Skip to main content

Sacho Khabar

होलिबेलको बार्षिक उत्सवमा जब विद्यार्थीले संस्थापक अणु प्रधानलाई सम्झिए…

धुलाबारी । विद्यार्थी, अभिभावक र अतिथिले भरिभराउ टाउन हल । विद्यार्थीहरुको आ आफ्नो प्रस्तुती नृत्य, गायन र भाषणले माहोल निकै तातेको थियो । प्रमुख अतिथिका रुपमा मेचीनगर ९ का वडा अध्यक्ष कन्चन तामाङ थिए । उनी पनि विद्यार्थीको प्रतिभालाई नजिकबाट हेरिरहेका थिए । यत्तिकैमा एउटा नृत्य प्रस्तुत भयो । सम्बोधन तिमीलाई गर्दैछु भन्ने गीत गन्जियो । त्यसपछि विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्न थाले । अघि रमझमम रहेको माहोल एकाएक शान्त तथा भावुक बन्यो । नृृत्य विद्यालयका संस्थापक प्रिन्सिपल अणु प्रधानको सम्झनामा कोरियाग्राफर गरिएको थियो । जसले विद्यालयलाई स्थापना गरेर २० वर्ष पुरा गरेपछि प्रधानको निधन भएको थियो । विद्यालयकी निर्देशक अमृता प्रधान, छेउमै रहेका छोरा अभिषेक प्रधान र छोरी अरिस्ता प्रधानको मात्र होइन अणु प्रधानलाई बुझने सबैको आँखा रसाएका देखिन्थे । होलिबेल अंग्रेजी माध्यमिक बिद्यालयको २४ औं बार्षिक उत्सबमा विद्यार्थीहरुको यो नृत्यले माहोल नै फरक बनाएको थियो । विद्यालयकी प्रिन्सिपल अरिस्ता प्रधानले बुबाले देखाउनु भएको सहि मार्गनिर्देशनले आज पनि विद्यालयले निरन्तर सफलता प्राप्त गर्दै गएको र कार्यक्रमम बुबाको तस्विरले भावुक बनेका बताइन् ।
कार्यक्रममा विद्यालयको शैक्षिक तथा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका बिच धुलाबारीको टाउनहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयबाट एसइइ परीक्षामा सामेल भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै सानो तथा ठूलो कक्षाका विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य, गायन, झाँकी एबम् क्षमता प्रस्तुत गरेका थिए ।

मेचीनगर–९ का वडाअध्यक्ष कन्चन तामाङ प्रमुख अतिथ्यता तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल बस्नेतको अध्यक्षतामा सम्पन्न २४ औं बार्षिक उत्सब कार्यक्रममा विशेष अतिथि कबि शिरोमणी माबिका प्रधानाध्यापक दामोदर ढुङ्गेल, मेची उध्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष ऋषि तिम्सिना, बलभद्र आधारभुत बिद्यालयका सहायक प्रधानाध्यापक देबु बानियाँ, बिद्यालयका संस्थापक अमृता प्रधान, प्रिन्सिपल अरिस्ता प्रधान, निर्देशक अभिषेक प्रधान, प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, पत्रकारहरु खगेन्द्र घिमिरे, प्रविन अधिकारी, प्रकाश पौडेल, दिलिप थापालगायतको सहभागिता रहेको थियो
२०५७ सालमा मेचीनगर–९ धुलाबारीमा स्थापना भएको होलिवेल अंग्रेजी माध्यमिक विद्यालय र विद्यार्थीको बारेमा कक्षा ८ मा अध्ययनरत अनन्य मल्लले प्रस्तुति गरेको थिइन् ।

बिद्यालयको शैक्षिक, भौतिक र आन्तरिक गतिबिधिका बारेमा बिधालयका प्रिन्सिपल अरिस्ता प्रधानले जानकारी गराएको कार्यक्रममा संस्थापक स्वर्गीय अणु प्रधानको सम्झनामा दीप प्रज्वलन गरेको थिए ।

अध्यक्ष गोपाल बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन चन्द्रमाया सिटौलाले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...