Sacho Khabar

धादिङको पर्यटन प्रवर्द्धनमा सरोकारवालाको जोड

धादिङ -धादिङको पर्यटन प्रवर्द्धनका लागि सरोकारवाला निकायले चासो दिएका छन् । धादिङको सम्भाव्यता र चुनौतीका विषयमा व्यवसायी तथा सरोकारवाला निकायबिच छलफल गरिएको हो ।

बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन कार्यालय सौराहाले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले जिल्लाको पर्यटन प्रवर्द्धनमा राज्यको भूमिका, पूर्वाधार विकास, नीति निर्माण र प्रचारप्रसारको आवश्यकता बारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका छन् । त्यस्तै, दोहोरो कर र दर्ता प्रक्रिया लगायतका झन्झट हटाइ सहज बनाउन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा जिल्लाभित्र पर्यटन सम्भावना, पूर्वाधार विकास, सेवा प्रवाह, नीति निर्माण, लगानीको अवसर, प्रचारप्रसारलगायत विषयमा पनि गहन छलफल गरिएको छ ।

सहभागीहरुले धादिङमा धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको अपार सम्भावना रहेकाले त्यसलाई व्यवस्थित ढंगले प्रवर्द्धन गर्न राज्य, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको समेत जोड दिएका छन् ।

  • कार्यक्रमले स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रबीच समन्वयमा आधारित योजना बनाउने दिशामा सकारात्मक संकेत दिएको आयोजकले जनाएको छ । सुझावलाई सकारात्मक रुपमा लिदैँ अन्तरक्रिया कार्यक्रमले धादिङ जिल्लामा दिगो र समावेशी पर्यटन विकासको दिशामा सरोकारवालाबीच समन्वय र साझा कार्ययोजनाको आधार तयार गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...