Skip to main content

Sacho Khabar

समाज

दोषीलाई कारबाहीको माग राख्दै धादिङका पत्रकारले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

दोषीलाई कारबाहीको माग राख्दै धादिङका पत्रकारले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

धादिङ- धादिङका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । काठमाडौंस्थित तिनकुनेमा पत्रकार सुरेश रजकसहित दुईजनाको ज्यान जाने गरि घटेको घटना तथा सोहि दिन विभिन्न मिडिया हाउस तोडफोड, आगजनी तथा मिडियाकर्मी कुटपिटमा संलग्न तथा दोषीलाई कारबाहीको माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । नेपाल पत्रकार महासंघ धादिङको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो । दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै कारवाही नभए चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम अघि बढ्न नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले बताए । संघिय सरकारसंग उक्त पत्र पुर्याईदिन तथा न्यायका लागि पहल गरिदिन आग्रह पत्रकारहरुले आग्रह गरेका छन् । धादिङका…
Read More
धादिङमा एमालेको जागरण सभा: राजतन्त्र नफर्कने नेताहरुको दावी

धादिङमा एमालेको जागरण सभा: राजतन्त्र नफर्कने नेताहरुको दावी

काठमाडौं- नेकपा एमाले केन्द्रिय सचिव एवं पुर्व भुमि सुधार मन्त्री पद्मा अर्यालले नेपाली जनताले फालेको राजतन्त्र कहिल्यै फर्किन नसक्ने दावी बताएका छन् । राजावादीले चैत्र १५ गते गरेको अराजक र हिंसात्मक आन्दोलनको घोर भत्सना गर्दै अर्यालले राजा फेरी सत्तामा आउने कुराको कल्पना समेत गर्न नसकिने बताएका हुन् । गणतन्त्रको रक्षा, विकास र अराजक गलत प्रवृत्ति विरुद्ध नेकपा एमाले धादिङले गल्छिस्थित महेशदोभानमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै नेता अर्यालले राजाको पालामा सिटामोल खान नपाएर नेपाली जनताले मृत्युवरण गर्नुपरेको तथ्य आम नागरिकले बुझ्नुपर्ने बताए । त्यस्तै, नेकपा एमालेका केन्द्रिय सदस्य एवं धादिङ ईन्चार्ज खेम प्रसाद लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्व राजाको…
Read More
नागरिक समाजका अगुवाहरु भन्छन्- `लोकतान्त्रिक गणतन्त्र देश विकासको आधार हो´

नागरिक समाजका अगुवाहरु भन्छन्- `लोकतान्त्रिक गणतन्त्र देश विकासको आधार हो´

धादिङ– नागरिक समाजका अगुवाहरुले लोकतान्त्रिक गणतन्त्रको कारण विकास र आजको उपलब्धि हासिल भएको बताएका छन् । नेकपा एमाले धादिङले आयोजना गरेको लोकतान्त्रिक गणतन्त्रको उपलब्धि र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरुले लोकतान्त्रिक गणतन्त्र विना नागरिक अधिकार र विकास सम्भव नहुने बताएका हुन् । नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले गणतन्त्रले दिएका यावत विकास पूर्वाधार, मानवअधिकार, प्रेस स्वतन्त्रता र राज्यशक्तिको श्रोत जनता बनाइएको संविधानको रक्षा गर्न नागरिक समाज र गणतन्त्रवादी राजनीतिक दल एक ठाउँमा उभिएर अघि बढ्नु पर्ने बताए । धादिङको विकास र बहुदलिय प्रजातन्त्र अघिका ति सकस दिनहरु स्मरण गर्दै एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले राजा आउने सम्भावना नरहेको…
Read More
ईद पर्वमा सार्वजनिक बिदा

ईद पर्वमा सार्वजनिक बिदा

काठमाडौं- इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)को अवसरमा चैत्र १८ गते सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । ईद पर्वमा सार्वजनिक बिदा दिने नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सोमबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
Read More
दोषीलाई हदैसम्मको सजायको माग

दोषीलाई हदैसम्मको सजायको माग

काठमाडौं- नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले वाक स्वतन्त्रता लगायतका अधिकारको दुरुपयोग गर्नेलाई हदैसम्मको सजाय हुनु पर्ने माग राखेकी छिन् । संविधानले दिएको स्वतन्त्रताको अधिकारको दुरुपयोग गर्दै पत्रकारलाई ज्यूँदै जलाउने राजावादी प्रदर्शनकारी तथा पूर्वराजाका समर्थकहरूलाई हदैसम्म कारबाही गर्नुपर्ने माग राखेकी हुन्। पत्रकारले समाचार सम्प्रेषणकै क्रममा हत्या, कुटपिट र सञ्चार माध्यम माथि आगजनी लगायतका भौतिक आक्रमण भोग्नु परेको दुखद घटनाको भर्त्सना गरेकी छिन् । दोषी माथि कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका देशैभरका महासंघले विरोध सभा गर्ने भएको हो । संविधानले दिएको अधिकार प्रयोग गर्दै तिनै अधिकार माथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने पत्रकार तथा संचार माध्यमसम्बद संघ संस्थाहरुको माग…
Read More
राजावादी प्रदर्शनकारीहरुले व्यक्तिका घर तोडफोड

राजावादी प्रदर्शनकारीहरुले व्यक्तिका घर तोडफोड

  काठमाडौं- काठमाडौंको तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरि व्यक्तिका घरका सिसा फुटाएका हुन् । उक्त घरभित्र मानिसहरू बसिरहेका छन् । छतबाट मानिसहरूले प्रहरी नभएको हातले इसारा गरेपनि प्रदर्शकारीहरुले ढुंगा प्रहार गरेका हुन् । तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो । त्यसपछि राजावादी समर्थकहरू झनै उच्छृंखल बनेका हुन् । चाबहिल, भक्तपुर लगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए । उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।  
Read More
सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण विभाग, होटल व्यवसायी संघ, विर्तामोड उद्योग वाणिज्य संघ लगायतको टोलीले संयुक्तरुपमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांस होटलहरुमा दर्ता नविकरण नभएको पाईएको छ । १० वटा होटलमा अनुगमन गर्दा ९ वटामा नविकरण नभएको पाईएको नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो । नविकरण नभएकाहरुलाई तुरुन्त नविकरण गर्न आग्रह गरीएको छ । बिर्तामोडका अन्य होटलहरुमा पनि चाँडै अनुगमन गर्ने उप प्रमुख संग्रौलाले बताउनु भयो । उहाँले आवश्यक मापदण्डको पालना…
Read More
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बम बहादुर कार्कीको अध्यक्षता र बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष  रोहित प्रसाईंको प्रमुख आतिथ्यतामा साधारण सभा कार्यक्रम सम्पन्न भएको हो। साधारणसभामा अध्यक्ष बम बहादुर कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको उपलब्धिहरू तथा आगामी योजनाहरूबारे जानकारी गराए। प्रमुख अतिथि वडाध्यक्ष रोहित प्रसाईंले टोल विकास संस्थाले स्थानीय स्तरमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै समुदायको समृद्धिका लागि अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा राखे। टोल महिला समिति अध्यक्ष दुर्गा रिजालले आगामी दिनमा थप सक्रिय कार्यक्रमहरू आवश्यक रहेको बताइन्।…
Read More
अवैधानिक काठसहित ट्रयाक्टर नियन्त्रण

अवैधानिक काठसहित ट्रयाक्टर नियन्त्रण

  अर्जुनधारा । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूको समूहले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको हो। सामुदायिक वनको जङ्गल क्षेत्र ब्लक नम्बर ३ र ४ अन्तर्गत रहेको ठूलो गुन्द्रुके खोल्सीमा सालको मुढा लोड गरेको अवस्थामा सामुदायिक वनकै मे १ त ६११ नम्बरको ट्रयाक्टरलाई राष्ट्रिय युवासघ नेपाल अर्जुनधाराको टोलीले नियन्त्रणमा लिएर प्रहरी र कन्काई सबडिभिजन वन कार्यालय सुरुङ्गाको जिम्मा लगाएको हो। कटान आदेश समेत नलिएको अवस्थामा रूख ढाली ढुवानी गरिरहेको भन्ने सूचनाको आधारमा उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाइएको युवासघ नेपाल अर्जुनधाराका अध्यक्ष…
Read More
मोरङमा भीषण आगलागी एक बालिकाको मृत्यु १२ घर जलेर नष्ट

मोरङमा भीषण आगलागी एक बालिकाको मृत्यु १२ घर जलेर नष्ट

  झापा चैत्र ०५ ।। मोरङको धनपालथाल गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा परेर एक  बालिकाको मृत्यु भएको छ। आगलागीमा परी १२  घर जलेर नष्ट भएका छन। धनपालथान गाउँपालिका उपाध्यक्ष नसिमा बानुले दिएको जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ६ र ७ को सिमावर्ती  क्षेत्र कदमाहामा मंगलबार दिउँसो आगलागी भएको हो। त्यसक्रममा ३ वर्सिया बालिकाको जलेर मृत्यु भएको हो। स्थानीय मोहम्मद  हनिफकी छोरी ३ वर्षीया रेश्मा खातुनको मृत्यु भएको हो। दुई जना बालबालिका हराएका थिए, त्यसमध्ये एक जना बालक फेला परेका छन्। एकजना बालिकाको मृत्यु भएको छ,’ उनले भनिन्। आगलागीमा १२ वटा घर जलेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी…
Read More