेवा सुरु गरिएको छ । शरीरको भित्री अंगहरू (जस्तै पेट, आन्द्रा, घाँटी, आदि) को जाँच गर्न प्रयोग गरिने एक चिकित्सकीय प्रक्रिया इन्डोस्कोपी सेवा अति आवश्यक रहेकोले सेवा सुरु गरिएको धादिङ अस्पतालका अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले बताए । ‘एन्डोस्कोपी गर्न एन्डोस्कोप नामक विशेष उपकरण प्रयोग गरिन्छ । एन्डोस्कोप एउटा लामो, पातलो, लचिलो नली हो । जसको अगाडि क्यामेरा र बत्ती जडान गरिएको हुन्छ…
धादिङको नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जितेको छ। जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको समन्वयमा सदरमुकाम धादिङबेशीमा सम्पन्न १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले २२ स्वर्ण, ६ रजत र १० कांस्य पदकसहित कुल ३८ पदक जित्दै उपाधि जितेको हो । नीलकण्ठको यो लगातार तेस्रो जित हो । यसअघि २०७९ को १२ औं राष्ट्रपति रनिङ शिल्ड र १३ औं राष्ट्रपति रनिङ शिल्ड २०८० पनि नीलकण्ठ नगरपालिकाले जितेको थियो । ३ गते शनिबारदेखी सुरु भई ५ गते सोमबार सम्पन्न भएको यस प्रतियोगितामा थाक्रे गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ। थाक्रेले…
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा ७ बर्षिया बालिकालाई ठक्कर दिई फरार भएका मोटरसाईकल चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका वडा नम्बर २ का खेमलाल श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई काठमाण्डौंको बालाजुबाट बा ७७ प ३३९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रही कार्यालय धादिङका सूचना अधिकारी एवंम प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो । डिएसपी बाईट.... घरबाट स्कुल जाँदै गरेकी ससाह ज्यामिरेकी सात वर्षिय दिपिका वि.क मोटरसाईकलको ठक्करबाट सडकमा लडिरहेको अवस्थामा फेला परेकी हुन् । थिईन । घाइते बालिकालाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको छ ।…
धादिङ । नीलकण्ठ नगरपालिका–८, ससाहमा सवारीले ठक्कर दिदा एक बालिका गम्भीर घाइते भएकी छन्। देउराली माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिपक बिकको छोरी ७ वर्षीया दिपिका बि.क. ससाहमा बाटो काट्ने क्रममा अज्ञात सवारीले ठक्कर दिँदा गम्भीर घाइते भएकी हुन्। घाइते विकलाई बाटोमा अलपत्र अवस्थामा स्थानीयले फेलापरेपछि तत्काल धादिङ अस्पताल ल्याइएको एक स्थानीयले बताएको छ । घाइते दिपिकाको धादिङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको छ। उपचारमा परिवारका सदस्य र धादिङ अस्पतालका चिकित्सक समेत सँगै रहेका छन्। दुर्घटना गराउने सवारी र चालकको खोजी भइरहेको केही संका लागेको सवारीहरुको अनुसन्धान भाइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना…
धादिङ:-पोखराको लामेआहालमा ईभी हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरका ईभी हाईस पृथ्वी राजमार्ग अन्तर्गत लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । मृत्यु हुनेमा पोखरामा बस्दै आएकी धादिङकी झाँङमाया गुरुङ रहेको छ । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुुर्घटनामा परि घाइते भएकाहरु मध्ये पाँच जनाको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइ रहेको छ । उपचारपछि तीन जना डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक जाँचमा तीव्र गतिका कारण दुर्घटना भएको…
काठमाडौं– पोखरा महानगरपालिका– २२ पुम्दिकोटमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । पुम्दिस्थित विश्वशान्ति स्तूपको पार्किङस्थल नजिकै सडकमा ग१ख ३८८६ नम्बरको बस पल्टिदा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घाइते हुनेहरुमा पनि ६५ वर्षीया रेखा साहु र ६१ वर्षीय मेलाराम साहु गम्भीर घाइते भएका छन् । बसमा सवार सबैजना भारतीय पर्यटक हुन् । पुम्दीकोटस्थित महादेवको मूर्ती दर्शन गरी फर्कने क्रममा रिजर्भ बस पल्टिएको प्रहरीले जनाएको छ । भारतको छत्तिसगढबाट मंगलबार राति उनीहरुसँगै ४९ जना पोखरा आएका थिए । बुधबार बिहान उनीहरु दुई वटा बस रिजर्भ गरि घुम्न निस्केका थिए । दुर्घटनाबारे…
धादिङ- उत्तरी धादिङको सिङ्ल्हामा प्रथम सिङ्ल्हा पर्यटन महोत्सव-२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजको आयोजनामा वैशाख २७ गतेदेखि २९ सम्म तीन दिने महोत्सव सम्पन्न भएको हो ।समाजले बुद्ध जयन्तीको अवसर पारेर सिङ्ल्हामा विशेष धार्मिक एवम् सांस्कृतिक महोत्सवको आयोजना गरेको हो । प्राकृतिक सुन्दरताको खानी, सांस्कृतिक रूपमा सम्पन्न र ऐतिहासिक महत्त्व बोकेको पवित्र धार्मिक तपाेभूमि सिङ्ल्हा माने धादिङको खनियाँवास गाउँपालिका र रुबी भ्याली गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । समुन्द्री सतहबाट चार हजार दुई सय मिटरको उचाइमा अवस्थित सिङ्ल्हा क्षेत्र धादिङ, नुवाकोट र रसुवाको सङ्गम स्थल पनि हो । सिङ्ल्हामा प्रत्येक वर्ष जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने गरेको छ । परापूर्वकालदेखि…
२५ बैशाख । धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानीका वृद्धमाथि घरमै खुकुरी प्रहार भएको छ । निगालपानीका ८८ वर्षीय वृद्ध जगनाथ लम्सालमाथी आफ्नै दाईको छोरा (भतिजा) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट घाइते वृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएको छ । घाईते वृद्धको अनुहार र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी सुवास हमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक हमालका अनुसार वृद्धमाथी खुकुरी प्रहार गर्ने व्यक्ति घाइते वृद्धको आफ्नै दाईको छोरा हुन् । यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका थिए…
काठमाडौ । रसुवागढी नाकाबाट काठमाडौँ जाँदै गरेको बा१य १४७५ नम्बर काे स्कार्पियाे गाडी रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ गुम्चेत मा मंगलवार दिउँसो अन्दाजी करिब ४:१५ बजे मैलुङ- हाकु- स्याफ्रुवेसि सडक खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सडक माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा गाडीको सन्तुलन नभएपछि उक्त गाडी सडक वाट ४० मिटर तल त्रिशूली नदीमा खसेको र गाडीमा सवार ३ जना घाइते भएका छन् । दुर्घटनामा गाडी चालक गंगा बहादुर गुवाजु र अन्य सवार दुई जना भुटानी नागरिक हिस्नि सेन्डिने र छिरिङ डिक्कि घाइते भएका छन ।घाइतेहरूलाई तत्कालै उद्धार गरी २ सय १६ आयोजनामा प्राथमिक उपचार…