Skip to main content

Sacho Khabar

समाज

नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न ।

नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न ।

धादिङ :धादिङको नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ गरेको छ । युवाको सीप विकास, तालिम र रोजगारीका अवसर प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । नीलकण्ठ वालमन्दिर माध्यामिक विद्यालयमा शनिवार भएको रोजगार मेलाको उद्घाटन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकालाई उद्यमशिलताको हव बनाउने बताएका छन् । ‘नीलकण्ठ नगरपालिकाले उत्पादन गरेको वस्तु नगरपालिकाले नै खरिद गर्छ । विदेश होइन देशमै रोजगारी सिर्जना गर्छाै’ उनले भने– ‘हामी युवालाई विदेशी भूमिमा पसिना बगाउने भन्दा आफ्नै भूमिमा सम्भावना सिर्जना गर्न चाहन्छौं । यो मेला स्वदेशमै सम्भावना खोज्ने कोसिस हो…
Read More
जलउत्पन्न प्रकोप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न 

जलउत्पन्न प्रकोप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न 

मोटरसाइकलमा खोलाको किनारमा आइपुग्छ। उता दुई बहिनीहरु खोलाको भी्त्तामा उभिएर रुँदै चिच्याइरहेका हुन्छन्। खोलामध्ये डुंगामा चढेका केही मानिस उद्दारका लागि दौडिदै आइरहेका हुन्छन्। उनीहरु झ्याप्पै अर्को भेट हुन्छ मेरो बहिनीलाई के भयो?’ भनेर हल्ला मच्चाउँछन्। रेडक्रसको टोली फटाफट स्ट्रेचर बोक्दै घाइतेलाई प्राथमिक उपचार गरेर एम्बुलेन्सतर्फ लगिरहेको हुन्छन्।हेर्दा साँच्चैको दुर्घटनाझैँ लागे पनि यो केवल कृतिम अभ्यास (सिमुलेसन) मात्र थियो । धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशुलीकिनारको गलौंदीमा जलउत्पन्न प्रकाेप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । शसस्त्र प्रहरी बल नेपाल आश्रित धादिङ र नेपाली सेना अन्तर्गत श्री भैरव गण गजुरी ब्यारेकको संयुक्त आयोजनामा भएको सो अभ्यासमा पानी र यसले सिर्जना गर्ने विपदमा गरिने उद्धारकाे अभ्यास गरिएकाे हाे । आज…
Read More
मनकामनामा शौचालयमा लडेर ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु

मनकामनामा शौचालयमा लडेर ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु

चितवन :चितवनको  इछाकमाना गाउँपालिका  कुरिनटारमा रहेको  केवलकार स्टेशनको शौचालयभित्र लडेर एक जना पर्यटकको मृत्यु भएको छ।  मृत्यु हुनेमा  गुजरात पालनपुर बस्ने ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु भएको हो। शौचालयमा अचेत अवस्थामा भेटिएका उनलाई उपचारको लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याइएकोमा मृत्यु भएको हो।मृत्यु के भएर भएको हो भन्ने बिषयमा अनुसन्धान भैरहेको  चितवन प्रहरीले जनाएको छ ।
Read More
सुनगाभा एकेडेमीमा निर्वाचन प्रक्रियाबाट ८१ मत सहित  कप्तानमा राजन तामाङ  निर्वाचित

सुनगाभा एकेडेमीमा निर्वाचन प्रक्रियाबाट ८१ मत सहित कप्तानमा राजन तामाङ निर्वाचित

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीमा रहेको सुनगाभा एकेडेमीले निर्वाचन मार्फत विद्यार्थीहरुको नेतृत्व चयन गरेको छ । विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रयोगात्मक अभ्यास मार्फत जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका भाईस प्रिन्सिपल राधिका लामिछानेले बताउनुभयो । विद्यालयको कप्तानमा भएको निर्वाचनमा कक्षा ८ का राजन तामाङ र नवराज सेन्चुरी प्रतिस्पर्धमा थिए । नवराज सेन्चुरीलाई २८ मतले पछि पार्दै राजन तामाङ निर्वाचित हुनुभएको हो । विद्यालयको कप्तानको लागि भएको निर्वाचनमा कूल १ सय ३४ मत खसेकोमा तामाङले ८१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्द्धी सेन्चुरीले ५३ मत प्राप्त गर्नुभयो । यस्तै विद्यालयको उपकप्तानको लागि भएको निर्र्वाचनमा अमित कुँवरलाई २६ मतको अन्तरले पछि पार्दै…
Read More
धादिङको रुबीभ्यालीमा  बाटो   बनाउन  श्रमदान गर्दै महिलाहरु ।

धादिङको रुबीभ्यालीमा बाटो बनाउन श्रमदान गर्दै महिलाहरु ।

अशोक श्रेष्ठ  रुबीभ्याली धादिङ :-धादिङको विकास निर्माणका काममा सामूहिक श्रमदान गर्ने परम्परा अधिकांश गाउँबाट हटिसकेको बेला पनि रुवीभ्यालीका महिलाहरूले यसलाई निरन्तरता दिइरहेका छन्। [ उनीहरूले स्थानीय विकास निर्माणका कामका लागि निरन्तर श्रमदान गरिरहेका छन्। गाउँका सडक, कुलो, नहर, बाटो मर्मत लगायतका विकासका कार्यमा उनीहरूको उल्लेखनीय सहभागिता रहेको छ। यसरी सहभागी हुनेमा अधिकांश महिला नै हुन्छन्। आफ्नै गाउँमा भएका विकास निर्माणका काम आफैंले गर्न पाउँदा निकै खुसी लागेको र कुनै-कुनै कामबाट पैसा पनि पाइने भए पनि, पैसाको लागि नभएर विकास निर्माणको काममा सहयोग गरेको एक सहभागीले बताउनुभयो। "घरमा बस्नुभन्दा आफूले जानेको काम गर्दा आफ्नै गाउँको बाटो बन्छ भने किन नगर्ने?" भन्दै…
Read More
मलेखु बजारको माछा संकटमा: करेन्टले त्रिशूली नदीका माछा सखाप, माझी समुदायको गुजारा जोखिममा ।

मलेखु बजारको माछा संकटमा: करेन्टले त्रिशूली नदीका माछा सखाप, माझी समुदायको गुजारा जोखिममा ।

  धादिङको मलेखु, जुन एक समय “माछाको राजधानी” भनेर चिनिन्थ्यो, अहिले गम्भीर संकटमा छ। त्रिशूली नदीमा विद्युतीय करेन्ट प्रयोग गरेर माछा मार्ने कार्य बढेसँगै यहाँको माछा बजार र माझी समुदाय दुबै संकटमा परेका छन्। धादिङ - धादिङको पृथ्वी राजमार्ग संगै रहेका त्रिशूली नदीमा केही वर्षदेखि करेन्ट लगाएर माछा मार्ने क्रम तिव्र बनेको छ । स्थानीय प्रशासनको  लापरवाही र सरोकारवालाहरूको गैरजिम्मेवारीपनका कारण खोला र नदीमा  करेन्ट लगाएर माछाका प्रजाति नै सखाप पार्ने काम हुने गरेको छ । खुलेआम दिउँसै नदीमा करेन्ट लगाएर माछा मार्ने गरिएपनि प्रहरी र अन्य निकायले केही पनि नगरेको स्थानीयहरूको गुनासो छ । धेरै जसो खोला नदीहरूमा सोलार…
Read More
धादिङको गजुरिमा श्रीमानबाट श्रीमतीको हत्या गर्न ४ लाख लिएका व्यक्तिहरुले श्रीमानकै नै हत्या गरे

धादिङको गजुरिमा श्रीमानबाट श्रीमतीको हत्या गर्न ४ लाख लिएका व्यक्तिहरुले श्रीमानकै नै हत्या गरे

धादिङ :- धादिङको गजुरी गाउँपालिका–२ डुडेठाँटीका ६० वर्षीय चुडामणि कँडेल र उनकी श्रीमती सुस्मिता सिलुवालबीच एक आपसमा बोलचाल समेत नभएको लामो समय भयो । श्रीमान श्रीमतीबीच असमझदारी बढेपछि श्रीमान चुडामणिले श्रीमती सुस्मिताको हत्या गर्ने योजना भए । उनले सोही स्थानमा बस्दै आइरहेका मकवानपुरको राक्सिराङ–९ का ३६ वर्षीय अक्कल बहादुर प्रजालाई श्रीमतीलाई मार्न ४ लाखको सुपारी दिए । अक्कले राक्सिराङकै २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तानको साहारा लिएर सुस्मिताको हत्या खटिए । तर पटक–पटकको प्रयासपछि सुस्मिताको हत्या गर्न असफल भएपछि चुडामणिले छिटो काम गर्न नभए रकम फिर्ता गर्न अक्कललाई दवाब दिइ रहे । अन्ततः दवाब सहज नसकेर सुपारी…
Read More
पिपलमोड सडक १० दिन राति ११ बजेबाट बिहान ३ बजेसम्म बन्द हुने

पिपलमोड सडक १० दिन राति ११ बजेबाट बिहान ३ बजेसम्म बन्द हुने

धादिङ -त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा-पिपलामाेड सडक खण्ड १० दिन बन्द हुने भएको छ । बैशाख २२ गते सोमबारदेखि बैशाख ३१ गते बुधबारसम्म उक्त सडक खण्ड आंशिक रुपमा बन्द गरेर काम गर्न लागिएको हो । सो सडक खण्डको नागस्थान लगायतका स्थानमा असाेज दाेश्राे साता पहिराे झर्दा घण्टाै सडक अवरुद्ध बनेको थियाे । सडक निर्माण सुधार गर्नुपर्ने भएकोले राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहने नागढुंगा–मुग्लिन सडक पूर्वी खण्ड योजनाले जनाएको छ । उक्त अवधिभर वैकल्पिक मार्गहरु प्रयोग गर्न सार्वजनिक सूचना गरेर योजनाले सबैमा जानकारी गराएछ । हाल सो सडकको १.८ किलोमिटरमा सडक सुधार गर्न लागिएको हो ।
Read More
धादिङको रूवी भ्यालीमा सशस्त्र प्रहरी बलको बि. ओ .पी .स्थापना

धादिङको रूवी भ्यालीमा सशस्त्र प्रहरी बलको बि. ओ .पी .स्थापना

धादिङ, तिप्लिङ सशस्त्र प्रहरी बल नेपालकाे (बि ओ पि)बोडर आउट पोष्टको उद्घाटन समारोहमा गृह मन्त्री मा. रमेश लेखक र कृषि तथा पशुपन्छी विकास मन्त्री मा.रामनाथ अधिकारी सहितको उच्चस्तरीय सरकारी टोली रुबी भ्याली पुगेको छ।   रुबी भ्याली गाउँपालिका–१, लब्दुङमा आयोजित कार्यक्रममा पुर्व मन्त्री टेकबहादुर गुरुङ, गृह सचिव गोकर्ण मणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी उपरीक्षक दीपेन्द्र शाही, राष्ट्रिय अनुसन्धान विभाग धादिङका उपनिर्देशक नरेन्द्र गिरि, सशस्त्र प्रहरी नायव उपरिक्षक लक्ष्मी थपलिया लगायत सुरक्षानिकाय प्रमुखहरुको सहभागिता गाउँपालिका अध्यक्ष रामसिंह तामाङले स्वागत मन्तव्य दिंदै बीओपी स्थापना सँगै सीमा इलाका सुरक्षाको मजबूती, स्थानीय बासिन्दाको शान्ति सुरक्षामा…
Read More
नीलकण्ठ नगरपालिकाले स्थापना दिवसमा खेलकुद प्रतियोगिता गर्ने

नीलकण्ठ नगरपालिकाले स्थापना दिवसमा खेलकुद प्रतियोगिता गर्ने

धादिङ- धादिङको नीलकण्ठ नगरपालिकाले आफ्नो विविध कार्यक्रम गरि स्थापना दिवस मनाउने भएको छ । विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरि नगरपालिकाले स्थापना दिवस मनाउन लागेको हो । नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७१ साल वैशाख २५ गतेको निर्णयवाट नीलकण्ठ नगरपालिका गठन भएको र उक्त गठन भएको दिन बैशाख २५ गतेको दिनलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ । यो वर्ष पनि नगरपालिकाले विविध कार्यक्रम गरि मनाउन लागेको हो । नगरपालिकाले गत वर्ष जस्तै यस बर्ष पनि मैत्रिपूर्ण खेलकुद प्रतियोगिताहरु गरी वार्षिक उत्सव मनाउने तयारी गरेको छ।बैशाख २३ गते नीलकण्ठ नगरपालिका र नेपाल पत्रकार महासंघबिच फुटसल खेल, नीलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधि र…
Read More