Skip to main content

Sacho Khabar

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

 

झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जनमत निर्माण गर्ने लक्ष्यसहित चैत ११ गतेदेखि व्यापक कार्यक्रम अघि बढाइने एमालेले जनाएको छ।

एमालेले तीन महिनायता वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ। त्यसलाई थप प्रभावकारी बनाउँदै चैत ११ गते एकैदिन देशभरका सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरिएको छ। पार्टीले चैत ११ देखि ३० गतेसम्म विभिन्न चरणमा जनपरिचालन र जनजागरण अभियान सञ्चालन गर्ने योजना बनाएको छ।

चैत १८ गते देशका प्रमुख सहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गरिनेछ। त्यस्तै, चैत २४ देखि ३० गतेसम्म यी सहरहरूमा विशेष प्रदर्शन र विशाल जनसभा गरिनेछ। प्रदेशस्तरका विशेष सभाहरूमा एमाले केन्द्रीय नेतृत्वबाट प्रमुख वक्ता खटाइनेछ भने जिल्लास्तरका कार्यक्रमहरूलाई स्थानीय नेताहरूले नेतृत्व गर्ने छन्।

पार्टी महासचिव शंकर पोखरेलले भर्चुअल बैठकमार्फत प्रदेश तथा जिल्ला कमिटीका अध्यक्षहरूलाई अभियानलाई प्रभावकारी बनाउने निर्देशन दिएका छन्। उनले गणतन्त्रविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूको कडा प्रतिरोध गर्न एमाले दृढ रहेको बताए।

एमालेको जनचेतना अभियान अन्तर्गतका मुख्य कार्यक्रमहरू:

  • 1. चैत ११ – देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम।
  • 2. चैत १८ – काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका जिल्लाहरूमा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा। अन्य जिल्लाहरूमा मोटरसाइकल र्‍याली।
  • 3. चैत 24–30 – धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभा। काठमाडौं उपत्यकाको सभा पछि घोषणा गरिने।

महासचिव पोखरेलले गणतन्त्र स्थापनापछि नेपालले आर्थिक र सामाजिक क्षेत्रमा पुर्‍याएका उपलब्धिहरूलाई तथ्यगत रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए। कुल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, गरिबी दर न्यूनीकरण, सडक सञ्जाल विस्तार, पिउने पानीको पहुँच, सञ्चार सुविधा, विद्युत उत्पादन वृद्धि, औसत आयु वृद्धिजस्ता सूचकहरूमा नेपालले ठोस प्रगति गरेको उनको दाबी छ।

एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने गतिविधिहरूको प्रतिरोध गर्दै देशभरका नागरिकलाई सचेत गराउने नीति लिएको छ। पार्टीले यो अभियानलाई आक्रामक रूपमा अघि बढाउने संकेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...