धादिङ — पाब्सन धादिङको आयोजनामा रोजमेरी चाइल्डकेयर इङ्ग्लिस बोर्डिङ स्कुलमा सम्पन्न कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू बीचको जिल्लास्तरीय कथा वाचन प्रतियोगितामा एडभान्स एकेडेमी प्रथम स्थान हासिल गर्दै समग्रतामा च्याम्पियन बनेको छ। प्रतियोगितामा द्वितीय स्थान रोजमेरी चाइल्डकेयर बोर्डिङ स्कुल, तृतीय स्थान आदर्श पाठशाला र सान्त्वना स्थान चिल्ड्रेन पार्क सेकेन्डरी स्कुलले प्राप्त गरेका छन्। प्रतियोगिता दुई विधामा सम्पन्न भएको थियो। बालक विधामा एडभान्स एकेडेमी प्रथम, चिल्ड्रेन पार्क सेकेन्डरी बोर्डिङ स्कुल द्वितीय, आदर्शिला पाठशाला तृतीय र रोजमेरी चाइल्डकेयर स्कुल सान्त्वना स्थानमा रहे। बालिका विधामा रोजमेरी चाइल्डकेयर स्कुल प्रथम, एडभान्स एकेडेमी द्वितीय, सालन्तर बालबालिका विद्यालय तृतीय र आदर्शिला पाठशाला सान्त्वना स्थानमा रहे।…
धादिङ । सामाजिक विभेद र कुसंस्कार विरुद्ध आफ्नो बाबुको काजक्रियामा रहेका नेकपा एमाले धादिङका सचिव राधिका सापकोटा, बनेपा नगरपालिकाका उपप्रमुख तथा अनेमसंघ काभ्रेका अध्यक्ष विमला सापकोटा र वौद्धिक परिषद काभ्रेका कोषाध्यक्ष निर्मला सापकोटा सहित परिवारलाई समवेदना दिन नेकपा एमालेका केन्द्रीय नेतादेखि जिल्ला तहका नेताहरु काभ्रेको रयाले पुगेका छन् । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनी, बागमति प्रदेश कमिटि सचिव नवराज सिलवाल, धादिङ जिल्ला कमिटि अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष अर्जुन श्रेष्ठ, युवा संघका अध्यक्ष किरण पाठक, लगायतका नेताहरु पनौती नगरपालिका वडा नम्बर १ रयालेको पर्खालचौर पुगेर सापकोटा परिवारलाई समवेदना व्यक्त गर्नुभएको…
धादिङ, २९ साउन — धादिङ जिल्ला योग खेलकुद संघले आयोजना गरेको तीन दिने निःशुल्क योग खेलकुद प्रशिक्षण आज सम्पन्न भएको छ। नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको नेपाल योग खेलकुद संघको विधानअनुसार भएको यो प्रशिक्षण साउन २७ देखि २९ गतेसम्म होटल जीविका, पुछारबजारमा सञ्चालन गरिएको थियो। नीलकण्ठ नगरभित्रका योग साधना केन्द्रका साधक–साधिकासहित विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई लक्षित तालिममा करिब २०० जना सहभागी भएका थिए। बिहान ४:३० देखि ६:३० बजेसम्म योग साधक–साधिकाहरू र दिउँसो ११:०० देखि २:०० बजेसम्म शिक्षक तथा विद्यार्थीहरूका लागि छुट्टाछुट्टै सत्र सञ्चालन गरिएको थियो। तालिममा शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्य सुधार, प्राकृतिक…
२९ साउन, काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले गा सोमबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ । यसैगरी…
धादिङ । धादिङ जिल्लाको रूबीभ्याली गाउँपालिका अन्तर्गत गणेश हिमाल क्षेत्रमा इको-ट्रेल निर्माण हुने भएको छ । यसका लागि रूबीभ्याली गाउँपालिकाको समन्वयमा बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन कार्यालय, नुवाकोटबाट रू. ९० लाखको कार्यान्वयन बजेट विनियोजन गरिएको छ । रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले भने, “गणेश हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई जोड्ने गरी इको-ट्रेल निर्माण कार्य अघि बढाइनेछ । यसले स्थानीय रोजगार सिर्जना र गाउँको आर्थिक विकासमा ठूलो योगदान पुर्याउनेछ । साथै, बजेट विनियोजनको लागि धन्यवाद व्यक्त गर्दै छिटोभन्दाछिटो बोलपत्र आव्हान गरि निर्माण प्रक्रिया अघि बढाइने बताए ।” परियोजना सम्पन्न भएपछि…
रसुवा, साउन २६ — पवित्र तीर्थ गोसाइँकुण्ड जाने क्रममा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर साउन २३ गतेदेखि बेपत्ता भएका छन्। प्रहरीका अनुसार उनी चन्दनबारी र चोलाङपाटीको बीचको घना जंगल क्षेत्रमा हराएका हुन्। साथीहरू रामकुमार ढकाल र अर्जुन विकका भनाइअनुसार, पिसाब गर्न भन्दै बाटोबाट अलग भएपछि उनी सम्पर्कविहीन भएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा २४ गते बिहान ८:४५ बजे मगर ताल नजिकै देखिएका दृश्य फेला परेका छन्। video link :https://youtube/Sacho Khabar HD घटनापछि प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा ४५ सुरक्षाकर्मी (सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी) परिचालन गरी खोज तथा उद्धार कार्य जारी रहेको प्रहरी नायव…
धादिङ — उत्तरी धादिङमा तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, रहनसहन र परम्परा झल्काउने म्हेन्दोमाया दोहोरी गीतको चौथो संस्करण सम्पन्न भएको छ। धादिङ, नुवाकोट र रसुवाको संगमस्थल सिङ्ल्हा म्हाने क्षेत्रमा जनैपूर्णिमाको अवसरमा लाग्ने झाँक्री मेलासँगै जम्बुलिङ फिल्म्स प्रा.लि.को आयोजनामा प्रतियोगिता सम्पन्न गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले भने, “यस किसिमका प्रतियोगिताले हाम्रो मौलिक संस्कृति र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामा प्रेरणा जगाउँछ। स्थानीय पर्यटन प्रवर्द्धनमा पनि यसको ठूलो योगदान हुन्छ।” आयोजक जम्बुलिङ फिल्म्स प्रा.लि.का अध्यक्ष राजकिङ वाइबाले भने, “म्हेन्दोमाया हाम्रो पहिचान हो। यसलाई निरन्तरता दिन र प्रतिभालाई अवसर दिन यो प्रतियोगिता नियमित गर्दै आएका छौं।” प्रतियोगितामा चर्चित…
धादिङ — गजुरी गाउँपालिका–६ आदमघाटमा लायन्स क्लब अफ धादिङ हाइटको पहलमा आज वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वातावरण संरक्षण र हरियाली विस्तारलाई लक्षित गर्दै आयोजित कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, गाउँपालिकाका प्रतिनिधि, समाजसेवी, स्थानीय बासिन्दा, सामुदायिक प्रहरी तथा सशस्त्र प्रहरी बल (APF)को उल्लेखनीय सहभागिता रह्यो। सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै प्राकृतिक स्रोत–साधनको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सबैलाई सक्रिय हुन आह्वान गरे। उनीहरूले वृक्षारोपणलाई एकदिने अभियानमा सीमित नगरी निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याए। स्थानीयको उत्साहपूर्ण सहभागिताले गाउँमा हरियाली विस्तार मात्र नभई आगामी पुस्ताका लागि स्वस्थ वातावरणको सन्देश दिएको आयोजकहरूले जनाएका छन्। सहभागी समुदायले रोपिएका बिरुवाको संरक्षणमा निरन्तर…
धुन्चे, रसुवा – २०८२ साउन २३ गते गोसाइँकुण्डमा प्रत्येक वर्षझैं यस वर्ष पनि जनै पूर्णिमाको अवसरमा विशाल मेला लागेको छ। गोसाइँकुण्ड तिर्थ स्थलमा आज बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ। तीर्थ स्नान तथा धार्मिक अनुष्ठानका लागि देशका विभिन्न भागबाट आएका हजारौं भक्तजनहरू गोसाइँकुण्ड पुगिरहेका छन्। भक्तजनहरू बिहान सबेरैदेखि कुण्डमा स्नान गरी शिवजीको पूजा-अर्चना गर्दै तिर्थको महत्व सम्झिरहेका छन्। हिमाली क्षेत्रको कठिन यात्रा पार गर्दै आएका तीर्थयात्रीहरू भक्तिभावका साथ कुण्डमा डुबुल्की मारिरहेका छन्। “गोसाइँकुण्ड तिर्थ गर्न ढुक्कसँग आउनुहोस्, सुरक्षा तथा व्यवस्थापनको पूर्ण तयारी गरिएको छ,” भने गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले। सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने स्वास्थ्य तथा उद्धार टोलीहरू…
धादिङबेसी।श्रावण २३,२०८२ नीलकण्ठ नगरपालिकाले आ व २०८२/०८३ देखि `ग´ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई नि:शुल्क स्वास्थ्य विमा गर्ने भएकाे छ । साउन २१ गते बसेकाे नीलकण्ठ अपाङ्गता समन्वय समितिकाे बैठकले आ ब २०८२/०८३ साउन देखि लागू हुने गरि अनुमानित २७५ जना`ग´वर्गका अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य विमाकाे रकम सत प्रतिशत नगरपालिकाले नै व्यहोर्ने नीतिलाई बैठकले पारित गरेकाे हाे । “स्वास्थ्य विमाकाे रकम`क´वर्गलाई संघीय सरकारले`ख´ वर्गलाई प्रदेश सरकारले र`ग´वर्गलाई नीलकण्ठ नगरपालिकाले व्यहोर्ने छ” समितिका संयाेजक दिपक विश्वकर्माले पैरवी अनलाइनलाई बताए । विगत वर्षमा ६० प्रतिशत नगरपालिकाले र ४० प्रतिशत स्वयं व्यक्तिले व्यहाेर्नु पर्ने नीति थियो भने यस आ व देखि सत- प्रतिशत विमाकाे…