बिर्तामोड, ४ भदौ : बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूती) गराउनेको संख्या ८३ पुगेको छ । अस्पतालप्रति सेवाग्राहीको विश्वसनियता बढेसंगै प्रसुती गराउनेको संख्या पनि थपहुँदै गएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा ७० जना र चालु आर्थिक वर्षको साउन यता १३ जना गरी ८३ जनाले नर्मल डेलिभरी सेवा लिएको अस्पतालकी सिनियर अनमी निरीक्षक दिपा श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार साउनमा १० जना र भदौमा ३ जनाले सेवा लिएका हुन्। नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि न्यानो झोलासमेत प्रदान गरिदै आएको छ । झोलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी)…
बिर्तामोड साउन २५।। झापाको हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीय शिक्षिका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा आज दिउँसो मृत्यु भएको हो । विगत १३ वर्षदेखि सो विद्यालयमा शिक्षण पेशामा रहेकी दाहालका पति, एक छोरा र एक छोरी रहेका छन् । सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि बिएन्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज मृत्यु भएको हो ।
शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरिएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन्। विश्व स्तनपान सप्ताहका अवसरमा आयोजित ‘स्तनपानको महत्त्व: चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन। उनले भनिन, ‘आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन।’उनले बच्चाको माया ममता पनि कम हुदै जाने बताइन। उनले भनिन, ‘स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन।’ स्तनपान गराउँदा आमा र शिशु…
काठमाडौं १२ साउन । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए । उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने, “हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ। ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो। ढलबाट मिसिएको हुनसक्छ। शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ। हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ।” हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट…
बिर्तामोड असार ३०॥ झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलमा साउन १ गतेदेखि स्वास्थ्य बीमा लागू हुने भएको छ । बीमा बोर्डसँग भएको सम्झौता अनुसार बीएण्डसीले बिरामीको सुविधाका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको हो । अस्पतालमा रहेको दक्ष जनशक्ति, उपलब्ध अत्याधुनिक उपकरण र तोकिए अनुसारका औषधिको उपलब्धतासहित स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यसपटक अस्पताल प्रशासनले १० वटा काउन्टरमार्फत सेवा प्रदान गर्ने तयारी गरेको छ । बीमामार्फत स्वास्थ्य सेवा लिन धेरै समय कुर्नु परेको बिरामीहरूको गुनासोका बीच अस्पतालले सहज सेवाका लागि यस्तो व्यवस्था मिलाएको हो ।…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…