Skip to main content

Sacho Khabar

ताजा खबर

धादिङको ससाहमा सवारीको ठक्कर बाट एक बालीका गम्भिर घाइते ।

धादिङको ससाहमा सवारीको ठक्कर बाट एक बालीका गम्भिर घाइते ।

धादिङ । नीलकण्ठ नगरपालिका–८, ससाहमा सवारीले ठक्कर दिदा एक बालिका गम्भीर घाइते भएकी छन्। देउराली माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिपक बिकको छोरी ७ वर्षीया दिपिका बि.क. ससाहमा बाटो काट्ने क्रममा अज्ञात सवारीले ठक्कर दिँदा गम्भीर घाइते भएकी हुन्। घाइते विकलाई बाटोमा अलपत्र अवस्थामा स्थानीयले फेलापरेपछि तत्काल धादिङ अस्पताल ल्याइएको एक स्थानीयले बताएको छ । घाइते दिपिकाको धादिङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको छ। उपचारमा परिवारका सदस्य र धादिङ अस्पतालका चिकित्सक समेत सँगै रहेका छन्। दुर्घटना गराउने सवारी र चालकको खोजी भइरहेको केही संका लागेको सवारीहरुको अनुसन्धान भाइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना…
Read More
कास्कीमा धादिङको इभी हाइस दुर्घटना, तीनजनाको मृत्यु !

कास्कीमा धादिङको इभी हाइस दुर्घटना, तीनजनाको मृत्यु !

धादिङ:-पोखराको लामेआहालमा ईभी हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरका ईभी हाईस पृथ्वी राजमार्ग अन्तर्गत लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । मृत्यु हुनेमा पोखरामा बस्दै आएकी धादिङकी झाँङमाया गुरुङ रहेको छ । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुुर्घटनामा परि घाइते भएकाहरु मध्ये पाँच जनाको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइ रहेको छ । उपचारपछि तीन जना डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक जाँचमा तीव्र गतिका कारण दुर्घटना भएको…
Read More
प्रथम सिङ्ल्हा पर्यटन मेला भव्यताका साथ सम्पन्न

प्रथम सिङ्ल्हा पर्यटन मेला भव्यताका साथ सम्पन्न

धादिङ-   उत्तरी धादिङको सिङ्ल्हामा प्रथम सिङ्ल्हा पर्यटन महोत्सव-२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजको आयोजनामा वैशाख २७ गतेदेखि २९ सम्म तीन दिने महोत्सव सम्पन्न भएको हो ।समाजले बुद्ध जयन्तीको अवसर पारेर सिङ्ल्हामा विशेष धार्मिक एवम् सांस्कृतिक महोत्सवको आयोजना गरेको हो । प्राकृतिक सुन्दरताको खानी, सांस्कृतिक रूपमा सम्पन्न र ऐतिहासिक महत्त्व बोकेको पवित्र धार्मिक तपाेभूमि सिङ्ल्हा माने धादिङको खनियाँवास गाउँपालिका र रुबी भ्याली गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । समुन्द्री सतहबाट चार हजार दुई सय मिटरको उचाइमा अवस्थित सिङ्ल्हा क्षेत्र धादिङ, नुवाकोट र रसुवाको सङ्गम स्थल पनि हो । सिङ्ल्हामा प्रत्येक वर्ष जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने गरेको छ । परापूर्वकालदेखि…
Read More
धादिङको रुबीभ्यालीमा  बाटो   बनाउन  श्रमदान गर्दै महिलाहरु ।

धादिङको रुबीभ्यालीमा बाटो बनाउन श्रमदान गर्दै महिलाहरु ।

अशोक श्रेष्ठ  रुबीभ्याली धादिङ :-धादिङको विकास निर्माणका काममा सामूहिक श्रमदान गर्ने परम्परा अधिकांश गाउँबाट हटिसकेको बेला पनि रुवीभ्यालीका महिलाहरूले यसलाई निरन्तरता दिइरहेका छन्। [ उनीहरूले स्थानीय विकास निर्माणका कामका लागि निरन्तर श्रमदान गरिरहेका छन्। गाउँका सडक, कुलो, नहर, बाटो मर्मत लगायतका विकासका कार्यमा उनीहरूको उल्लेखनीय सहभागिता रहेको छ। यसरी सहभागी हुनेमा अधिकांश महिला नै हुन्छन्। आफ्नै गाउँमा भएका विकास निर्माणका काम आफैंले गर्न पाउँदा निकै खुसी लागेको र कुनै-कुनै कामबाट पैसा पनि पाइने भए पनि, पैसाको लागि नभएर विकास निर्माणको काममा सहयोग गरेको एक सहभागीले बताउनुभयो। "घरमा बस्नुभन्दा आफूले जानेको काम गर्दा आफ्नै गाउँको बाटो बन्छ भने किन नगर्ने?" भन्दै…
Read More
मलेखु बजारको माछा संकटमा: करेन्टले त्रिशूली नदीका माछा सखाप, माझी समुदायको गुजारा जोखिममा ।

मलेखु बजारको माछा संकटमा: करेन्टले त्रिशूली नदीका माछा सखाप, माझी समुदायको गुजारा जोखिममा ।

  धादिङको मलेखु, जुन एक समय “माछाको राजधानी” भनेर चिनिन्थ्यो, अहिले गम्भीर संकटमा छ। त्रिशूली नदीमा विद्युतीय करेन्ट प्रयोग गरेर माछा मार्ने कार्य बढेसँगै यहाँको माछा बजार र माझी समुदाय दुबै संकटमा परेका छन्। धादिङ - धादिङको पृथ्वी राजमार्ग संगै रहेका त्रिशूली नदीमा केही वर्षदेखि करेन्ट लगाएर माछा मार्ने क्रम तिव्र बनेको छ । स्थानीय प्रशासनको  लापरवाही र सरोकारवालाहरूको गैरजिम्मेवारीपनका कारण खोला र नदीमा  करेन्ट लगाएर माछाका प्रजाति नै सखाप पार्ने काम हुने गरेको छ । खुलेआम दिउँसै नदीमा करेन्ट लगाएर माछा मार्ने गरिएपनि प्रहरी र अन्य निकायले केही पनि नगरेको स्थानीयहरूको गुनासो छ । धेरै जसो खोला नदीहरूमा सोलार…
Read More
धादिङको गजुरिमा श्रीमानबाट श्रीमतीको हत्या गर्न ४ लाख लिएका व्यक्तिहरुले श्रीमानकै नै हत्या गरे

धादिङको गजुरिमा श्रीमानबाट श्रीमतीको हत्या गर्न ४ लाख लिएका व्यक्तिहरुले श्रीमानकै नै हत्या गरे

धादिङ :- धादिङको गजुरी गाउँपालिका–२ डुडेठाँटीका ६० वर्षीय चुडामणि कँडेल र उनकी श्रीमती सुस्मिता सिलुवालबीच एक आपसमा बोलचाल समेत नभएको लामो समय भयो । श्रीमान श्रीमतीबीच असमझदारी बढेपछि श्रीमान चुडामणिले श्रीमती सुस्मिताको हत्या गर्ने योजना भए । उनले सोही स्थानमा बस्दै आइरहेका मकवानपुरको राक्सिराङ–९ का ३६ वर्षीय अक्कल बहादुर प्रजालाई श्रीमतीलाई मार्न ४ लाखको सुपारी दिए । अक्कले राक्सिराङकै २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तानको साहारा लिएर सुस्मिताको हत्या खटिए । तर पटक–पटकको प्रयासपछि सुस्मिताको हत्या गर्न असफल भएपछि चुडामणिले छिटो काम गर्न नभए रकम फिर्ता गर्न अक्कललाई दवाब दिइ रहे । अन्ततः दवाब सहज नसकेर सुपारी…
Read More
रुबीभ्यालीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (BOP) उद्घाटन गर्न आज गृहमन्त्री आउदै

रुबीभ्यालीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (BOP) उद्घाटन गर्न आज गृहमन्त्री आउदै

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–१ तिप्लिङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (BOP) को उद्घाटन आज हुँदैछ। उद्घाटन कार्यक्रममा गृहमन्त्री माननीय रमेश लेखक तथा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रम रहेको छ। सीमावर्ती सुरक्षा मजबुत पार्न र स्थानीय सुरक्षालाई सुदृढ बनाउन स्थापना गरिएको उक्त BOP ले सीमानाका गतिविधि अनुगमनका साथै विपद् व्यवस्थापन र अन्य सुरक्षासम्बन्धी काम गर्नेछ। कार्यक्रममा संघीय सांसद, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको उपस्थिति रहने छ।
Read More
वार्तामा गएका शिक्षक नेता सिंहदरबारको गेटबाटै फर्किए

वार्तामा गएका शिक्षक नेता सिंहदरबारको गेटबाटै फर्किए

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्तामा बोलाएका शिक्षकहरु सिंहदरबार गेटबाटै फर्किएका छन् । वार्ताका लागि गएका नेपाल शिक्षक महासंघका नेताहरू सिंहदरबारको गेटबाटै फर्किएका हुन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिएका छन् । मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको भन्दै उनीहरू बैठक बहिस्कार गरेर गेटबाटै फर्किएको बताइएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ ।’ विद्यालय शिक्षा ऐन…
Read More
झापा सहित तराईका जिल्लाहरूमा आज होली मनाईदै

झापा सहित तराईका जिल्लाहरूमा आज होली मनाईदै

झापा। । झापा, मोरङ लगायत तराईका जिल्लाहरूमा आज होली पर्व धुमधामका साथ मनाईदै छ। रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर आज होली मनाउने गरिएको हो। सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफैँ जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा होली पर्व मनाउने गरिएको मान्यता रहेको छ।  यो पर्व वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा…
Read More
काठमाण्डौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने….

काठमाण्डौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने….

काठमाण्डाै। । आगामी सोमबार र मङ्गलवार काठमाण्डौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित २ दिन काठमाण्डौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताएका छन् ।उनले सीपको अभावमा कतिपय बेरोजगार हुनुपरेको र आन्तरिक रोजगारको सम्भावना र व्यवस्थापन नभएसम्म वैदेशिक रोजगार घटाउन कठिन हुने बताउदै वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै भएको र नेपाली समाजमा देखिएको नकारात्मक सोच र भाष्य चिर्दै अब केही हुन्छ…
Read More