Skip to main content

Sacho Khabar

Breaking News 1

न्यू किबो बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन

न्यू किबो बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन

धादिङको सदरमुकाम धादिङबेसीमा रहेको न्यू किबो बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन गरेको छ । विद्यालयले निर्वाचन प्रक्रिया मार्फत विद्यालको कप्तान र उपकप्तान चयन गरेको हो । विद्यालयको कप्तानमा १ सय ४८ मत सहित अभि भट्ट निर्वाचित हुनुभएको छ । भने उपकप्तानमा १ सय २१ मत सहित जेनिक राना मगर निर्वाचित हुनुभएको छ । विद्यालयमा शुक्रबार भएको मतदानको मतपरिणाम आज सार्वजनिक गरेको हो । कूल ५ सय १६ मतदाता मध्ये ४ सय ८३ मत खसेको थियो । भने खसेको मत मध्ये ४ मत बदर भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले बताउनुभयो । निर्वाचनमा हुने…
Read More
लागुऔषध कारोबारमा संलग्न धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका विजय आले मगरसहि ४ जना पक्राउ

लागुऔषध कारोबारमा संलग्न धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका विजय आले मगरसहि ४ जना पक्राउ

११ जेठ धादिङ  :काठमाडौं महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका विजय आले मगर, नुवाकोटको तारकेश्वर गाउँपालिका-४ का २१ वर्षीय सुरेन्द्र अछामी,   सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय होमराज श्रेष्ठ र काभ्रेको धुलिखेल नगरपालिका-२ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ  छन् । प्रहरी वृत्त कालीमाटीको टोलीले उनीहरुलाई जेठ ८ गते बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताउनुभयो । उनीहरुबाट लागु औषध ट्रामाडोल १ हजार ६७ क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ र विभिन्न कम्पनीका मोबाइल ६ थान बरामद गरेको एसपी बोहराले…
Read More
मनकामनामा शौचालयमा लडेर ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु

मनकामनामा शौचालयमा लडेर ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु

चितवन :चितवनको  इछाकमाना गाउँपालिका  कुरिनटारमा रहेको  केवलकार स्टेशनको शौचालयभित्र लडेर एक जना पर्यटकको मृत्यु भएको छ।  मृत्यु हुनेमा  गुजरात पालनपुर बस्ने ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु भएको हो। शौचालयमा अचेत अवस्थामा भेटिएका उनलाई उपचारको लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याइएकोमा मृत्यु भएको हो।मृत्यु के भएर भएको हो भन्ने बिषयमा अनुसन्धान भैरहेको  चितवन प्रहरीले जनाएको छ ।
Read More
लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको अध्यक्षमा विक्रम विश्वकर्मा चयन -SachoKhabar.com

लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको अध्यक्षमा विक्रम विश्वकर्मा चयन -SachoKhabar.com

धादिङ :धादिङ जिल्ला सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५-२६ को लागि निर्वाचन कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको अध्यक्षमा विक्रम विश्वकर्मा चयन गर्दै नयाँ कार्य समिति गठन गर्दै सम्पन्न भएको छ । क्लबको संस्थापक अध्यक्ष कविता ईटनीको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासङ्घ धादिङ शाखाको अध्यक्ष सिताराम अधिकारीको विशिष्ट आतिथ्यतामा भएको निर्वाचन कार्यक्रमले अध्यक्षमा विक्रम विश्वकर्मा, प्रथम उपाध्यक्षमा राजाराम रिजाल, द्वितीय उपाध्यक्षमा डा.दिनेश रेग्मी, सचिवमा तारा रिजाल, सह सचिवमा मन्दिरा आचार्य, कोषाध्यक्षमा सुदर्शन गोम्जा र १५ जना सदस्य सहित २२ जनाको कार्यसमिति चयन गरेको अध्यक्ष बिक्रम बिस्वकर्माले जानाकारी दिनुभएको छ । कार्यक्रममा क्लबका…
Read More
सुनगाभा एकेडेमीमा निर्वाचन प्रक्रियाबाट ८१ मत सहित  कप्तानमा राजन तामाङ  निर्वाचित

सुनगाभा एकेडेमीमा निर्वाचन प्रक्रियाबाट ८१ मत सहित कप्तानमा राजन तामाङ निर्वाचित

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीमा रहेको सुनगाभा एकेडेमीले निर्वाचन मार्फत विद्यार्थीहरुको नेतृत्व चयन गरेको छ । विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रयोगात्मक अभ्यास मार्फत जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका भाईस प्रिन्सिपल राधिका लामिछानेले बताउनुभयो । विद्यालयको कप्तानमा भएको निर्वाचनमा कक्षा ८ का राजन तामाङ र नवराज सेन्चुरी प्रतिस्पर्धमा थिए । नवराज सेन्चुरीलाई २८ मतले पछि पार्दै राजन तामाङ निर्वाचित हुनुभएको हो । विद्यालयको कप्तानको लागि भएको निर्वाचनमा कूल १ सय ३४ मत खसेकोमा तामाङले ८१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्द्धी सेन्चुरीले ५३ मत प्राप्त गर्नुभयो । यस्तै विद्यालयको उपकप्तानको लागि भएको निर्र्वाचनमा अमित कुँवरलाई २६ मतको अन्तरले पछि पार्दै…
Read More
नाग- ढुङ्गा सडक बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म  बन्द हुने ।

नाग- ढुङ्गा सडक बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने ।

धादिङ : जेठ ७ । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा-पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उहाँले जानकारी दिए । “निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक…
Read More
धादिङ अस्पतालमा  आजबाट इन्डोस्कोपी सेवा सुरु

धादिङ अस्पतालमा आजबाट इन्डोस्कोपी सेवा सुरु

धादिङ- जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालमा जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा सुरु गरिएको छ । विशेषज्ञसहितको सेवा विस्तार गर्ने क्रममा इन्डोस्कोपी सेवा सुरु गरिएको हो । काठमाडौं मेडिकल कलेज तथा टिचिङ हस्पिटलका विशेषज्ञ चिकित्सक रोमी दाहालद्धारा सेवा सुरु गरिएको छ । शरीरको भित्री अंगहरू (जस्तै पेट, आन्द्रा, घाँटी, आदि) को जाँच गर्न प्रयोग गरिने एक चिकित्सकीय प्रक्रिया इन्डोस्कोपी सेवा अति आवश्यक रहेकोले सेवा सुरु गरिएको धादिङ अस्पतालका अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले बताए । ‘एन्डोस्कोपी गर्न एन्डोस्कोप नामक विशेष उपकरण प्रयोग गरिन्छ । एन्डोस्कोप एउटा लामो, पातलो, लचिलो नली हो । जसको अगाडि क्यामेरा र बत्ती जडान गरिएको हुन्छ…
Read More
२२ स्वर्ण सहित नीलकण्ठ नगरपालिकाले जित्यो  १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड

२२ स्वर्ण सहित नीलकण्ठ नगरपालिकाले जित्यो १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड

धादिङको नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जितेको छ।   जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको समन्वयमा सदरमुकाम धादिङबेशीमा सम्पन्न १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले २२ स्वर्ण, ६ रजत र १० कांस्य पदकसहित कुल ३८ पदक जित्दै उपाधि जितेको हो ।   नीलकण्ठको यो लगातार तेस्रो जित हो । यसअघि २०७९ को १२ औं राष्ट्रपति रनिङ शिल्ड र १३ औं राष्ट्रपति रनिङ शिल्ड २०८० पनि नीलकण्ठ नगरपालिकाले जितेको थियो । ३ गते शनिबारदेखी सुरु भई ५ गते सोमबार सम्पन्न भएको यस प्रतियोगितामा थाक्रे गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ। थाक्रेले…
Read More
७ बर्षिया बालिकालाई ठक्कर दिई फरार भएका मोटरसाईकल चालक पक्राउ ।

७ बर्षिया बालिकालाई ठक्कर दिई फरार भएका मोटरसाईकल चालक पक्राउ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा ७ बर्षिया बालिकालाई ठक्कर दिई फरार भएका मोटरसाईकल चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका वडा नम्बर २ का खेमलाल श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई काठमाण्डौंको बालाजुबाट बा ७७ प ३३९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रही कार्यालय धादिङका सूचना अधिकारी एवंम प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो । डिएसपी बाईट.... घरबाट स्कुल जाँदै गरेकी ससाह ज्यामिरेकी सात वर्षिय दिपिका वि.क मोटरसाईकलको ठक्करबाट सडकमा लडिरहेको अवस्थामा फेला परेकी हुन् । थिईन । घाइते बालिकालाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको छ ।…
Read More
धादिङको ससाहमा सवारीको ठक्कर बाट एक बालीका गम्भिर घाइते ।

धादिङको ससाहमा सवारीको ठक्कर बाट एक बालीका गम्भिर घाइते ।

धादिङ । नीलकण्ठ नगरपालिका–८, ससाहमा सवारीले ठक्कर दिदा एक बालिका गम्भीर घाइते भएकी छन्। देउराली माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिपक बिकको छोरी ७ वर्षीया दिपिका बि.क. ससाहमा बाटो काट्ने क्रममा अज्ञात सवारीले ठक्कर दिँदा गम्भीर घाइते भएकी हुन्। घाइते विकलाई बाटोमा अलपत्र अवस्थामा स्थानीयले फेलापरेपछि तत्काल धादिङ अस्पताल ल्याइएको एक स्थानीयले बताएको छ । घाइते दिपिकाको धादिङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको छ। उपचारमा परिवारका सदस्य र धादिङ अस्पतालका चिकित्सक समेत सँगै रहेका छन्। दुर्घटना गराउने सवारी र चालकको खोजी भइरहेको केही संका लागेको सवारीहरुको अनुसन्धान भाइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना…
Read More