Skip to main content

Sacho Khabar

धादिङ अस्पतालमा आजबाट इन्डोस्कोपी सेवा सुरु

धादिङ- जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालमा जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा सुरु गरिएको छ । विशेषज्ञसहितको सेवा विस्तार गर्ने क्रममा इन्डोस्कोपी सेवा सुरु गरिएको हो ।
काठमाडौं मेडिकल कलेज तथा टिचिङ हस्पिटलका विशेषज्ञ चिकित्सक रोमी दाहालद्धारा सेवा सुरु गरिएको छ । शरीरको भित्री अंगहरू (जस्तै पेट, आन्द्रा, घाँटी, आदि) को जाँच गर्न प्रयोग गरिने एक चिकित्सकीय प्रक्रिया इन्डोस्कोपी सेवा अति आवश्यक रहेकोले सेवा सुरु गरिएको धादिङ अस्पतालका अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले बताए ।
‘एन्डोस्कोपी गर्न एन्डोस्कोप नामक विशेष उपकरण प्रयोग गरिन्छ । एन्डोस्कोप एउटा लामो, पातलो, लचिलो नली हो । जसको अगाडि क्यामेरा र बत्ती जडान गरिएको हुन्छ । धादिङ अस्पतालमा यो सेवा पहिलो पटक आजबाट सुरु गरिएको हो’ उनले भने ।

पेट दुखाइको कारण पत्ता लगाउन, अल्सर, ट्युमर, सुजन, रक्तस्राव जाँच गर्न, जीवाणु÷नमूना (दष्यउकथ) संकलन गर्न, सानो शल्यक्रिया गर्न (जस्तैः पोलीप हटाउने) एन्डोस्कोपी गरिने उनले बताए । बागमती प्रदेश सरकार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले उपकरण सहयोग गरेको हो । यस सेवाले स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग र परिवर्तन ल्याउने उनको भनाई छ ।

अस्पतालले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन इन्डोस्कोपी सेवा विस्तार गरिएको धादिङ अस्पतालका अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले बताइन् । ‘धादिङ अस्पतालमा थुप्रै खालका विशेषज्ञसहितका सेवाहरु विस्तार भएका छन् । स्थानीय तथा सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनगर गरि इन्डोस्कोपी सेवा सुरु गरिएको हो’ उनले भनिन्– ‘विस्तार गरिएको सेवालाई निरन्तरता र थप सेवा विस्तारमा पहल गरिरहेका छौं । जटिल खालका समस्याहरु पनि यहि उपचार भइ रहेका छन् । सकेसम्म सेवा विस्तार र गुणस्तरिय सेवा प्रवाहमा अस्पतालले जोड दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...