बिर्तामोड मङ्सिर २२।। झापाको दमकमा निर्माण गरिएको बहुपयोगी १८ तले भवन (दमक भ्यु टावरको) भोलि उद्घाटन हुने भएको छ। दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। । ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए…
एजेन्सी ।। दक्षिणी भारतको राज्य तेलङ्गानामा शनिबार बिहानै कार तालमा खस्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटना राज्यको यादद्री भुवनगिरि जिल्ला जलालपुर नजिकै भएको हो । कार चालकले गाडीमाथि नियन्त्रण गुमाएकाले दुर्घटना भएको हाे । प्रहरीका अनुसार पाँचै जनाको शव निकालिएको छ भने घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
झापा मंसिर २२ ।। केहीदिन देखि देशमा पश्चिमी वायुको आंशिक प्रभाव पार्न थालेको छ। सोही वायुको कारण कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी , गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा…
बिर्तामोड मंसिर २० ।। खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीले धानको समर्थन मूल्य तोकेको छ।कम्पनीले प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ रुपैयाँ तोकेको छ” कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि हो । यसै बीच विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल…
काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमामा जनकपुर बोल्ट्सले तेस्रो जित हात पारेको छ। पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य जनकपुरले तीन विकेट गुमाएर चुमेको हो।टस जितेर फिल्डिङ रोजेपछि पोखरा एभेन्जर्सले ब्याटिङ गरेको थियो। पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनाएका थियो। जितका लागि मैदानमा उत्रिएको जनकपुरका लागि लाहिरू मालिन्था ४५, आशिफ शेख ३३, अनिल साह १ले एक रन बनाए। जनकपुरका लागि हर्ष ठाकर १३ र जिमी नसिमले ४० रनको अविजित पारी खेले। पोखराका लागि म्याट क्रिट्ले ३५, आन्द्रे गोस २०, दिनेश खरेल १०, कुशल भुर्तेल ६, दिलिपनाथ १०, रेइमन रिफर १७, माइकल लिस्कले २५ रनको योगदान दिए भने नारायण जोशीले…
बिर्तामोड, १९ मंसिर :बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा'एक घर एक बत्ती अभियान' सुरुवात भएको छ । जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँडडुल गर्न सहज होस् भन्ने उदेश्यले 'एक घर एक बत्ती अभियान' सुरु गरीएको हो । यस वडामा २४ वटा टोल रहेका छन् । यी मध्ये हालसम्म हात्तीबाट बढी प्रभावित रहेका बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, स्रिजंघा, फक्तालुङ लगायतका टोलमा १५० भन्दा बढी सडक बत्ती जडान गरीएको वडाअध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिनुभयो । उहाँले यो अभियानलाई प्राथमिकताको साथ अघि बढाईने बताउनु भयो । अहिले बत्ती जडान कार्य धमाधम भईरहेको र सबै ठाउँमा आवश्यकता अनुसार…
बिर्तामोड मंसिर १८ ।। ३० औं अन्तरास्ट्रिय अपाङ्गता दिवस तथा विद्यालयका संस्थापक हरि प्रसाईंको स्मृति दिवसको अवसरमा न्युटन्स् बाल क्लबले अपाङ्गता भएका दुई शिक्षकलाई सम्मान गरेको छ । बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेसन एकेडेमीमा रहेको बाल क्लबले समावेशी तथा दिगो भविष्यको आधार, अपाङ्ग भएका व्यक्तिहरुको प्रवल नेतृत्वको आधार भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा दुर्गा माध्यमिक विद्यालयका शिक्षकद्वय पदम अधिकारी र चन्द्र भट्टराईलाई दोसल्ला, टोपी र मायाको चिनोले सम्मान गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले जानकारी दिनुभयो। बाल क्लबका अध्यक्ष अन्स न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालयका डाईरेक्टर आशिष प्रसाईं रहेका थिए । उक्त अवसरमा बालबालिका तथा शिक्षा संचार…
बिर्तामोड ।। पूर्व पश्चिम राजमार्गको मेचीनगर नगरपालिका–११ स्थित तेलीबारी सडक खण्डमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटर साइकल चालकको मृत्यु भएको छ । आज दिउँसो साढे १२ वजे बागमती प्र–०१–००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोसा चालक भद्रपुर नगरपालिका–१० बस्ने अन्दाजी वर्ष ५५ का किसन न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याउन साथ चिकित्सकले करिव १ वजे मृत्यु भईसकेको घोषणा गरेको प्रहरीको भनाई छ । बस चालक उदयपुरको चौडण्डीगढी नगरपालिका–६ बस्ने अन्दाजी बर्ष ४२ का विजयकुमार यादव,…
विराटनगर । नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशका विभिन्न जिल्लाका अस्पताल, मेला, हटिया तथा भीडमा सुटबुटमा सजिएर अपरिचितलाई समेत आफन्त बनाएर ठगीधन्दा चलाउने नेपाल र भारतका छ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई सोमबार मोरङ प्रहरीले नियन्त्रणमा लिएर सार्वजानिक गरेको छ । मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार गत कार्तिक २७ गते यो गिरोहले संखुवासभा पाचखपन गाउँपालिका–५ खपनटोल निवासी ५६ वर्षीय कृष्णबहादुर तामाङको एकलाख १० हजार नगद आफन्त भएरै चोरी गरेका थिए । विराट टिचिङ अस्पताल बुढीगंगामा श्रीमतीलाई उपचार गराउन आउनु भएका तामाङसँग आफन्त भएको नाता लगाएर उनीहरुले…