धादिङ : नेकपा एमाले धादिङ जिल्ला कमिटीले असार ७ गते प्रतिनिधि परिषद बैठक आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने तय भएको छ। बैठकमा जिल्लास्तरीय अधिवेशनमा सहभागि प्रतिनिधिहरु, जिल्ला कमिटीका सदस्यहरू तथा विभिन्न पालिकाबाट प्रतिनिधित्व गर्ने गरी जम्मा ५७८ जना सहभागी हुने जिल्ला सचिव राधिका सापकोटाले जानकारी दिनुभयाे । बैठकमा पार्टीको हालसम्मको कामकाजको समीक्षा, आगामी कार्ययोजना निर्माण, विधान संशोधनसम्बन्धी सुझाव संकलन लगायतका विषयमा समुहगत छलफल हुने बताइएको छ। कार्यक्रममा प्रत्येक पालिका अनुसार समूहगत छलफल गरी प्रस्तुती दिने व्यवस्था मिलाइएको छ।
धादिङ : बागमती प्रदेशमै पहिलोपटक धादिङ जिल्लाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण प्राप्त गरेको छ। बुधबार धादिङबेसीमा आयोजित एक विशेष समारोहका बीच स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले धादिङलाई प्रमाणपत्र प्रदान गर्दै औपचारिक घोषणा गरेको हो। कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापाले धादिङ जिल्लाले पूर्ण खोप सुनिश्चितता अभियानमा देखाएको सक्रियता, समर्पण र नेतृत्वको प्रशंसा गर्नुभयो। उहाँले भने, “प्रदेशका अन्य जिल्लाहरूका लागि धादिङले प्रेरणादायक उदाहरण पेश गरेको छ। तीनै तहको सरकारबीच सहकार्य विना यस्ता दिगो उपलब्धिहरू सम्भव हुँदैनन्।” मन्त्री थापाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई आवश्यकता र समानताको आधारमा बजेट विनियोजन गर्दै आएको स्पष्ट पार्नुभयो। उहाँले स्थानीय स्रोतको उपयोग, स्वामित्व र…
धादिङ :धादिङको सदरमुकाम धादिङबेसीमा मंगलबार स्थानिय तहको नीति योजना र बजेटका विषयमा नागरिक बहस कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा स्थानीय सरकारको नीति निर्माण, बजेट निर्माण प्रक्रिया तथा त्यसमा नागरिक सहभागिता र पारदर्शिताको विषयमा विस्तृत छलफल गरिएको थियो । स्थानीय तहमा नागरिकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै नीति, योजना र बजेट जनउत्तरदायी ढंगले बनाउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, शिक्षाविद्, विद्यार्थी, महिला तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागिहरूले नीति निर्माणको प्रक्रियामा जनताको सुझावलाई प्राथमिकता दिनुपर्ने र बजेट निर्माणमा स्थानीय आवश्यकतालाई समावेश गर्नुपर्ने धारणा राखेका थिए । विभिन्न सरोकारवाला…
धादिङ :धादिङको नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ गरेको छ । युवाको सीप विकास, तालिम र रोजगारीका अवसर प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । नीलकण्ठ वालमन्दिर माध्यामिक विद्यालयमा शनिवार भएको रोजगार मेलाको उद्घाटन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकालाई उद्यमशिलताको हव बनाउने बताएका छन् । ‘नीलकण्ठ नगरपालिकाले उत्पादन गरेको वस्तु नगरपालिकाले नै खरिद गर्छ । विदेश होइन देशमै रोजगारी सिर्जना गर्छाै’ उनले भने– ‘हामी युवालाई विदेशी भूमिमा पसिना बगाउने भन्दा आफ्नै भूमिमा सम्भावना सिर्जना गर्न चाहन्छौं । यो मेला स्वदेशमै सम्भावना खोज्ने कोसिस हो…
धादिङ : धादिङबेसीमा रहेको न्यु किबो बोर्डिङले शुक्रबार लाई बुक फ्राइडे रुपमा विभिन्न क्रियाकलाप गरेर मनाएको छ । विधालयका अतिरिक्त क्रीयाकलाप संयोजक अनुप भट्टका अनुसार कक्षा १ र २ का विधार्थी भाइबहिनिहरुले घरबाट आफै कागती लेराएर कागतिको जुस बनाएर एकअर्कामा बाडेर खाएका थिए त्यसैगरी कक्षा ३ देखि ९ का विधार्थीहरु Memory Test कार्यक्रममा समावेश भै २९ प्रकारका सामाग्रीहरु जम्मा ५ मिनेटमा सम्झैदै लेख्ने कोशिश गरेका थिए! विधालयका प्रधानाध्यापक प्रयास रेग्मिले विधालयले विशेषगरी शुक्रबार विभिन्न अतिरिक्त क्रीयाकलाप संचालन गरि बालबालिकाको सर्वाङिण विकासमा जोड दिदै आएको कुरा बताउनुभयो । हरेक हप्ता अतिरिक्त क्रियाकलाप गाराउदै आएको न्यू किबोले गत हप्ताको शुक्रवार दुबोको…
धादिङ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडक खण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ। यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो। नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो। बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतसम्म राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए। नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू…
धादिङ, धादिङमा आज पानी परेपछि महिनौ दिनसम्मको उखरमाउलो गर्मीबाट यहाँका बासिन्दालाई राहत मिलेको छ । आज दिउसो वर्षा भएपछि मौसम चिसो भई गर्मीबाट राहत मिलेको हो । यस अघिसम्म यहाँ अत्यधिक गर्मी थियो । जिल्लाको दक्षिण क्षेत्रलगायत केही भूभागमा हिजो अस्ति हल्का पानी परे पनि धादिङबेसी र आसपासको विभिन्न क्षेत्रमा पानी परेको थिएन । मनसुनी वर्षा भएपछि गर्मीबाट छुट्कारा पाएको धादिङबेसीका स्थानीय रमेश श्रेष्ठले बताउनुभयो । नेपालमा मनसुन यसवर्ष चाँडै प्रवेश भए पनि यस प्रदेशसम्म पुग्न ढिलो भएको थियो । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति वागमती…
धादिङ : बेनिघाटरोराङ गाउँपालिकाले आफ्नो अभियानलाई प्रभावकारी बनाउन परम्परागत भाषणमुखी शैलीलाई परिवर्तन गर्दै संगीत र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत शिक्षा सम्बन्धी सन्देश प्रवाह गरिने नीति अपनाएर धादिङको बेनीघाट रोराङ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रभावकारी बनाउँन अध्यक्षसंग अभिभावक अभियान संचालन गर्दै अभिभावकलाई जगाउन थालेको छ । विद्यालयका अभिभावकहरुसंग टोलमै र विद्यालय परसरमै पुगेर शिक्षाका सवालमा छलफल गर्ने र अभिभावकहरुलाई विद्यालयमा ध्यान दिन, विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउन, बालविवाह लगायतका कुरितिका विरुद्ध लाग्न प्रेरित गर्दै अध्यक्षसंग अभिाभावक कार्यक्रम संचालन गरिएको हो । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १ मा रहेको बाँसखर्क माविमा यसै सन्दर्भमा एक कार्यक्रमको आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर थापलिया विवेक, गाउँपालिका…
मोटरसाइकलमा खोलाको किनारमा आइपुग्छ। उता दुई बहिनीहरु खोलाको भी्त्तामा उभिएर रुँदै चिच्याइरहेका हुन्छन्। खोलामध्ये डुंगामा चढेका केही मानिस उद्दारका लागि दौडिदै आइरहेका हुन्छन्। उनीहरु झ्याप्पै अर्को भेट हुन्छ मेरो बहिनीलाई के भयो?’ भनेर हल्ला मच्चाउँछन्। रेडक्रसको टोली फटाफट स्ट्रेचर बोक्दै घाइतेलाई प्राथमिक उपचार गरेर एम्बुलेन्सतर्फ लगिरहेको हुन्छन्।हेर्दा साँच्चैको दुर्घटनाझैँ लागे पनि यो केवल कृतिम अभ्यास (सिमुलेसन) मात्र थियो । धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशुलीकिनारको गलौंदीमा जलउत्पन्न प्रकाेप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । शसस्त्र प्रहरी बल नेपाल आश्रित धादिङ र नेपाली सेना अन्तर्गत श्री भैरव गण गजुरी ब्यारेकको संयुक्त आयोजनामा भएको सो अभ्यासमा पानी र यसले सिर्जना गर्ने विपदमा गरिने उद्धारकाे अभ्यास गरिएकाे हाे । आज…
धादिङ :धादिङको रुबीभ्याली गाउँपालिकाले आयोजना गरेको दुई दिने शैक्षिक सम्मेलन ५८ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ । शुक्रवार पालिकाको वडा नम्बर ३ स्थित श्री च्याम्रादेवी माविको प्राङ्गणमा सुरु भएको सम्मेलन आज २४ गते शनिवार सम्पन्न भएको हो । ‘सक्षम शिक्षक, स्तरीय शिक्षा, परिष्कृत सरकार,सार्वजनिक शिक्षा, सबलीकरण सहितको शैक्षिक पूर्वाधार, रुबीभ्याली गाउँपालिकाको आधार’ भन्ने मूल नारा सहित रुबीभ्यालीको शैक्षिक सुधार वर्ष–२०८२ वृहत् शैक्षिक सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनबाट सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार ल्याउन प्रतिबद्धतासहित घोषणापत्र जारी गरिएको हो । शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, राजनीतिक दल, जनप्रतिनिधिबिच विचार आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको…