Sacho Khabar

समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरू

समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरू

समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरू

काठमाडौं– देशको संघीय राजधानी काठमाडौंमा समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरू भएको छ। काठमाडौंको तीनकुनेमा राजावादीहरूले र भृकुटीमण्डपमा समाजवादी मोर्चाले विरोध सभा गर्दैछन्। राजावादीहरूले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला त्यसको प्रतिवादस्वरूप मोर्चाले प्रदर्शन गरेको जनाएको छ। समाजवादी मोर्चाको जुलुस कोटेश्वर, कुपण्डोल, कालिमाटीलगायतका स्थानबाट निस्केर भृकुटिमण्डप पुगेर सभामा परिणत हुनेछ। यसैगरी राजतन्त्रवादीहरूले पनि विभिन्न स्थानबाट जुलुश प्रदर्शन गरिरहेको छ। राजतन्त्रवादीहरूको आन्दोलनको नेतृत्व राप्रपाका नेता दुर्गा प्रसाईंलाई दिइएको छ। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी प्रसाईंलाई दिएको हो। गणतन्त्रवादी र राजतन्त्रवादीले एकैदिन प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०को कमाण्डमा तीन हजार पाँच सय…
Read More
नवलपरासीमा स्कुल बस र यात्रुवाहक बस ठोक्किदा २० जना घाइते

नवलपरासीमा स्कुल बस र यात्रुवाहक बस ठोक्किदा २० जना घाइते

धादिङ- नवलपरासीको बर्दघाटमा स्कुल बस र यात्रुवाहक बस एकआपसमा ठोक्किदा २० जना  घाईते भएका छन् । पश्चिम नवलपरासीको चिसापानीमा दुर्घटना हुदाँ १४ विद्यार्थी र ६ जना अन्य यात्रु घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनमा परि घैते भएकाहरुलाऐ उप्चारका लागि अस्पताल लगिएको छ । प्रहरीका अनुसार मोटरसाईकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरा तर्फ जादै गरेको ग२ख १५७४ नम्बरको बसले उक्त मोटर साईकललाई ठक्कर दिन पुग्यो । मोटरसाईकललाई ठक्कर दिएको उक्त यात्रुबाहक बस अनियन्त्रीत भई सडकमा रोकेर विद्यार्थी चढाउदै गरेको बर्दघाट नगरपालिका-१२ भुताहको ग्लोवल एकेडेमीको लु१ख ८७० नम्वरको बसलाई ठक्कर दिन पुगेको थियो ।
Read More
सेन्टर प्लाजामा आगलागी

सेन्टर प्लाजामा आगलागी

धादिङ- सुनसरीको इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवन सेन्टर प्लाजामा आगलागी भएको छ । भवनभित्र फसेका मानिसलाई उद्धार तथा आगो निभाउने काम भइ रहेको छ । सशस्त्र प्रहरीको नं.१ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रण तथा उद्धारको काम भइरहेको छ । यो समाचार तयार पार्दासम्म भित्र फसेका ११ जनाको उद्धार गरिएको छ । आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् । बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र…
Read More
सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण विभाग, होटल व्यवसायी संघ, विर्तामोड उद्योग वाणिज्य संघ लगायतको टोलीले संयुक्तरुपमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांस होटलहरुमा दर्ता नविकरण नभएको पाईएको छ । १० वटा होटलमा अनुगमन गर्दा ९ वटामा नविकरण नभएको पाईएको नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो । नविकरण नभएकाहरुलाई तुरुन्त नविकरण गर्न आग्रह गरीएको छ । बिर्तामोडका अन्य होटलहरुमा पनि चाँडै अनुगमन गर्ने उप प्रमुख संग्रौलाले बताउनु भयो । उहाँले आवश्यक मापदण्डको पालना…
Read More
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोसी प्रदेश  अध्यक्षमा रोम घिमिरे सर्वसम्मत चयन  भएका छन् । मोरङको विराटचोक स्थित इन्द्रपुर जेसिसको सभाहलमा हिजो सम्पन्न प्रथम अधिवेशनबाट उनी  अध्यक्षमा चयन भएका हुन्।  घिमिरे प्रतिष्ठानको  तदर्थ समिति अध्यक्ष समेत रहेका थिए।   प्रतिष्ठानको प्रवक्तामा सदस्य निश्चल आचार्यलाई सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष  सरोज आचार्य, प्रथम उपाध्यक्ष बोधराज पौडेल, द्वितीय उपाध्यक्ष मिलन दुलाल, महिला उपाध्यक्ष सरिता राना मगर, सचिव सुशील भट्टराई महिला सचिव शकुन्तला कार्की, सहसचिव डम्बरबहादुर घिमिरे, सहसचिव रवि किरण लिम्बु कोषाध्यक्ष टिकादेवी दाहाल, सह कोषाध्यक्ष तोयानाथ…
Read More
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बम बहादुर कार्कीको अध्यक्षता र बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष  रोहित प्रसाईंको प्रमुख आतिथ्यतामा साधारण सभा कार्यक्रम सम्पन्न भएको हो। साधारणसभामा अध्यक्ष बम बहादुर कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको उपलब्धिहरू तथा आगामी योजनाहरूबारे जानकारी गराए। प्रमुख अतिथि वडाध्यक्ष रोहित प्रसाईंले टोल विकास संस्थाले स्थानीय स्तरमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै समुदायको समृद्धिका लागि अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा राखे। टोल महिला समिति अध्यक्ष दुर्गा रिजालले आगामी दिनमा थप सक्रिय कार्यक्रमहरू आवश्यक रहेको बताइन्।…
Read More
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जनमत निर्माण गर्ने लक्ष्यसहित चैत ११ गतेदेखि व्यापक कार्यक्रम अघि बढाइने एमालेले जनाएको छ। एमालेले तीन महिनायता वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ। त्यसलाई थप प्रभावकारी बनाउँदै चैत ११ गते एकैदिन देशभरका सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरिएको छ। पार्टीले चैत ११ देखि ३० गतेसम्म विभिन्न चरणमा जनपरिचालन र जनजागरण अभियान सञ्चालन गर्ने योजना बनाएको छ। चैत १८ गते देशका प्रमुख सहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गरिनेछ। त्यस्तै, चैत…
Read More
एसइई परीक्षा आजदेखि पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुदै

एसइई परीक्षा आजदेखि पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुदै

  झापा चैत्र ७ ।। माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुदैछ । परीक्षा तालिकाअनुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार…
Read More
अवैधानिक काठसहित ट्रयाक्टर नियन्त्रण

अवैधानिक काठसहित ट्रयाक्टर नियन्त्रण

  अर्जुनधारा । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूको समूहले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको हो। सामुदायिक वनको जङ्गल क्षेत्र ब्लक नम्बर ३ र ४ अन्तर्गत रहेको ठूलो गुन्द्रुके खोल्सीमा सालको मुढा लोड गरेको अवस्थामा सामुदायिक वनकै मे १ त ६११ नम्बरको ट्रयाक्टरलाई राष्ट्रिय युवासघ नेपाल अर्जुनधाराको टोलीले नियन्त्रणमा लिएर प्रहरी र कन्काई सबडिभिजन वन कार्यालय सुरुङ्गाको जिम्मा लगाएको हो। कटान आदेश समेत नलिएको अवस्थामा रूख ढाली ढुवानी गरिरहेको भन्ने सूचनाको आधारमा उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाइएको युवासघ नेपाल अर्जुनधाराका अध्यक्ष…
Read More
मोरङमा भीषण आगलागी एक बालिकाको मृत्यु १२ घर जलेर नष्ट

मोरङमा भीषण आगलागी एक बालिकाको मृत्यु १२ घर जलेर नष्ट

  झापा चैत्र ०५ ।। मोरङको धनपालथाल गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा परेर एक  बालिकाको मृत्यु भएको छ। आगलागीमा परी १२  घर जलेर नष्ट भएका छन। धनपालथान गाउँपालिका उपाध्यक्ष नसिमा बानुले दिएको जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ६ र ७ को सिमावर्ती  क्षेत्र कदमाहामा मंगलबार दिउँसो आगलागी भएको हो। त्यसक्रममा ३ वर्सिया बालिकाको जलेर मृत्यु भएको हो। स्थानीय मोहम्मद  हनिफकी छोरी ३ वर्षीया रेश्मा खातुनको मृत्यु भएको हो। दुई जना बालबालिका हराएका थिए, त्यसमध्ये एक जना बालक फेला परेका छन्। एकजना बालिकाको मृत्यु भएको छ,’ उनले भनिन्। आगलागीमा १२ वटा घर जलेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी…
Read More