Skip to main content

Sacho Khabar

ताजा खबर

३१औँ तामाङ प्रसारण दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

३१औँ तामाङ प्रसारण दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ १ भदौ ।३१औँ तामाङ प्रसारण दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ रहनुभएको थियो । उहाँले तामाङ पत्रकारिताले समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै अझ सशक्त र प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । तामाङ पत्रकार सङ्घ जिल्ला कार्यसमिति धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा सङ्घका जिल्ला अध्यक्ष नीर तामाङको अध्यक्षता रहेको थियो । अध्यक्ष तामाङले समुदायको आवाजलाई मुख्यधारको सञ्चारमा पुर्‍याउने उद्देश्यले प्रसारण दिवसलाई निरन्तरता दिइएको बताउँदै आगामी दिनमा पनि पत्रकारहरूलाई सङ्गठित र सक्षम बनाउन सङ्घ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा पत्रकार, सञ्चारकर्मी,…
Read More
नेवा: पुच: कतारको १४औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

नेवा: पुच: कतारको १४औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

दोहा, कतार – साउन १२, / जुलाई २८, राज श्रेष्ठ, नेवारी संस्कृति, भाषा, भेषभूषा र पहिचानको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको नेवा: पुच: कतारले आफ्नो १४औं स्थापना दिवस तथा शुभकामना आदान–प्रदान कार्यक्रम सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न गरेको छ। “आफ्नोपन, आफ्नो पहिचानको लागि नेवारी एकता, भाषा, भेषभूषा तथा संस्कृतिको संरक्षण आजको आवश्यकता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम नेपाल संवत ११४५ गुंलाथ्व पारुका दिन दोहा स्थित ग्रेन्ड मलको वेयलफेयर रेस्टुरेन्टमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष श्री राकेश श्रेष्ठ, प्रमुख सल्लाहकार श्री डि.एन. मगर, समाजसेवी तथा सफल व्यवसायी डा. देवकाजी डंगोल, पत्रकार महासंघ…
Read More
धादिङका कवि नन्दप्रसाद अधिकारीको काव्यसंग्रह “नन्दानुभूति” विमोचित

धादिङका कवि नन्दप्रसाद अधिकारीको काव्यसंग्रह “नन्दानुभूति” विमोचित

धादिङ, ९ साउन । धादिङमा ८३ वर्षीय वरिष्ठ कवि नन्दप्रसाद अधिकारीद्वारा रचित “नन्दानुभूति” कविता संग्रहको बिमोचन गरिएको छ। धादिङका साहित्यप्रेमी तथा स्रष्टाहरूको उपस्थितिमा उहाकै निजि निवास नीलकण्ठ नगरपालिका -७ तल्लो बेसीमा आयोजित कार्यक्रममा यस कृति सार्वजनिक गरियो। कार्यक्रममा विभिन्न स्थानीय साहित्यिक व्यक्तित्वहरूले अधिकारीको कवितामा व्यक्त भावना, अनुभूति र समाजप्रति गरिएको प्रहारको सराहना गरेका थिए। “नन्दानुभूति” मा जीवनका गहिरा अनुभूति, सामाजिक सन्देश, गाउॅले परिवेस र राष्ट्रप्रेम झल्कने कविता समावेश गरिएको छ। कवि अधिकारीले लामो समयदेखि साहित्य साधनामा सक्रिय रही थुप्रै सृजनाहरूमार्फत पाठकको मन जित्दै आएका छन्। बिषेश गरेर उहॅाके सिलोक भाका चर्चामा छ । विमोचन कार्यक्रममा उनले  केहि सृजनाहरु वाचन गर्दै…
Read More
अध्यक्ष रामसिंह तामाङ इजरायल भ्रमण सकेर स्वदेश फिर्ता

अध्यक्ष रामसिंह तामाङ इजरायल भ्रमण सकेर स्वदेश फिर्ता

धादिङ, रुवी भ्याली । रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ हालै इजरायलको भ्रमण सकेर स्वदेश फर्किएका छन् । स्थानीय सरकारको तर्फबाट ‘मुनिएक्सपो २०२५’ मा सहभागिता जनाउन पुगेका अध्यक्ष तामाङले इजरायलको विदेश मन्त्रालयमा उच्चस्तरीय भेटवार्ता पनि गरेका थिए । उनको भ्रमणका क्रममा कृषि प्रविधि, जल व्यवस्थापन, पूर्वाधार विकास र स्थानीय शासन सुदृढीकरण जस्ता विषयहरूमा इजरायली पक्षसँग गहन छलफल भएको जनाइएको छ । अध्यक्ष तामाङले भ्रमणले रुवी भ्याली गाउँपालिकाको समुन्नत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । भ्रमणबाट फर्किएपछि अध्यक्ष तामाङले संक्षिप्त प्रतिक्रिया दिंदै भने, “इजरायलको प्रविधि र व्यवस्थापन शैलीबाट धेरै कुरा सिक्ने अवसर मिल्यो । अब ती ज्ञान र अनुभवलाई…
Read More
लायन्स क्लव अफ काठमाण्डौं सुर्यमुखीको  नि:शुल्क  स्वास्थ्य शिविर  सम्पन्न ।

लायन्स क्लव अफ काठमाण्डौं सुर्यमुखीको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न ।

धादिङ– गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यामिक विद्यालयमा भएको निशुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय १ जनाले सेवा लिएका छन् । विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय १९ जना महिला र ८२ जना पुरुषले सेवा लिएका हुन् । ती मध्ये ८७ जनाले भिडियो एक्स रे सेवा, ६३ जनाले स्त्री तथा प्रसुति सेवा, ५८ जनाले हाडजोर्नी तथा जेनरल सेवा,५१ जनाले जर्नरल सर्जरी, २३ जनाले बालरोग, ४० जनाले डेन्टल र ६ जनाले ईसिजी सेवा लिएको कार्यक्रम संयोजक डाक्टर दिनेश रेग्मीले जानकारी दिए । शिविरमा दम, सुगर,…
Read More
धादिङ अस्पतालमा वृहत रक्तदान कार्यक्रममा  सम्पन्न ११९ जनाले  गरे रक्तदान

धादिङ अस्पतालमा वृहत रक्तदान कार्यक्रममा सम्पन्न ११९ जनाले गरे रक्तदान

धादिङ : लाइन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीको आयोजनामा धादिङ अस्पताल परिसरमा वृहत रक्तदान कार्यक्रम  सम्पन्न भएको छ । आज बिहान देखी बेलुका सम्म भएको रक्तदान कार्यक्रममा ३४ जना महिला र ८५ जना पुरुष गरी कूल ११९ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष विक्रम विश्वकर्माले बताएका छन्। कार्यक्रममा प्रमुख अतिथि निलकण्ठ नगरपालिकाका उप प्रमुख दीपक विश्वकर्मा र अतिथिहरु धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटा, नेपाल रेडक्रस सोसाईटी धादिङका अध्यक्ष दुर्लभ कुमार तामाङ, नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष सिताराम अधिकारी, र धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा.गगन अधिकारीले स्वयंसेवी रक्तदाटाहरुलाई ब्लड ब्याग दिएर संयुक्त रुपमा रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए।…
Read More
निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न  ।

निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न ।

धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङले निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइको  तालिम हलमा भएको तालिममा नवप्रवेसी १९ जना शिक्षकहरु सहभागि रहेका छन् । तालिममा सहभागि शिक्षकहरुलाई जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष नवराज अधिकारीले प्रमाणपत्र वितरण गर्दै शिक्षकले विज्ञानलाई मानेर इज्जत र अनुसासनमा बस्नुपर्ने बताउनुुभयो । जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले नयाँ प्रविधि, ज्ञान, र सीपलाई प्रयोग गरेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर चिनाउने हिम्मत राख्नुपर्ने बताउभयो । प्रमुख अतिथि अधिकारीले शिक्षकले राम्रो विद्यार्थी उत्पादन गरेमात्र भविश्यको राम्रो मान्छे बन्ने…
Read More
रुवीभ्याली अस्पतालमा अब चिकित्सकसहित २४ सै घण्टा स्वास्थ्य सेवा सुचारु

रुवीभ्याली अस्पतालमा अब चिकित्सकसहित २४ सै घण्टा स्वास्थ्य सेवा सुचारु

सेर्तुङ, धादिङ । धादिङको रुवीभ्याली गाउँपालिकामा २४ सै घण्टा चिकित्सकसहित  सेवा सुरू गरिएको छ । गाउँपालिकाले रुवीभ्याली आधारभूत स्वास्थ्य अस्पतालबाट २४ सै घण्टा सेवा प्रदान गर्न सुरू गरेको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले जानकारी दिए। नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए । 'अहिले हामीकहाँ ल्याब, इसिजी, भिडिओ एक्सरे, एक्सरे लगायत अन्य व्यवस्था पनि आधारभूत स्वास्थ्य अस्पतालमा छ', उनले भने, 'अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई धादिङवेशी वा काठमाडौं सिफारिस गर्ने गरिएको छ ।' गाउँमै स्वास्थ्य सेवा सुरू भएसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको डा.नितिस यादवले जानकारी दिए । गाउँपालिकाले आफ्नो…
Read More
आजबाट कम्यूनिष्ट पार्टी नेपालद्वारा भ्रष्टाचार विरोधी अभियानको सुरुवात

आजबाट कम्यूनिष्ट पार्टी नेपालद्वारा भ्रष्टाचार विरोधी अभियानको सुरुवात

धादिङ : बैद्यले नेतृत्व तरेकाे क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल धादिङले बिहिबारबाट नेपालभर भ्रष्चार विरोधी अभियानको एक साथ सुरु गरेको छ । यसैबिच धादिङबेसी पत्रकार सम्मेलन गरि अभियानको सुरु गरिएको हो ।अभियानको उद्घाटन गर्दै क्रन्तिकारी कम्यूनिष्ट पार्टी नेपाल ८ नम्बर व्यूरो इन्चार्ज भीम चापागाइँले भ्रष्टाचार गर्नेलाई पार्टीले अनुसन्धान गर्ने, जनताको सामुमा जानकारीह ीगर्ने, सरकारले दमन गरे प्रतिरोध संघर्ष गर्ने र अन्त्यमा जनविद्रोह मार्फत समाजवादी क्रान्ती गरेर समाजवाद ल्याउने योजना सहित पार्टी लागेको बताउनुभएको छ । क्रन्तिकारी कम्यूनिष्ट पार्टी धादिङका इन्चार्ज अमृत बहादुर अधिकारीले भ्रष्टाचार विरोधी अभियानले भ्रष्ट आचरण त्याग्न सघाउने, भ्रष्टाचारको न्यूनिकरण हुने, र जनता सूसूचित भइ संघीय जनगणतन्त्रको खुड्किलो उक्लेर…
Read More
नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न ।

नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न ।

धादिङ :धादिङको नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ गरेको छ । युवाको सीप विकास, तालिम र रोजगारीका अवसर प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । नीलकण्ठ वालमन्दिर माध्यामिक विद्यालयमा शनिवार भएको रोजगार मेलाको उद्घाटन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकालाई उद्यमशिलताको हव बनाउने बताएका छन् । ‘नीलकण्ठ नगरपालिकाले उत्पादन गरेको वस्तु नगरपालिकाले नै खरिद गर्छ । विदेश होइन देशमै रोजगारी सिर्जना गर्छाै’ उनले भने– ‘हामी युवालाई विदेशी भूमिमा पसिना बगाउने भन्दा आफ्नै भूमिमा सम्भावना सिर्जना गर्न चाहन्छौं । यो मेला स्वदेशमै सम्भावना खोज्ने कोसिस हो…
Read More