Skip to main content

Sacho Khabar

पत्रपत्रिका

धादिङका कवि नन्दप्रसाद अधिकारीको काव्यसंग्रह “नन्दानुभूति” विमोचित

धादिङका कवि नन्दप्रसाद अधिकारीको काव्यसंग्रह “नन्दानुभूति” विमोचित

धादिङ, ९ साउन । धादिङमा ८३ वर्षीय वरिष्ठ कवि नन्दप्रसाद अधिकारीद्वारा रचित “नन्दानुभूति” कविता संग्रहको बिमोचन गरिएको छ। धादिङका साहित्यप्रेमी तथा स्रष्टाहरूको उपस्थितिमा उहाकै निजि निवास नीलकण्ठ नगरपालिका -७ तल्लो बेसीमा आयोजित कार्यक्रममा यस कृति सार्वजनिक गरियो। कार्यक्रममा विभिन्न स्थानीय साहित्यिक व्यक्तित्वहरूले अधिकारीको कवितामा व्यक्त भावना, अनुभूति र समाजप्रति गरिएको प्रहारको सराहना गरेका थिए। “नन्दानुभूति” मा जीवनका गहिरा अनुभूति, सामाजिक सन्देश, गाउॅले परिवेस र राष्ट्रप्रेम झल्कने कविता समावेश गरिएको छ। कवि अधिकारीले लामो समयदेखि साहित्य साधनामा सक्रिय रही थुप्रै सृजनाहरूमार्फत पाठकको मन जित्दै आएका छन्। बिषेश गरेर उहॅाके सिलोक भाका चर्चामा छ । विमोचन कार्यक्रममा उनले  केहि सृजनाहरु वाचन गर्दै…
Read More
नीलकण्ठ नगरपालिका वडा नं ४ मा सामाजिक सुरक्षा भत्ता टोलटोलमै वितरण

नीलकण्ठ नगरपालिका वडा नं ४ मा सामाजिक सुरक्षा भत्ता टोलटोलमै वितरण

धादिङ, साउन ८ – नीलकण्ठ नगरपालिका–४ मा सामाजिक सुरक्षा भत्ता  टोलटोलमै पुगी वितरण गरिएको छ। जनताको सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले वडा कार्यालयले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो। वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरू लगायत भत्ता पाउने लक्षित वर्गलाई बैंकमा लामो लाइन बस्नु नपर्ने गरी टोलमै वितरण गरिँदा सेवाग्राहीहरू अत्यन्तै खुसी देखिएका छन्। वडा अध्यक्ष हरि बहादुर श्रेष्ठका अनुसार, “नागरिकलाई सेवा खोज्न वडा कार्यालय आउनु पर्ने होइन, सेवा नागरिकसम्म पुर्‍याउने हाम्रो अभियान हो।” उनले अझै सहज , पारदर्शिता र जिम्मेवारीपूर्ण ढंगले वितरण प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। बिहान नौ बजे रिजालथोक बाट…
Read More
धादिङकी तिलमाया काठमाडौँकमा मृत फेला

धादिङकी तिलमाया काठमाडौँकमा मृत फेला

५ साउन, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जानकारी दिनुभयो । तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिनुभयो ।
Read More
धादिङ जिल्लाभर १३ हजार विद्यार्थी प्रथम त्रैमासिक परीक्षामा सहभागी

धादिङ जिल्लाभर १३ हजार विद्यार्थी प्रथम त्रैमासिक परीक्षामा सहभागी

धादिङ :प्याब्सन धादिङअन्तर्गत आजदेखि जिल्लाभर एकै पटक प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ। जिल्लाका ३२ वटा विद्यालयका १३ हजारभन्दा बढी विद्यार्थीहरू परीक्षा दिइरहेका छन्। प्याब्सन धादिङले सदस्य विद्यालयहरूलाई एउटै पाठ्यक्रम, एउटै पुस्तक, एउटै परीक्षा योजना र एउटै प्रश्नपत्र लागू गरेर समान स्तरको शिक्षा सुनिश्चित गरेको छ। प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टका अनुसार यस्तो अभ्यासले विद्यार्थीहरूलाई राम्रोसँग सिक्न सहज बनाउँछ भने शिक्षकहरू पनि बढी जिम्मेवार बन्न बाध्य हुन्छन्। प्याब्सन धादिङका सचिव तथा परीक्षा संयोजक भीमबहादुर श्रेष्ठले भने, “हामी प्रत्येक वर्ष पहिलो, दोस्रो, तेस्रो र वार्षिक परीक्षा एकसाथ सञ्चालन गर्छौं, जसले विद्यार्थीहरूको अध्ययन र समग्र विकासमा ठूलो सहयोग गर्छ।” विद्यार्थीहरूका लागि एकरूपता…
Read More
आजबाट कम्यूनिष्ट पार्टी नेपालद्वारा भ्रष्टाचार विरोधी अभियानको सुरुवात

आजबाट कम्यूनिष्ट पार्टी नेपालद्वारा भ्रष्टाचार विरोधी अभियानको सुरुवात

धादिङ : बैद्यले नेतृत्व तरेकाे क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल धादिङले बिहिबारबाट नेपालभर भ्रष्चार विरोधी अभियानको एक साथ सुरु गरेको छ । यसैबिच धादिङबेसी पत्रकार सम्मेलन गरि अभियानको सुरु गरिएको हो ।अभियानको उद्घाटन गर्दै क्रन्तिकारी कम्यूनिष्ट पार्टी नेपाल ८ नम्बर व्यूरो इन्चार्ज भीम चापागाइँले भ्रष्टाचार गर्नेलाई पार्टीले अनुसन्धान गर्ने, जनताको सामुमा जानकारीह ीगर्ने, सरकारले दमन गरे प्रतिरोध संघर्ष गर्ने र अन्त्यमा जनविद्रोह मार्फत समाजवादी क्रान्ती गरेर समाजवाद ल्याउने योजना सहित पार्टी लागेको बताउनुभएको छ । क्रन्तिकारी कम्यूनिष्ट पार्टी धादिङका इन्चार्ज अमृत बहादुर अधिकारीले भ्रष्टाचार विरोधी अभियानले भ्रष्ट आचरण त्याग्न सघाउने, भ्रष्टाचारको न्यूनिकरण हुने, र जनता सूसूचित भइ संघीय जनगणतन्त्रको खुड्किलो उक्लेर…
Read More
जेष्ठ  २२गते देखि २६ गते सम्म गजुरीको गलौदी खेल मैदानामा प्रथम पिण्डेश्वरी कप हुने

जेष्ठ २२गते देखि २६ गते सम्म गजुरीको गलौदी खेल मैदानामा प्रथम पिण्डेश्वरी कप हुने

धादिङको गजुरी गाउँपालिका -५ मा रहेको गलौदीको खेलमैदानमा जेष्ठ २२गते देखि २६ गते सम्म प्रथम पिण्डेश्वरी कप हुने भएको छ । "स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेल्कुद " भन्ने मूल नाराका साथ गलौदी युवा क्लव,च्याङ्ली युवा क्लव र पिण्डेश्वरी युवा क्लवको संयुक्त आयोजनामा प्रथम पिण्डेश्वरी कप Open 7A-Side Knockout Footbal Tounrnament हुन लागेको च्याङ्ली युवा क्लवको अध्यक्ष  तथा कार्यक्रम संयोजक कुमार पण्डितले जनाएको छ । कार्यक्रमको उद्घाटन जेष्ठ २२ गते बिहान८ बजे गजुरी गाउँपालिकाको अध्यक्ष गणेश लाल श्रेष्ठको प्रमुख आतिथ्यमा हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार , द्धितीया हुने टिमले २० हजार नगत तथा उत्कृष्ट हुने…
Read More
लागुऔषध कारोबारमा संलग्न धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका विजय आले मगरसहि ४ जना पक्राउ

लागुऔषध कारोबारमा संलग्न धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका विजय आले मगरसहि ४ जना पक्राउ

११ जेठ धादिङ  :काठमाडौं महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका विजय आले मगर, नुवाकोटको तारकेश्वर गाउँपालिका-४ का २१ वर्षीय सुरेन्द्र अछामी,   सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय होमराज श्रेष्ठ र काभ्रेको धुलिखेल नगरपालिका-२ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ  छन् । प्रहरी वृत्त कालीमाटीको टोलीले उनीहरुलाई जेठ ८ गते बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताउनुभयो । उनीहरुबाट लागु औषध ट्रामाडोल १ हजार ६७ क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ र विभिन्न कम्पनीका मोबाइल ६ थान बरामद गरेको एसपी बोहराले…
Read More
चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा पनि खुल्ला हुने

चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा पनि खुल्ला हुने

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुँदै आएको आउँदो चैत १९ गते देखि रातको समयमा पनि खुल्ला हुने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुनै लागेपछि विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन लागेको जानकारी दिएको हो । विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएको मुख्य जटिल काम सकिन लागेपछि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने तयारीमा रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन्। त्यसो त धावनमार्गको क्षमता अभिवृद्धिका लागि काम शुरु…
Read More
मेसेन्जरमा फ्ल्याट ब्लु लोगो फेरी आयो

मेसेन्जरमा फ्ल्याट ब्लु लोगो फेरी आयो

काठमाडौं । मेटाको एप्स मेसेन्जरले फ्ल्याट ब्लु लोगो फेरी प्रयोगमा ल्याइएको छ । पछिल्लो अपडेटसँगै एप आफ्नो पुरानो स्वरूपमा फर्किएको हो । सन् २०२० को अन्त्यतिर मेसेन्जरले ठूलो डिजाइन परिवर्तन गर्दै गुलाबी, बैजनी र नीलो रंगको ग्रेडियन्ट प्रयोग गरेकोमा मेटाले आफ्ना विभिन्न प्लेटफर्महरूलाई दृष्टिगत रूपमा एकरूप बनाउने प्रयास अन्तर्गत गरेको थियो । मेसेन्जरमा देखिएको नयाँ परिवर्तन स्थायी हो वा ठूलो डिजाइन परिवर्तनको एउटा भाग मात्र हो भन्ने खुल्न बाँकी छ । जे हाेस्, पुराना मेसेन्जर प्रयोगकर्ताले क्लासिक ब्लु डिजाइनको पुरानो स्मृति पुनः अनुभव गर्न पाएका छन् । पछिल्लाे लाेगाे २०२० अघिकाे डिजाइनभन्दा गाढा नीलाे रङसहित आएको छ ।
Read More
आजको दिनको सुरुवात गरौं आजको राशिफल बाट

आजको दिनको सुरुवात गरौं आजको राशिफल बाट

  आज २०८१ साल भदौ १७ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर २ तारिख। भाद्र कृष्ण पक्षको औंसी तिथि। बुवाको मुख हेर्ने दिन। कुसे औंसी। गोकर्ण स्नान। मोती जयन्ती जस्ता पर्व र अवसर आज परेका छन्। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। पढ्नुहोस् आजको राशिफल   मेष : लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा गरेको श्रमबाट नाम, दाम र सम्मान बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको संगठन राम्रो छ। सोचेका काम बन्नेछन्। परिवारसँगको सम्बन्ध सकारात्मक बन्नेछ। वृष : स्वदेशमा लगानीका सम्भावना…
Read More