धादिङ: धादिङमा बढी भाडा असुल्ने पठाओ र इनड्राइभ राइडरहरुलाई कार्वाही गरिएको छ । बढी भाडा असुलेको भन्दै चार वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको हो । बढी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट पठाओ र इनड्राइभ राइडरहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । ‘चार वटा सवारी साधन नियन्त्रणमा लिएका थियौं । यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरेर छाडिएको छ । अहिले ५ सय जरिवाना गरेर छाडिएको हो । विना दर्ता चलाइरहनु भएको रहेछ । आगामी दिन त्यस्तो कार्य नगर्ने निर्देशन दिएर उहाँहरुलाई छाडिएको हो’ उनले…
११ जेठ धादिङ :काठमाडौं महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका विजय आले मगर, नुवाकोटको तारकेश्वर गाउँपालिका-४ का २१ वर्षीय सुरेन्द्र अछामी, सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय होमराज श्रेष्ठ र काभ्रेको धुलिखेल नगरपालिका-२ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ छन् । प्रहरी वृत्त कालीमाटीको टोलीले उनीहरुलाई जेठ ८ गते बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताउनुभयो । उनीहरुबाट लागु औषध ट्रामाडोल १ हजार ६७ क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ र विभिन्न कम्पनीका मोबाइल ६ थान बरामद गरेको एसपी बोहराले…
चितवन :चितवनको इछाकमाना गाउँपालिका कुरिनटारमा रहेको केवलकार स्टेशनको शौचालयभित्र लडेर एक जना पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा गुजरात पालनपुर बस्ने ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु भएको हो। शौचालयमा अचेत अवस्थामा भेटिएका उनलाई उपचारको लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याइएकोमा मृत्यु भएको हो।मृत्यु के भएर भएको हो भन्ने बिषयमा अनुसन्धान भैरहेको चितवन प्रहरीले जनाएको छ ।
धादिङ :धादिङ जिल्ला सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५-२६ को लागि निर्वाचन कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको अध्यक्षमा विक्रम विश्वकर्मा चयन गर्दै नयाँ कार्य समिति गठन गर्दै सम्पन्न भएको छ । क्लबको संस्थापक अध्यक्ष कविता ईटनीको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासङ्घ धादिङ शाखाको अध्यक्ष सिताराम अधिकारीको विशिष्ट आतिथ्यतामा भएको निर्वाचन कार्यक्रमले अध्यक्षमा विक्रम विश्वकर्मा, प्रथम उपाध्यक्षमा राजाराम रिजाल, द्वितीय उपाध्यक्षमा डा.दिनेश रेग्मी, सचिवमा तारा रिजाल, सह सचिवमा मन्दिरा आचार्य, कोषाध्यक्षमा सुदर्शन गोम्जा र १५ जना सदस्य सहित २२ जनाको कार्यसमिति चयन गरेको अध्यक्ष बिक्रम बिस्वकर्माले जानाकारी दिनुभएको छ । कार्यक्रममा क्लबका…
धादिङ : धादिङको सदरमुकाम धादिङबेसीमा रहेको सुनगाभा एकेडेमीले निर्वाचन मार्फत विद्यार्थीहरुको नेतृत्व चयन गरेको छ । विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रयोगात्मक अभ्यास मार्फत जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका भाईस प्रिन्सिपल राधिका लामिछानेले बताउनुभयो । विद्यालयको कप्तानमा भएको निर्वाचनमा कक्षा ८ का राजन तामाङ र नवराज सेन्चुरी प्रतिस्पर्धमा थिए । नवराज सेन्चुरीलाई २८ मतले पछि पार्दै राजन तामाङ निर्वाचित हुनुभएको हो । विद्यालयको कप्तानको लागि भएको निर्वाचनमा कूल १ सय ३४ मत खसेकोमा तामाङले ८१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्द्धी सेन्चुरीले ५३ मत प्राप्त गर्नुभयो । यस्तै विद्यालयको उपकप्तानको लागि भएको निर्र्वाचनमा अमित कुँवरलाई २६ मतको अन्तरले पछि पार्दै…
धादिङ, धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानी मा आफ्नै भतिजले खुकुरी प्रहार गरि घाईते हुन पुगेका ८८ वर्षीय बृद्ध जगनाथ लम्सालको उपचारका क्रममा मृत्यु भएको छ यहि बैशाख २५ गते निगालपानीस्थित चिप्लिेटीका ८८ वर्षीय बृद्ध लम्सालमाथी आफ्नै दाईको छोरा (भतिज) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेर घाईते वनाएका थिए । खुकुरी प्रहारबाट घाइते बृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि सोही दिन हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । घाईते बृद्धको उपचारकै क्रममा बिहीबार निधन भएको हो । खुकुरी प्रहार गर्ने व्यक्ति घाइते बृद्धको आफ्नै दाईको छोरा हुन् । यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका थिए । खुकुरी…
धादिङको नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जितेको छ। जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको समन्वयमा सदरमुकाम धादिङबेशीमा सम्पन्न १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले २२ स्वर्ण, ६ रजत र १० कांस्य पदकसहित कुल ३८ पदक जित्दै उपाधि जितेको हो । नीलकण्ठको यो लगातार तेस्रो जित हो । यसअघि २०७९ को १२ औं राष्ट्रपति रनिङ शिल्ड र १३ औं राष्ट्रपति रनिङ शिल्ड २०८० पनि नीलकण्ठ नगरपालिकाले जितेको थियो । ३ गते शनिबारदेखी सुरु भई ५ गते सोमबार सम्पन्न भएको यस प्रतियोगितामा थाक्रे गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ। थाक्रेले…
काठमाडौं– पोखरा महानगरपालिका– २२ पुम्दिकोटमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । पुम्दिस्थित विश्वशान्ति स्तूपको पार्किङस्थल नजिकै सडकमा ग१ख ३८८६ नम्बरको बस पल्टिदा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घाइते हुनेहरुमा पनि ६५ वर्षीया रेखा साहु र ६१ वर्षीय मेलाराम साहु गम्भीर घाइते भएका छन् । बसमा सवार सबैजना भारतीय पर्यटक हुन् । पुम्दीकोटस्थित महादेवको मूर्ती दर्शन गरी फर्कने क्रममा रिजर्भ बस पल्टिएको प्रहरीले जनाएको छ । भारतको छत्तिसगढबाट मंगलबार राति उनीहरुसँगै ४९ जना पोखरा आएका थिए । बुधबार बिहान उनीहरु दुई वटा बस रिजर्भ गरि घुम्न निस्केका थिए । दुर्घटनाबारे…
धादिङ- उत्तरी धादिङको सिङ्ल्हामा प्रथम सिङ्ल्हा पर्यटन महोत्सव-२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजको आयोजनामा वैशाख २७ गतेदेखि २९ सम्म तीन दिने महोत्सव सम्पन्न भएको हो ।समाजले बुद्ध जयन्तीको अवसर पारेर सिङ्ल्हामा विशेष धार्मिक एवम् सांस्कृतिक महोत्सवको आयोजना गरेको हो । प्राकृतिक सुन्दरताको खानी, सांस्कृतिक रूपमा सम्पन्न र ऐतिहासिक महत्त्व बोकेको पवित्र धार्मिक तपाेभूमि सिङ्ल्हा माने धादिङको खनियाँवास गाउँपालिका र रुबी भ्याली गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । समुन्द्री सतहबाट चार हजार दुई सय मिटरको उचाइमा अवस्थित सिङ्ल्हा क्षेत्र धादिङ, नुवाकोट र रसुवाको सङ्गम स्थल पनि हो । सिङ्ल्हामा प्रत्येक वर्ष जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने गरेको छ । परापूर्वकालदेखि…
काठमाडौ । रसुवागढी नाकाबाट काठमाडौँ जाँदै गरेको बा१य १४७५ नम्बर काे स्कार्पियाे गाडी रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ गुम्चेत मा मंगलवार दिउँसो अन्दाजी करिब ४:१५ बजे मैलुङ- हाकु- स्याफ्रुवेसि सडक खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सडक माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा गाडीको सन्तुलन नभएपछि उक्त गाडी सडक वाट ४० मिटर तल त्रिशूली नदीमा खसेको र गाडीमा सवार ३ जना घाइते भएका छन् । दुर्घटनामा गाडी चालक गंगा बहादुर गुवाजु र अन्य सवार दुई जना भुटानी नागरिक हिस्नि सेन्डिने र छिरिङ डिक्कि घाइते भएका छन ।घाइतेहरूलाई तत्कालै उद्धार गरी २ सय १६ आयोजनामा प्राथमिक उपचार…