Skip to main content

Sacho Khabar

धादिङमा एमालेको जागरण सभा: राजतन्त्र नफर्कने नेताहरुको दावी

काठमाडौं- नेकपा एमाले केन्द्रिय सचिव एवं पुर्व भुमि सुधार मन्त्री पद्मा अर्यालले नेपाली जनताले फालेको राजतन्त्र कहिल्यै फर्किन नसक्ने दावी बताएका छन् । राजावादीले चैत्र १५ गते गरेको अराजक र हिंसात्मक आन्दोलनको घोर भत्सना गर्दै अर्यालले राजा फेरी सत्तामा आउने कुराको कल्पना समेत गर्न नसकिने बताएका हुन् ।

गणतन्त्रको रक्षा, विकास र अराजक गलत प्रवृत्ति विरुद्ध नेकपा एमाले धादिङले गल्छिस्थित महेशदोभानमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै नेता अर्यालले राजाको पालामा सिटामोल खान नपाएर नेपाली जनताले मृत्युवरण गर्नुपरेको तथ्य आम नागरिकले बुझ्नुपर्ने बताए ।

त्यस्तै, नेकपा एमालेका केन्द्रिय सदस्य एवं धादिङ ईन्चार्ज खेम प्रसाद लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्व राजाको पछाडी सति जान लागेको बताए । ‘चैत १५ गते भएको आन्दोलनको सम्पूर्ण जिम्मा पुर्व राजा ज्ञानेन्द्रले लिनुपर्ने पर्छ । राजावादीहरुको आन्दोलनले ठूलो क्षेती पुगेको छ । अराजक गतिविधि देश विकास हुदैन । विगतको अवस्था र अहिलेको अवस्था बारे जनता जानकार छ्न् । राजतन्त्र आउन संभव छैन । राप्रपा पनि राजाको पछाडी लागेर सति जाने लाग्यो’ उनले भने ।

त्यस्तै नेकपा एमाले धादिङका अध्यक्ष भुमी प्रसाद त्रिपाठीले अँध्यारोको विकल्क अँध्यारो हुन नसक्ने बताएका छन् । ‘अँध्यारो मन पराउने तत्वहरुले देशमा भ्रमको खेती गरिरहेका छन् । तर उज्यालोको विकल्प अँध्यारो होइन । इतिहास कहिल्यै फर्कदैन । अँध्यारो राजतन्त्र हो, उज्यालो गणतन्त्र हो उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...