Sacho Khabar

भारतको राष्ट्रिय कराते च्याम्पियनसिपमा एड्भान्स एकेडेमीका युनिक तामाङको दोहोरो स्वर्ण जित !

भारतको राष्ट्रिय कराते च्याम्पियनसिपमा एड्भान्स एकेडेमीका युनिक तामाङको दोहोरो स्वर्ण जित !

भारतको राष्ट्रिय कराते च्याम्पियनसिपमा एड्भान्स एकेडेमीका युनिक तामाङको दोहोरो स्वर्ण जित !

धादिङ, नेपाल — भारतको पंजाब राज्य, कपुरथलामा सम्पन्न १९औं राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा धादिङको एड्भान्स एकेडेमीका कक्षा ७ का विद्यार्थी युनिक तामाङले दुबै विधामा स्वर्ण पदक जितेर नेपाललाई गौरव दिलाएका छन्। ३० केजी तौल समूह अन्तर्गत काटा र कुमुते दुवै विधामा उनले अव्वल स्थान हासिल गर्दै २ वटा स्वर्ण पदक आफ्नो नाममा लेखाएका हुन्। प्रतियोगिता जुलाई २६ र २७ मा भारतको कपुरथलास्थित धर्मसभामा सम्पन्न भएको थियो। नेपालबाट युनिकसँगै उनका प्रशिक्षक शक्ति तामाङले सहभागीता जनाएका थिए। उक्त च्याम्पियनसिपमा भारतका विभिन्न राज्यहरूका साथै अन्तर्राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहेको थियो, जसले युनिकको जितलाई झन् उल्लेखनीय बनाएको छ। उनको यो सफलतापछि स्थानीय समुदायदेखि…
Read More
रोटरी क्लब अफ धादिङको हरियाली अभियान – देउराली स्कुलमा ५० भन्दा बढी विरुवा रोपियो

रोटरी क्लब अफ धादिङको हरियाली अभियान – देउराली स्कुलमा ५० भन्दा बढी विरुवा रोपियो

धादिङ —  साउन १० वातावरण र प्रकृति संरक्षणका लागि सामाजिक प्रतिबद्धता बोक्दै रोटरी क्लब अफ धादिङ तथा रोट्र्याक्ट क्लब अफ धादिङले नीलकण्ठ नगरपालिका वडा नं. ८ स्थित श्री देउराली माध्यमिक विद्यालय (प्राविधिक संस्था) को प्रांगणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रम अन्तर्गत आमला, एभोकाडो, अशोक, लिची, आँपजस्ता फलदायी विरुवा गरी ५० भन्दा बढी विरुवा रोपिएका छन्। कार्यक्रममा क्लबका वर्तमान अध्यक्ष डा. राम रिजाल, अशोक कुमार बस्नेत, चार्टर अध्यक्ष धु्रव थापा, रोट्र्याक्ट अध्यक्ष श्रीकृष्ण रिजाल, वडा नं. ८ का वडाध्यक्ष प्रकाश कुमार श्रेष्ठ , विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश कोइराला, प्रधानाध्यापक रोहिणी प्रसाद कोइराला, क्लब सदस्य लगायतको सहभागिता रहेको थियो। रोटरी…
Read More
सिरानबजार–पौवा–रिजाल्थोक–भैरबी सडक पिच गर्न  ३ करोड प्रारम्भिक कार्य सुरु

सिरानबजार–पौवा–रिजाल्थोक–भैरबी सडक पिच गर्न ३ करोड प्रारम्भिक कार्य सुरु

धादिङ — ९ साउन भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक वर्ष २०८२/८३ को बजेट अन्तर्गत नीलकण्ठ नगरपालिका–४ मा पर्ने सिरानबजार–पौवा–रिजाल्थोक–भैरबी सडक स्तरोन्नति सहित कालोपत्रे (पिच) गर्ने कार्यको लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। सो कार्यको प्रारम्भका लागि डिभिजन सडक कार्यालय नुवाकोटले फिल्ड सर्वेक्षण कार्य आजदेखि औपचारिक रूपमा सुरु गरेको हो। मन्त्रालयका प्रतिनिधि, प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि तथा समाजसेवी व्यक्तिहरूको उपस्थितिमा प्रारम्भिक फिल्ड सर्वेक्षण सम्पन्न गरिएको छ। डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख सुबोध कुमार देवकोटाका अनुसार, फिल्ड सर्वेक्षणको आधारमा लागत इस्टिमेट तयार गरी छिट्टै ठेक्का (टेन्डर) आह्वान गरिनेछ। उनले जानकारी दिँदै आगामी दशैँअघि नै सडक स्तरोन्नति कार्य प्रारम्भ गर्ने लक्ष्य…
Read More
बागमती प्रदेशका चार जना कांग्रेस मन्त्रीको राजीनामा

बागमती प्रदेशका चार जना कांग्रेस मन्त्रीको राजीनामा

बागमती प्रदेश सरकारका चार जना मन्त्रीले शुक्रबार पदबाट एकैसाथ राजीनामा दिएका छन्। राजीनामा दिनेमा युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्। चारै जना मन्त्री नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्। उनीहरूले राजीनामा दिनुको स्पष्ट कारण भने खुलाइएको छैन। यस घटनाले बागमती प्रदेशको राजनीतिक अवस्था फेरि अस्थिर बन्न सक्ने संकेत देखिएको छ। अहिलेको सत्तागठबन्धनमा यस कदमको के असर पर्छ भन्ने चासो पनि बढेको छ।
Read More
धादिङका कवि नन्दप्रसाद अधिकारीको काव्यसंग्रह “नन्दानुभूति” विमोचित

धादिङका कवि नन्दप्रसाद अधिकारीको काव्यसंग्रह “नन्दानुभूति” विमोचित

धादिङ, ९ साउन । धादिङमा ८३ वर्षीय वरिष्ठ कवि नन्दप्रसाद अधिकारीद्वारा रचित “नन्दानुभूति” कविता संग्रहको बिमोचन गरिएको छ। धादिङका साहित्यप्रेमी तथा स्रष्टाहरूको उपस्थितिमा उहाकै निजि निवास नीलकण्ठ नगरपालिका -७ तल्लो बेसीमा आयोजित कार्यक्रममा यस कृति सार्वजनिक गरियो। कार्यक्रममा विभिन्न स्थानीय साहित्यिक व्यक्तित्वहरूले अधिकारीको कवितामा व्यक्त भावना, अनुभूति र समाजप्रति गरिएको प्रहारको सराहना गरेका थिए। “नन्दानुभूति” मा जीवनका गहिरा अनुभूति, सामाजिक सन्देश, गाउॅले परिवेस र राष्ट्रप्रेम झल्कने कविता समावेश गरिएको छ। कवि अधिकारीले लामो समयदेखि साहित्य साधनामा सक्रिय रही थुप्रै सृजनाहरूमार्फत पाठकको मन जित्दै आएका छन्। बिषेश गरेर उहॅाके सिलोक भाका चर्चामा छ । विमोचन कार्यक्रममा उनले  केहि सृजनाहरु वाचन गर्दै…
Read More
नीलकण्ठ नगरपालिका वडा नं ४ मा सामाजिक सुरक्षा भत्ता टोलटोलमै वितरण

नीलकण्ठ नगरपालिका वडा नं ४ मा सामाजिक सुरक्षा भत्ता टोलटोलमै वितरण

धादिङ, साउन ८ – नीलकण्ठ नगरपालिका–४ मा सामाजिक सुरक्षा भत्ता  टोलटोलमै पुगी वितरण गरिएको छ। जनताको सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले वडा कार्यालयले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो। वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरू लगायत भत्ता पाउने लक्षित वर्गलाई बैंकमा लामो लाइन बस्नु नपर्ने गरी टोलमै वितरण गरिँदा सेवाग्राहीहरू अत्यन्तै खुसी देखिएका छन्। वडा अध्यक्ष हरि बहादुर श्रेष्ठका अनुसार, “नागरिकलाई सेवा खोज्न वडा कार्यालय आउनु पर्ने होइन, सेवा नागरिकसम्म पुर्‍याउने हाम्रो अभियान हो।” उनले अझै सहज , पारदर्शिता र जिम्मेवारीपूर्ण ढंगले वितरण प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। बिहान नौ बजे रिजालथोक बाट…
Read More
धादिङकी तिलमाया काठमाडौँकमा मृत फेला

धादिङकी तिलमाया काठमाडौँकमा मृत फेला

५ साउन, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जानकारी दिनुभयो । तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिनुभयो ।
Read More
अध्यक्ष रामसिंह तामाङ इजरायल भ्रमण सकेर स्वदेश फिर्ता

अध्यक्ष रामसिंह तामाङ इजरायल भ्रमण सकेर स्वदेश फिर्ता

धादिङ, रुवी भ्याली । रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ हालै इजरायलको भ्रमण सकेर स्वदेश फर्किएका छन् । स्थानीय सरकारको तर्फबाट ‘मुनिएक्सपो २०२५’ मा सहभागिता जनाउन पुगेका अध्यक्ष तामाङले इजरायलको विदेश मन्त्रालयमा उच्चस्तरीय भेटवार्ता पनि गरेका थिए । उनको भ्रमणका क्रममा कृषि प्रविधि, जल व्यवस्थापन, पूर्वाधार विकास र स्थानीय शासन सुदृढीकरण जस्ता विषयहरूमा इजरायली पक्षसँग गहन छलफल भएको जनाइएको छ । अध्यक्ष तामाङले भ्रमणले रुवी भ्याली गाउँपालिकाको समुन्नत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । भ्रमणबाट फर्किएपछि अध्यक्ष तामाङले संक्षिप्त प्रतिक्रिया दिंदै भने, “इजरायलको प्रविधि र व्यवस्थापन शैलीबाट धेरै कुरा सिक्ने अवसर मिल्यो । अब ती ज्ञान र अनुभवलाई…
Read More
धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन

धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन

धादिङ : धादिङ जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाबाट धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन भएका छन् । आज भएको भेलाबाट उपाध्यक्षमा जयन्ती रेग्मी र सन्दिपप्रसाद घिमिरे, सचिवमा राजकुमार श्रेष्ठ, सह-सचिवमा यमबहादुर श्रेष्ठ र कोषाध्यक्षमा चित्रबहादुर श्रेष्ठ, सदस्यहरुमा कुमार बहादुर बुढाथोकी, पदमबहादुर तामाङ, हरिशंकर गिदेल,चमेली बगाले काप्री, बुद्धिबहादुर थापा, शंकर प्रसाद थपलिया र कमलादेवी श्रेष्ठ चयन भएका छन् । भेलामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि तामाङले धादिङमा अब योग खेलकुदाको विकास हुनेमा ढुक्क रहेको बताएका थिए । जिल्ला खेलकुद विकास समितिले सहयोग गर्छ तपाईहरुले योग खेलकुदलाई जिल्लामा अन्य विधाका खेलकुदहरुलाई जस्तै…
Read More
सौगात थपलिया र सन्दीप खड्काको व्यक्तिगत खर्चमा जीर्ण सूचना बोर्ड पुनःनिर्माण

सौगात थपलिया र सन्दीप खड्काको व्यक्तिगत खर्चमा जीर्ण सूचना बोर्ड पुनःनिर्माण

धादिङ,  – धादिङको फुर्के खोलानजिक रहेको पृथ्वी राजमार्गको सूचना बोर्ड करिब चार वर्षदेखि जीर्ण अवस्थामा थियो। यात्रुहरूलाई जानकारी प्राप्त गर्न कठिन हुने अवस्थामा रहेको सो सूचना बोर्ड अब नयाँ स्वरूपमा पुनःस्थापना गरिएको छ – त्यो पनि सरकारी सहयोग वा कुनै संघसंस्थाको पहल बिना, दुई व्यक्तिको व्यक्तिगत खर्चमा। बेनिघाटस्थित त्रिशूली रिभर साइड रिसोर्टमा कार्यरत सौगात थपलिया र सन्दीप खड्काले समाजप्रतिको उत्तरदायित्व बुझेका छन्। उनीहरूले आफ्नो खर्चमा सूचना बोर्ड पूर्ण रूपमा परिवर्तन गरी यात्रुहरूका लागि जानकारीमूलक र सजिलो बनाएका छन्। स्थानीय बासिन्दा र यात्रुहरूले उनीहरूको यो पहललाई निकै सकारात्मक रूपमा लिएका छन्। धेरैले सामाजिक सञ्जालमार्फत पनि प्रशंसा व्यक्त गरेका छन्। स्थानीय तह…
Read More