काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको बताए । ‘केन्द्र तोकिएको छ । सबै विद्यालयबाट समयमै परीक्षा होस भन्ने आएको छ । सबै जिल्लाका परीक्षा समन्वय समितिलाई जहाँजहाँ केन्द्र तोकिएको छ । त्यहाँ परीक्षा सञ्चालन गर्ने सन्दर्भमा आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय भएको छ’ उनले भने । योसँगै परीक्षा वैशाख ११ मा सुरु भई २४ गते सकिनेछ।
धादिङ -जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा १४औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगिता यही बैशाख ११ गतेदेखि १३ गतेसम्म आयोजना हुने भएको छ। समितिका अध्यक्ष प्रताप सिंह तामाङका अनुसार जिल्लाका सबै स्थानीय तहले लाखौं रुपैयाँ खर्च गरेर आफ्ना प्रतिनिधि खेलाडीहरू चयन गरिसकेका छन्। यसअघि प्रतियोगिता नहुने आशंका गरिए पनि अब प्रतियोगिता हुने पक्का भएपछि खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरू उत्साहित भएका छन्। गत वर्ष सम्पन्न १३ औं संस्करणमा नीलकण्ठ नगरपालिकाले विजयी हुँदै उपाधि जितेको थियो। यसपटक पनि नीलकण्ठ नगरपालिका तेस्रोपटक उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। उता, गत वर्षको उपविजेता थाक्रे गाउँपालिका यसपटक विजेता बन्ने मनोवृत्तिका साथ प्रतिस्पर्धा गर्ने तयारीमा…
धादिङ-धादिङको गजुरी गाउँपालिका–४ गैरीगाउँमा रहेको पिण्डेश्वरी माध्यामिक विद्यालयमा प्लस टु सञ्चालन गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ । ‘श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी बनौं, विद्यालय सुधार तथा शैक्षिक उन्नयनका लागि दान गरी पुन्य कमाऔं’ भन्ने मुल मर्म साथमा महायज्ञको सुरुवात गरिएको छ । विद्यालयको कक्षा ११ र १२ सञ्चालनार्थ आर्थिक सहयोग संकलन गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको हो । महायज्ञको उद्घाटन समारोहको सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कटेलले विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा सुधारका लागि महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिसुराल र वडा नम्बर ४ का…
धादिङ- धादिङको गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसमा पुस्तकालय भवनको शिलन्यास गरिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं पूर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले भवनको शिलन्यास गरेका हुन् । पुस्तकालय भवन निर्माण पश्चात क्याम्पसमा अध्ययनरत विद्यार्थी लक्षित मात्र नभई समुदायको पहुँचमा रहने गरी पुस्तकालय निर्माण गर्ने अभिष्ट रहेको पाण्डेले बताए । अहिलेको समयमा पछिल्लो पुस्तामा पठन संस्कृतिप्रति देखिएको विकर्षणका कारण आधुनिक पुस्तकालय निर्माण गरी खोज तथा अनुसन्धानको केन्द्र बनाउने र खोजमुलक पठन संस्कृतिप्रति समुदायलाई पनि सुसुचित गराउने ध्येयले यस पुस्तकालय भवन निर्माण गरिएको पनि उनले बताए । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङको आर्थिक सहयोगमा निर्माण…
धादिङ – धादिङ जिल्लाको गल्छी गाउँपालिका–२ औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बालमैत्री स्थानिय शासन घोषणा कायविधि २०७९ ले निर्दिष्ट गरेका ५१ वटा सुचक पूरा गरेपछि वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले बालबालिका प्रतिको बृहत्तर जिम्मेवारी निर्वाह गर्ने अभियान स्वरुप बालमैत्री स्थानिय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानिय शासन घोषणा कायविधि २०७९ ले निर्दिष्ट गरेका ५१ वटा सुचक र तहगत चरणहरु पुरा गरेकाले बालमैत्री वडाको घोषणा गरिएको बताए । यस्तै गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बालबालिकाको उज्वल भविष्यका लागि गाउँपालिकाले दीर्घकालीन रणनीति तयार गरी बालमैत्री वडाहरू निर्माण…
झापा चैत्र ७ ।। माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुदैछ । परीक्षा तालिकाअनुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार…
धुलाबारी । विद्यार्थी, अभिभावक र अतिथिले भरिभराउ टाउन हल । विद्यार्थीहरुको आ आफ्नो प्रस्तुती नृत्य, गायन र भाषणले माहोल निकै तातेको थियो । प्रमुख अतिथिका रुपमा मेचीनगर ९ का वडा अध्यक्ष कन्चन तामाङ थिए । उनी पनि विद्यार्थीको प्रतिभालाई नजिकबाट हेरिरहेका थिए । यत्तिकैमा एउटा नृत्य प्रस्तुत भयो । सम्बोधन तिमीलाई गर्दैछु भन्ने गीत गन्जियो । त्यसपछि विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्न थाले । अघि रमझमम रहेको माहोल एकाएक शान्त तथा भावुक बन्यो । नृृत्य विद्यालयका संस्थापक प्रिन्सिपल अणु प्रधानको सम्झनामा कोरियाग्राफर गरिएको थियो । जसले विद्यालयलाई स्थापना गरेर २० वर्ष पुरा गरेपछि प्रधानको निधन भएको थियो । विद्यालयकी निर्देशक अमृता…
बिर्तामोड माघ १८।। न्यूटन्स एजुकेशन एकेडेमीले २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ। झापाको बिर्तामोड–५ मा रहेको एकेडेमीले बिहीवार विद्यालय परिसरमा विविध कार्यक्रम गरी २२ औं बार्षिकोत्सव मनाउदै विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक , पूर्व विद्यार्थीहरू र समाजमा विशेष योगदान पुर्याउने सामाजिक व्यक्तिहरूलाई सम्मान गरेको हो। सोही अवसरमा शैक्षिक ब्यक्तित्व किशोर प्रसाईलाई अभिन्नदन तथा सम्मान गरेको छ । यसैगरी विद्यालयलाई सँधै सरसल्लाह, सुझाव र मार्गनिर्देशन गर्ने अभिभावकका रुपमा सविता लिम्बू र दिनेश अधिकारीलाई सम्मान गरिएको छ ।त्यस्तै जनसेवामा समर्पित ब्यक्तित्वका रुपमा स्त्रीरोग बिशेषज्ञ डा. प्रियङ्का कटुवाल र एडभान्स प्याथोलोजी प्रमुख डा. सीमा…
बिर्तामोड माघ १४ । एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्काे टिकट फ्रि अफर ल्याएको छ। अर्थात अब एक सय रुपैयाँको टिकट लिदा दुई वटा टिकट पाइने भएको छ । योसंगै एनसेलका दुई वटा सिम सित्तैमा र एक प्याकेट सेनिटर प्याडसमेत उपलब्ध गराउने भएको हो । महोत्सवलाई थप रोचक र चलायमान बनाउन महोत्सव आयोजक समितिले यस्तो निर्णय गरेको हो । यो निर्णय आज माघ १४ गते सोमवारबाट लागू भएको छ । माघ १९ गते सम्म सञ्चालन हुने महोत्सव अवधिभर यो निणर्य लागू गरिने छ महोत्सव मूल आयोजक समितिका सदस्य…
बिर्तामोड । बिर्तामोडमा रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल लिङ्कन मन्टेश्वरी स्कुलमा निस्शुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बिर्तामोड आँखा अस्पतालको व्यवस्थापनमा सञ्चालित रहेको नेशनल एडभान्स डेन्टलको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो । उक्त शिविरमा विद्यार्थी र अभिभावक गरेर ८० जनाको दन्त परिक्षण गरिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । विद्यालयले प्रत्येक वर्ष बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्दै आएकोमा यस वर्ष भने दाँतको परिक्षण गरिएको स्कुलका सञ्चालक सरौज पौडेलले बताए ।