Sacho Khabar

प्रमुख समाचार

धादिङ अस्पतालमा वृहत रक्तदान कार्यक्रममा  सम्पन्न ११९ जनाले  गरे रक्तदान

धादिङ अस्पतालमा वृहत रक्तदान कार्यक्रममा सम्पन्न ११९ जनाले गरे रक्तदान

धादिङ : लाइन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीको आयोजनामा धादिङ अस्पताल परिसरमा वृहत रक्तदान कार्यक्रम  सम्पन्न भएको छ । आज बिहान देखी बेलुका सम्म भएको रक्तदान कार्यक्रममा ३४ जना महिला र ८५ जना पुरुष गरी कूल ११९ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष विक्रम विश्वकर्माले बताएका छन्। कार्यक्रममा प्रमुख अतिथि निलकण्ठ नगरपालिकाका उप प्रमुख दीपक विश्वकर्मा र अतिथिहरु धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटा, नेपाल रेडक्रस सोसाईटी धादिङका अध्यक्ष दुर्लभ कुमार तामाङ, नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष सिताराम अधिकारी, र धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा.गगन अधिकारीले स्वयंसेवी रक्तदाटाहरुलाई ब्लड ब्याग दिएर संयुक्त रुपमा रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए।…
Read More
धादिङ जिल्लाभर १३ हजार विद्यार्थी प्रथम त्रैमासिक परीक्षामा सहभागी

धादिङ जिल्लाभर १३ हजार विद्यार्थी प्रथम त्रैमासिक परीक्षामा सहभागी

धादिङ :प्याब्सन धादिङअन्तर्गत आजदेखि जिल्लाभर एकै पटक प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ। जिल्लाका ३२ वटा विद्यालयका १३ हजारभन्दा बढी विद्यार्थीहरू परीक्षा दिइरहेका छन्। प्याब्सन धादिङले सदस्य विद्यालयहरूलाई एउटै पाठ्यक्रम, एउटै पुस्तक, एउटै परीक्षा योजना र एउटै प्रश्नपत्र लागू गरेर समान स्तरको शिक्षा सुनिश्चित गरेको छ। प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टका अनुसार यस्तो अभ्यासले विद्यार्थीहरूलाई राम्रोसँग सिक्न सहज बनाउँछ भने शिक्षकहरू पनि बढी जिम्मेवार बन्न बाध्य हुन्छन्। प्याब्सन धादिङका सचिव तथा परीक्षा संयोजक भीमबहादुर श्रेष्ठले भने, “हामी प्रत्येक वर्ष पहिलो, दोस्रो, तेस्रो र वार्षिक परीक्षा एकसाथ सञ्चालन गर्छौं, जसले विद्यार्थीहरूको अध्ययन र समग्र विकासमा ठूलो सहयोग गर्छ।” विद्यार्थीहरूका लागि एकरूपता…
Read More
ज्वालामुखी गाउँपालिका ५८ जना कृषकले पाए हाते ट्याक्टर

ज्वालामुखी गाउँपालिका ५८ जना कृषकले पाए हाते ट्याक्टर

धादिङ- धादिङको ज्वालामुखी गाउँपालिकाले ५८ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई व्यवसायिक तथा आधुनिक तरिकाले खेती गर्ने वाताववरण सिर्जना गर्न गाउँपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर (मिनीटिलर) वितरण गरेको हो । किसानलाई खेती गर्न सहज बनाउन कुल ५८ जना कृषकलाई मिनी तथा पावर टेलर अनुदानमा वितरण गरिएको ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनैले बताए । ‘कृषि पेशालाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिइएको हो । कृषिजन्य उत्पादनमा वृद्धि तथा कृषिमा आत्मनिर्भर बनाउने पालिकाको योजना रहेको छ । सोहि अनुरुप योजनाका साथ नीति कार्यक्रम बनाई काम अगाडी बढीरहेको छ’ उनले भने ।
Read More
नेकपा एमाले नीलकण्ठ वडा नम्बर ३  को वडा कमिटि अध्यक्षमा विष्णुलाल श्रेष्ठ चयन

नेकपा एमाले नीलकण्ठ वडा नम्बर ३ को वडा कमिटि अध्यक्षमा विष्णुलाल श्रेष्ठ चयन

धादिङ । नेकपा एमाले नीलकण्ठ वडा नम्बर ३ काे वडा कमिटि अध्यक्षमा विष्णुलाल श्रेष्ठलाई चयन गरिएकाे छ । शनिबार एमाले जिल्ला पार्टी कार्यालयमा भएकाे एमाले सदस्यहरुकाे भेलाले श्रेष्ठलाई निर्वाचित गरेकाे हाे । १९ सदस्यीय वडा कमिटिकाे उपाध्यक्षमा विष्णुराज  श्रेष्ठ, सचिवमा प्रेमबहादुर पाण्डे, उपसचिव सराेज रिजाल र गगनमाया प्रधानलाई निर्वाचित गरिएकाे नेकपा एमाले नीलकण्ठ नगर कमिटी अध्यक्ष काजी श्रेष्ठले बताउनुभयाे । नन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा भएकाे वडा भेलामा नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य खिलकुमारी तिवारीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे ।
Read More
धादिङ अस्पतालमा विपद र महामारीमा पूर्व तयारी   सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्पन्न

धादिङ अस्पतालमा विपद र महामारीमा पूर्व तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्पन्न

धादिङ । धादिङअस्पतालले सिमित श्रोत र साधनका बावजुत पनि विपद र महामारी फैलिएको अवस्थामा कुशलतापूर्वक काम गरिरहेको र आगामी दिनमा पनि गर्ने व्यवस्थापन तथा संचालन समितिका अध्यष राधिका सापकोटाले बताउनुुभयो । महामारी सिनयन्त्रणका लागि विपद र महामारीमा पूर्व तयारी तथा मेडिकल टिम र र्यापिड रेस्पोन्स टिम परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अस्पतालको वर्तमान अवस्था गत वर्षको महामारीको बारेमा समिक्षा समेत गरिएको थियो । विपदमा महिलाहरु बढी प्रभावित हुने कुरा उल्लेख गर्दै अध्यक्ष सापकोटाले विपदको समयमा सवारी साधन नचलेर बन्द भएको अवस्थामा सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने गर्भैवतीहरुको प्रतिक्षाघर बनाएर संचालनमा ल्याउनुपर्ने बताउनुुभयो । अस्पतालको सकारात्मक सन्देश जानेगरि सूचना प्रवाह गर्न आग्रह…
Read More
निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न  ।

निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न ।

धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङले निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइको  तालिम हलमा भएको तालिममा नवप्रवेसी १९ जना शिक्षकहरु सहभागि रहेका छन् । तालिममा सहभागि शिक्षकहरुलाई जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष नवराज अधिकारीले प्रमाणपत्र वितरण गर्दै शिक्षकले विज्ञानलाई मानेर इज्जत र अनुसासनमा बस्नुपर्ने बताउनुुभयो । जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले नयाँ प्रविधि, ज्ञान, र सीपलाई प्रयोग गरेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर चिनाउने हिम्मत राख्नुपर्ने बताउभयो । प्रमुख अतिथि अधिकारीले शिक्षकले राम्रो विद्यार्थी उत्पादन गरेमात्र भविश्यको राम्रो मान्छे बन्ने…
Read More
रुवीभ्याली अस्पतालमा अब चिकित्सकसहित २४ सै घण्टा स्वास्थ्य सेवा सुचारु

रुवीभ्याली अस्पतालमा अब चिकित्सकसहित २४ सै घण्टा स्वास्थ्य सेवा सुचारु

सेर्तुङ, धादिङ । धादिङको रुवीभ्याली गाउँपालिकामा २४ सै घण्टा चिकित्सकसहित  सेवा सुरू गरिएको छ । गाउँपालिकाले रुवीभ्याली आधारभूत स्वास्थ्य अस्पतालबाट २४ सै घण्टा सेवा प्रदान गर्न सुरू गरेको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले जानकारी दिए। नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए । 'अहिले हामीकहाँ ल्याब, इसिजी, भिडिओ एक्सरे, एक्सरे लगायत अन्य व्यवस्था पनि आधारभूत स्वास्थ्य अस्पतालमा छ', उनले भने, 'अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई धादिङवेशी वा काठमाडौं सिफारिस गर्ने गरिएको छ ।' गाउँमै स्वास्थ्य सेवा सुरू भएसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको डा.नितिस यादवले जानकारी दिए । गाउँपालिकाले आफ्नो…
Read More
बेनीघाट रोराङले ल्यायो ९३ करोड ३० लाख रुपैयाँको बजेट

बेनीघाट रोराङले ल्यायो ९३ करोड ३० लाख रुपैयाँको बजेट

धादिङ : आज सोमबार बसेको  गाउँपालिका सभाको १७औँ अधिवेशनले रु. ९३,३०,३१,०००/– (त्रियानब्बे करोड तीस लाख एकतीस हजार रुपैयाँ)को बजेट पारित गरेको हो । जसमध्ये चालु तर्फ ५८.५३ प्रतिशत र पुँजीगत तर्फ ४१.४७ प्रतिशत खर्च हुने गाउँपालिकाले अनुमान गरेको छ । क्षेत्रगत रूपमा आर्थिक विकासका लागि ६ करोड ३६ लाख रुपैयाँ, सामाजिक विकासका लागि ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ, पूर्वाधार विकासका लागि ३१ करोड ८० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि एक करोड १२ लाख ५० हजार रुपैयाँ, संस्थागत विकास तथा सुशासनतर्फ ११ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ…
Read More
११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ धादिङमा भव्य रूपमा मनाइयो

११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ धादिङमा भव्य रूपमा मनाइयो

धादिङ ।धादिङमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ आज भव्यताका साथ मनाइएको छ। “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मुख्य नारासहित आयोजना गरिएको कार्यक्रममा योग पदयात्रा, योग अभ्यास तथा प्रवचन लगायत विविध कार्यक्रमहरु समावेश थिए। कार्यक्रमको उद्घाटन नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले गर्नुहुँदै योगलाई जीवनशैलीको रूपमा आत्मसात् गर्न आग्रह गर्नुभयो। “योगले शरीरलाई स्वस्थ राख्ने मात्र होइन, सकारात्मक सोच र जीवनमा अनुशासन ल्याउँछ,” उहाँले भन्नुभयो। धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले समाज र टोलमा सकारात्मक भावना फैलाउन योग अत्यन्तै आवश्यक रहेको बताउनुभयो। उहाँले योगमार्फत मानसिक शान्ति र सामाजिक सौहार्द बढाउन सकिनेमा जोड दिनुभयो। कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा…
Read More
धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण  कार्यक्रम सम्म्पन्न

धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण कार्यक्रम सम्म्पन्न

धादिङ : बागमती प्रदेशमै पहिलोपटक धादिङ जिल्लाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण प्राप्त गरेको छ। बुधबार धादिङबेसीमा आयोजित एक विशेष समारोहका बीच स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले धादिङलाई प्रमाणपत्र प्रदान गर्दै औपचारिक घोषणा गरेको हो। कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापाले धादिङ जिल्लाले पूर्ण खोप सुनिश्चितता अभियानमा देखाएको सक्रियता, समर्पण र नेतृत्वको प्रशंसा गर्नुभयो। उहाँले भने, “प्रदेशका अन्य जिल्लाहरूका लागि धादिङले प्रेरणादायक उदाहरण पेश गरेको छ। तीनै तहको सरकारबीच सहकार्य विना यस्ता दिगो उपलब्धिहरू सम्भव हुँदैनन्।” मन्त्री थापाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई आवश्यकता र समानताको आधारमा बजेट विनियोजन गर्दै आएको स्पष्ट पार्नुभयो। उहाँले स्थानीय स्रोतको उपयोग, स्वामित्व र…
Read More