काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्तामा बोलाएका शिक्षकहरु सिंहदरबार गेटबाटै फर्किएका छन् । वार्ताका लागि गएका नेपाल शिक्षक महासंघका नेताहरू सिंहदरबारको गेटबाटै फर्किएका हुन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिएका छन् । मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको भन्दै उनीहरू बैठक बहिस्कार गरेर गेटबाटै फर्किएको बताइएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ ।’ विद्यालय शिक्षा ऐन…
धादिङ -धादिङको रुवीभ्याली गाउँपालिका– ४ बोराङका सुक बहादुर तामाङ नालीमा मृत भेटिएका छन् । नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङमा तामाङ नालीमा मृत भेटिएका हुन् । प्लटिङबाट आँपखोलातर्फ जाने सडकको नालीमा लडिरहेको अवस्थामा करिव ५० वर्षीय तामाङ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । तामाङको परिवार केही समयअघिदेखि प्लटिङ नजिकै बस्दै आएका थिए । मृत तामाङ भेटिएको क्षेत्रमा हिजो राती युवाहरुबीच होहल्ला भएको र सामान्य झगडा पनि भएको स्थानीयहरुले बताएका छन् । घटनास्थलमा अहिले प्रहरीले शिल गरि अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट शव उठाएर मृत्युको कारणबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।