Sacho Khabar

धादिङमा निःशुल्क योग खेलकुद प्रशिक्षण सम्पन्न

धादिङ, २९ साउन — धादिङ जिल्ला योग खेलकुद संघले आयोजना गरेको तीन दिने निःशुल्क योग खेलकुद प्रशिक्षण आज सम्पन्न भएको छ। नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको नेपाल योग खेलकुद संघको विधानअनुसार भएको यो प्रशिक्षण साउन २७ देखि २९ गतेसम्म होटल जीविका, पुछारबजारमा सञ्चालन गरिएको थियो।

नीलकण्ठ नगरभित्रका योग साधना केन्द्रका साधक–साधिकासहित विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई लक्षित तालिममा करिब २०० जना सहभागी भएका थिए। बिहान ४:३० देखि ६:३० बजेसम्म योग साधक–साधिकाहरू र दिउँसो ११:०० देखि २:०० बजेसम्म शिक्षक तथा विद्यार्थीहरूका लागि छुट्टाछुट्टै सत्र सञ्चालन गरिएको थियो।

तालिममा शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्य सुधार, प्राकृतिक उपचार विधि, एकाग्रता र स्मरणशक्ति वृद्धि गर्ने तरिका सिकाइयो। साथै योग खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरबारे जानकारी दिइयो।

प्रमुख प्रशिक्षक प्राकृतिक चिकित्सा विशेषज्ञ तथा अन्तर्राष्ट्रिय योग स्पोर्ट्स जज डा. संग्राम पुरी थिए।

कार्यक्रमको सह आयोजको रुपमा पंतजली योग समिति धादिङ र लायन्स क्लव अफ धादिङ नीलकण्ठ रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...