Sacho Khabar

जिल्लास्तरीय कथा वाचन प्रतियोगितामा एडभान्स एकेडेमी प्रथम

 

धादिङ — पाब्सन धादिङको आयोजनामा रोजमेरी चाइल्डकेयर इङ्ग्लिस बोर्डिङ स्कुलमा सम्पन्न कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू बीचको जिल्लास्तरीय कथा वाचन प्रतियोगितामा एडभान्स एकेडेमी प्रथम स्थान हासिल गर्दै समग्रतामा च्याम्पियन बनेको छ।

प्रतियोगितामा द्वितीय स्थान रोजमेरी चाइल्डकेयर बोर्डिङ स्कुल, तृतीय स्थान आदर्श पाठशाला र सान्त्वना स्थान चिल्ड्रेन पार्क सेकेन्डरी स्कुलले प्राप्त गरेका छन्।

प्रतियोगिता दुई विधामा सम्पन्न भएको थियो।
बालक विधामा एडभान्स एकेडेमी प्रथम, चिल्ड्रेन पार्क सेकेन्डरी बोर्डिङ स्कुल द्वितीय, आदर्शिला पाठशाला तृतीय र रोजमेरी चाइल्डकेयर स्कुल सान्त्वना स्थानमा रहे।
बालिका विधामा रोजमेरी चाइल्डकेयर स्कुल प्रथम, एडभान्स एकेडेमी द्वितीय, सालन्तर बालबालिका विद्यालय तृतीय र आदर्शिला पाठशाला सान्त्वना स्थानमा रहे।

बालक र बालिका दुवै विधाको संयुक्त नतिजामा एडभान्स एकेडेमीले च्याम्पियनको उपाधि हात पारेको हो।

कार्यक्रमका प्रमुख अतिथि केन्द्र पाब्सनका सदस्य रमेशकुमार श्रेष्ठ थिए भने अध्यक्षता पाब्सन धादिङका अध्यक्ष दिनेश भट्टले गरेका थिए। पाब्सन धादिङ सदस्य विद्यालयहरूको सहभागिता रहेको सो कार्यक्रममा सञ्चालकको जिम्मेवारी पाब्सन धादिङका ईसीए इञ्चार्ज सञ्जीव घजुरेलले वहन गरेका थिए।

अध्यक्ष दिनेश भट्टका अनुसार, पाब्सन धादिङले विद्यार्थीहरूको गुणस्तर अभिवृद्धिका लागि यस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ। प्रमुख अतिथि श्रेष्ठले पनि यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई पढाइमा मात्र नभई आत्मविश्वासी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

विजेताहरुलाई अध्यक्ष, प्रमुख अतिथि लगायतले मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागे...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...
प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

धादिङ — धादिङ क्षेत्र नम्बर–२ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको क्षेत्र भ्रमण अहिले चर्चामा आएको छ। श्...
धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

काठमण्डौं धादिङको धुनिवेशी नगरपालिका घर भएका ३६ वर्षीय राजेन्द्र विसुन्खे धादिङको चरौंदीमा भएको बस दुर्घटनामा घाइते भएका छन्। ह...