Skip to main content

Sacho Khabar

नागरिक समाजका अगुवाहरु भन्छन्- `लोकतान्त्रिक गणतन्त्र देश विकासको आधार हो´

धादिङ– नागरिक समाजका अगुवाहरुले लोकतान्त्रिक गणतन्त्रको कारण विकास र आजको उपलब्धि हासिल भएको बताएका छन् ।

नेकपा एमाले धादिङले आयोजना गरेको लोकतान्त्रिक गणतन्त्रको उपलब्धि र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरुले लोकतान्त्रिक गणतन्त्र विना नागरिक अधिकार र विकास सम्भव नहुने बताएका हुन् ।

नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले गणतन्त्रले दिएका यावत विकास पूर्वाधार, मानवअधिकार, प्रेस स्वतन्त्रता र राज्यशक्तिको श्रोत जनता बनाइएको संविधानको रक्षा गर्न नागरिक समाज र गणतन्त्रवादी राजनीतिक दल एक ठाउँमा उभिएर अघि बढ्नु पर्ने बताए ।

धादिङको विकास र बहुदलिय प्रजातन्त्र अघिका ति सकस दिनहरु स्मरण गर्दै एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले राजा आउने सम्भावना नरहेको बताए । ‘बहुदलिय प्रजातन्त्रपछि देशमा थुप्रै खालका विकासहरु भएका छन् । चाहे विकास निर्माणका कुरा होस् चाहे नितिगत कुरा । देशले नयाँ उचाई पाएको छ । हामीले गरेका राम्रा कामहरुको प्रचार हुन नसकेका मात्रै हो’ उनले भने– ‘देश विकासका लागि नागरिक समाज एक ढिक्का भएर लाग्नु पर्छ ।’

कार्यक्रममा नागरिक समाजका अगुवा अधिवक्ता विश्वराज अधिकारीले पंचायतको कालरात्री, राजाको प्रत्यक्ष शासनको बरबर दमन स्मरण गरे । जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको उपलब्धि र देशको विकास भएको अवस्थामा राजनीतिक नेतृत्वको आचरण सुधार आवश्यक रहेको जोड दिए । नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारीले गणतन्त्रले विकास, स्वास्थ्य, शिक्षा र आम रुपमा सूचनाको पहुँच दिएको भन्दै संचारकर्मीहरुका लागि लोकतान्त्रिक गणतन्त्रविना स्वच्छ पत्रकारिता सम्भव नभएको बताए ।

जनतालाई चरम गरिवी, अशिक्षा, र विकासका पूर्वाधारबाट अलग राखेको राजतन्त्रले गणतन्त्रपछि छटपटाएको, केही भएन भनेर गलत आरोप लाएको र दण्डहीनता र अनियमितताको आरोप लगाएर व्यवस्था विरुद्ध लाग्नेहरुलाई पाठ सिकाउनुपर्ने नागरिक अगुवाहरुको भनाइ छ ।

कार्यक्रममा गैसस महासंघका कार्यवहाक अध्यक्ष अधिवक्ता तोलाकुमारी पाठक, अधिवक्ता गोपि अर्याल, समाजवादी प्रेस संगठनका उपाध्यक्ष नवराज छत्कुली, पत्रकार राजाराम शर्मा, महिला मानवअधिकार रक्षक गायत्री खतिवडा लगायतले गणतन्त्रको पक्षमा एक ढिक्का हुने बताउँदै राजनीतिक नेतृत्वको सुधार गर्ने र अनियमितता अन्त्य गर्दै जनताको पक्षमा काम गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...