Skip to main content

Sacho Khabar

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

 

बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ ।

बिर्तामोड नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण विभाग, होटल व्यवसायी संघ, विर्तामोड उद्योग वाणिज्य संघ लगायतको टोलीले संयुक्तरुपमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांस होटलहरुमा दर्ता नविकरण नभएको पाईएको छ । १० वटा होटलमा अनुगमन गर्दा ९ वटामा नविकरण नभएको पाईएको नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो । नविकरण नभएकाहरुलाई तुरुन्त नविकरण गर्न आग्रह गरीएको छ । बिर्तामोडका अन्य होटलहरुमा पनि चाँडै अनुगमन गर्ने उप प्रमुख संग्रौलाले बताउनु भयो । उहाँले आवश्यक मापदण्डको पालना र दर्ता नविकरण अनिबार्य गर्न सबैलाई आग्रह गर्नु भएको छ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ, लेवल नलगाइएका खाद्य उत्पादनसमेत फेला परेका छन् । सिटी होटल एण्ड गेस्ट हाउसमा भने किचन अत्यन्तै फोहोर पाईएको होटल व्यवसायी संघ अध्यक्ष ईन्दिरा श्रेष्ठले बताउनु भयो । होटललाई किचन तत्काल सुधार गर्न पत्र दिएको उहाँले जानकारी दिनुभएको छ ।

अनुगमनमा नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्ष मदन बुढाथोकी, होटल व्यवसायी संघ अध्यक्ष ईन्दिरा श्रेष्ठ, महासचिव शिव पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि हरि खतिवडा, खाद्य तथा गुण नियन्त्रण विभागका सुवास वस्ती, बिर्तामोड नगरपालिकाका राजश्व शाखा प्रमुख पदमराज घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य केदार खनाल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...