Sacho Khabar

Day: २०८२ जेष्ठ ७, मंगलवार

धादिङ अस्पतालमा  आजबाट इन्डोस्कोपी सेवा सुरु

धादिङ अस्पतालमा आजबाट इन्डोस्कोपी सेवा सुरु

धादिङ- जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालमा जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा सुरु गरिएको छ । विशेषज्ञसहितको सेवा विस्तार गर्ने क्रममा इन्डोस्कोपी सेवा सुरु गरिएको हो । काठमाडौं मेडिकल कलेज तथा टिचिङ हस्पिटलका विशेषज्ञ चिकित्सक रोमी दाहालद्धारा सेवा सुरु गरिएको छ । शरीरको भित्री अंगहरू (जस्तै पेट, आन्द्रा, घाँटी, आदि) को जाँच गर्न प्रयोग गरिने एक चिकित्सकीय प्रक्रिया इन्डोस्कोपी सेवा अति आवश्यक रहेकोले सेवा सुरु गरिएको धादिङ अस्पतालका अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले बताए । ‘एन्डोस्कोपी गर्न एन्डोस्कोप नामक विशेष उपकरण प्रयोग गरिन्छ । एन्डोस्कोप एउटा लामो, पातलो, लचिलो नली हो । जसको अगाडि क्यामेरा र बत्ती जडान गरिएको हुन्छ…
Read More
२२ स्वर्ण सहित नीलकण्ठ नगरपालिकाले जित्यो  १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड

२२ स्वर्ण सहित नीलकण्ठ नगरपालिकाले जित्यो १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड

धादिङको नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जितेको छ।   जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको समन्वयमा सदरमुकाम धादिङबेशीमा सम्पन्न १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले २२ स्वर्ण, ६ रजत र १० कांस्य पदकसहित कुल ३८ पदक जित्दै उपाधि जितेको हो ।   नीलकण्ठको यो लगातार तेस्रो जित हो । यसअघि २०७९ को १२ औं राष्ट्रपति रनिङ शिल्ड र १३ औं राष्ट्रपति रनिङ शिल्ड २०८० पनि नीलकण्ठ नगरपालिकाले जितेको थियो । ३ गते शनिबारदेखी सुरु भई ५ गते सोमबार सम्पन्न भएको यस प्रतियोगितामा थाक्रे गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ। थाक्रेले…
Read More