Skip to main content

Sacho Khabar

खुकुरी प्रहार गरि घाईते हुन पुगेका ८८ वर्षीय बृद्ध जगनाथ लम्सालको उपचारका क्रममा मृत्यु ।

धादिङ, धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानी मा आफ्नै भतिजले खुकुरी प्रहार गरि घाईते हुन पुगेका ८८ वर्षीय बृद्ध जगनाथ लम्सालको उपचारका क्रममा मृत्यु भएको छ यहि बैशाख २५ गते निगालपानीस्थित चिप्लिेटीका ८८ वर्षीय बृद्ध लम्सालमाथी आफ्नै दाईको छोरा (भतिज) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेर घाईते वनाएका थिए ।

खुकुरी प्रहारबाट घाइते बृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि सोही दिन हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । घाईते बृद्धको उपचारकै क्रममा बिहीबार निधन भएको हो ।

खुकुरी प्रहार गर्ने व्यक्ति घाइते बृद्धको आफ्नै दाईको छोरा हुन् । यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका थिए । खुकुरी प्रहार गर्ने बाबुकाजीको श्रीमतीको बृद्धले नै काजक्रिया गरेका थिए ।

हत्या गरेको श्रीमतीको काजक्रिया गरेको भन्दै रिसाएका बाबुकाजीले हिडडुल समेत गर्न समेत नसक्ने वृद्धमाथी बसिरहेकै ठाउँमा गएर एक्कासी अनुहारमा धारिलो हतियार प्रयोग गरेका थिए । बृद्धको अनुहार र टाउको गम्भीर चोट लागेको थियो ।
बाबुकाजीलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान हिरासतमा राखी अनुसन्धान शुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...