Skip to main content

Sacho Khabar

लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको अध्यक्षमा विक्रम विश्वकर्मा चयन -SachoKhabar.com

धादिङ :धादिङ जिल्ला सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५-२६ को लागि निर्वाचन कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको अध्यक्षमा विक्रम विश्वकर्मा चयन गर्दै
नयाँ कार्य समिति गठन गर्दै सम्पन्न भएको छ ।

क्लबको संस्थापक अध्यक्ष कविता ईटनीको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासङ्घ धादिङ शाखाको अध्यक्ष सिताराम अधिकारीको विशिष्ट आतिथ्यतामा भएको निर्वाचन कार्यक्रमले अध्यक्षमा विक्रम विश्वकर्मा, प्रथम उपाध्यक्षमा राजाराम रिजाल, द्वितीय उपाध्यक्षमा डा.दिनेश रेग्मी, सचिवमा तारा रिजाल, सह सचिवमा मन्दिरा आचार्य, कोषाध्यक्षमा सुदर्शन गोम्जा र १५ जना सदस्य सहित २२ जनाको कार्यसमिति चयन गरेको अध्यक्ष बिक्रम बिस्वकर्माले जानाकारी दिनुभएको छ ।

कार्यक्रममा क्लबका सचिव तारा रिजालले क्लबले लायन वर्ष २०२५४-२५ मा सम्पादन गरेको सामाजिक सेवाका कार्यहरूको विवरण प्रस्तुत गरेकी थिईन । जसमा क्लब सञ्चालन गरेको विषेशज्ञ स्वास्थ्य शिविर (५०० जनालाई स्वास्थ्य सेवा प्रदान) वृहत रक्तदान कार्यक्रम (१५२ पिन्ट रगत सङ्कलन), नक्षेत्र बाटिका वृक्षारोपण कार्यक्रम (राशी र नक्षेत्र अनुसारका २७ प्रकारका बिरुवा) , चेपाङ समुदायका बालबालिकाहरुलाई न्यानो कपडा वितरण (५५ थान) लगायत दर्जनौ कार्यक्रमको बारेमा समीक्षा गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि कविता ईटनी उप्रेती, विशिष्ट अतिथि सिताराम अधिकारी र अतिथि लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेल शुभकामना मन्तव्य राखेका थिए भने क्लबका अध्यक्ष कृष्ण प्रसाद ढकाल (शिशिर) ले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्दै क्लबले गरेका कार्यहरूको बारेमा चर्चा गरेका थिए।

धादिङ अस्पतालका कर्मचारी समेत रहेका नवनियुक्त अध्यक्ष विक्रम विश्वकर्मा सामाजिक पृष्ठभूमी:
१) वि.स.२०६०-०६१ सम्म २ कार्यकाल जूनियर युवा रेडक्रस सोसाईटी कर्नेश्वर मा.वि.को अध्यक्ष
२) कर्नेश्वर मा.वि.मा जूनियर युवा रेडक्रस सर्कलको अध्यक्ष हुँदा जिल्ला स्तरीय जूनियर युवा सर्कल सम्मेलनको आयोजना र काभ्रेको बनेपामा सम्पन्नम राष्ट्रिय जूनियर/युवा रेडक्रस सर्कलको कार्यक्रममा धादिङ जिल्लाबाट पुरूष विद्यार्थीको प्रतिनिधित्व
३) वि.स.२०६६-६७ सम्म अमृत साइन्स क्याम्पसमा २ कार्यकाल युवा रेडक्रस सर्कलको अध्यक्ष
४) नेपाल रेडक्रस सोसाईटी धादिङको आजीवन सदस्य
५) लायन्स क्लब अफ धादिङ काठमाण्डौं क्लबको द्वितीय उपाध्यक्ष ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...