Skip to main content

Sacho Khabar

सापकोटा परिवारलाई समवेदना दिन एमाले नेताहरु काभ्रेको रयालेमा

धादिङ ।
सामाजिक विभेद र कुसंस्कार विरुद्ध आफ्नो बाबुको काजक्रियामा रहेका नेकपा एमाले धादिङका सचिव राधिका सापकोटा, बनेपा नगरपालिकाका उपप्रमुख तथा अनेमसंघ काभ्रेका अध्यक्ष विमला सापकोटा र वौद्धिक परिषद काभ्रेका कोषाध्यक्ष निर्मला सापकोटा सहित परिवारलाई समवेदना दिन नेकपा एमालेका केन्द्रीय नेतादेखि जिल्ला तहका नेताहरु काभ्रेको रयाले पुगेका छन् ।
नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनी, बागमति प्रदेश कमिटि सचिव नवराज सिलवाल, धादिङ जिल्ला कमिटि अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष अर्जुन श्रेष्ठ, युवा संघका अध्यक्ष किरण पाठक, लगायतका नेताहरु पनौती नगरपालिका वडा नम्बर १ रयालेको पर्खालचौर पुगेर सापकोटा परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ ।
एमाले उपाध्यक्ष शाक्यले सामाजिक बहिस्कारका बाबजुत बाबुको काजक्रिया गरेर सामाजिक रुपान्तरण गर्न सकेकोमा ऐक्यवद्धता जनाउँदै धन्यवाद ज्ञापन गर्नुभयोे ।
नेकपा एमाले धादिङका अध्यक्ष त्रिपाठीले परिवर्तका लागि जिवन हत्कोलामा राखेर लडेका सापकोटा परिवारको कुप्रथा, सामन्तबाद र कुसंस्कार विरद्धको विद्रोह प्रति ऐक्यवद्धता जाहेर गर्नुभयो ।
वि.सं. १९९३ असोज ३ गते जन्मनु भएका हरि प्रसाद सापकोटा काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर १ (तत्कालिन रयाले गाविस) का अगुवा तथा सेल्टरदाताको रुपमा अविचलित रहनुभएको थियो । २०५३ सालमा श्रीमतिको मृत्युभएपछि गाउँबासीले हरि प्रसादलाई छोरा नभएको भनेर गरेको हेलाँ दुरव्यवहार विरुद्ध छोरीहरुलाई समाज परिवर्तनको अभियानमा लगाएर आमा र बाबु दुबैको कर्तव्य निभाउँदै आउनुभएको थियो । हरिप्रसाद सापकोटाको ०८२ साउन २५ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...